वरिष्ठ पत्रकार नेपाललाई आदर्श पत्रकारिता पुरस्कार

काठमाडौ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको आदर्श पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ । शाखाको २०७९ चैत्र २३ गते बसेको कार्यसमितिको बैठकले २०७९ चैत्र २५ गते हुने शाखाको २३ औं साधारणसभामा शाखाका संस्थापक अध्यक्षसमेत रहेका नेपाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उनी पत्रकार महासंघ केन्द्रीय समितिका पूर्व अध्यक्ष समेत हुन् ।

नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको संखरापुर नगरपालिकामा गत २०७९ चैत्र ३ र ४ मा बसेको बैठकले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । चैत्र २३ गते बसेको कार्यसमिति बैठकले सो पुरस्कार शाखाका संस्थापक अध्यक्ष नेपाललाई प्रदान गर्ने निर्णय गरेको  काठमाडौ शाखाका कार्यसमिति सदस्य रमेश कुमार बोहोराले जानकारी दिएका थिए ।
सो पुरस्कार आगामी शनिबार हुने शाखाको २३ औं साधारणसभामा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माको हातबाट प्रदान गरिने बताइएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित