काठमाडाै । राष्ट्रिय जनमाेर्चाले संघीयता कार्यान्वयन गर्ने नीति लिएकाे सरकारकाे नीति तथा कार्यक्रममा समर्थन जनाएकाे छ ।
राजमाेका अध्यक्ष चित्रबहादुर केसीले चैत्र २३ गते सरकारको न्युनतम साझा कार्यक्रममा हस्ताक्षर गरी आफुलाई संघीयताको पक्षमा उभ्याएका हुन् ।
कार्यक्रमको मुख्य उद्देश्य संघीयता कार्यान्वयन र सुदृढ गर्ने देखिन्छ । कार्यक्रममा संघीयताको ब्यबस्थानमा मुख्य ध्यान दिइएकोछ । कार्यक्रमको पहिलो बुँदा “संयुक्त सरकारका प्राथमिकता” शिर्षकमा लेखिएको छ : “संविधानको रक्षा र आवश्यकतानुसार परिमार्जन/विकास, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र सङ्घीयता कार्यान्वयन गर्ने ।”
संघीयता कार्यान्वयन गर्ने नीतिमा समर्थन जनाएपछि सामाजिक संजालमा चित्रबहादुरकाे तीब्र आलाेचना भएकाे छ । सामाजिक संजालमा केसीलाई लक्षित गर्दै “धोकेबाज, पिपलपाते, सत्ताको प्यास मेटाउने हर्कत, दुईजिब्रे, प्रतिक्रियावादी सत्ताको रक्षक” लेखिएकाे छ ।