अखिल भारत नेपाली विद्यार्थी संघको भेला सम्पन्न

भारत । अखिल भारत नेपाली विद्यार्थी संघको अनलाइन भेला ९ अप्रिल २०२३ मा सम्पन्न भएको छ। भेलाले ११ पूर्ण, ३ वैकल्पिक, ५ सल्लाहकार गरि १९ सदस्यीय समिति चयन गरेको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (छैटौँ)का केन्द्रीय अध्यक्ष दिपक पौडेलले व्यानरमा लेखिएका लाइनहरू पढेर भेलाको उद्घाटन गरेका थिए ।

भेलालाई नेकपा (मशाल) का महासचिव सन्त बहादुर नेपाली, अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष देव बहादुर लामीछाने, उपाध्यक्ष सुर्य पुन, महासचिव महेन्द्र वस्याल, सचिव राम सिंह बिक, शोभाराम सापकोटा, सदस्यहरू सुर्य थापा, उमानन्द आचार्य, हेमराज रिजाल, कृष्ण पौडेल र बिनीमाधव पौडेलले शुभकामना दिएका थिए ।

भेलाले विक्रम केसी अध्यक्ष, उपाध्यक्ष तेजेन्द्र शर्मा (हैदराबाद), सचिव कमला कुमारी बिक (बेंगलोर), सहसचिव गोमा बुढाथोकी (फरिदावाद), कोषाध्यक्ष नर बहादुर बिक (चेन्नई), सदस्यहरूमा दिपा कुमारी (चेन्नई), प्रकाश दयाल (बेंगलोर), प्रतिभा बस्याल (चेन्नई), सुमन थापा (पान्डेचेरी), प्रतिभा बिक (बेंगलोर), नबिन भेटाल (मुम्बई), वैकल्पिक सदस्य रोहित रेग्मी (केरला), दुर्गा थापा (ग्वालियर), धनमाया मानन्धर (हिसार), सल्लाहकारहरुमा कमल बस्याल (चण्डीगढ़), आयु़श कुमार (कोलकाता), प्रतिभा सुनार (कानपुर), मिरा परियार (हैदराबाद) र भरत कुमार धमलालाई चयन गरेको छ ।

नव निर्वाचित अध्यक्षले समितिको तर्फबाट सफत ग्रहण गरेका थिए भने नवनिर्वाचित समितिलाई नेकपा (मशाल) प्रवक्ता राम बहादुर बुढा, साउदी अरब नेपाली एकता समाजका पूर्व महासचिव जेबी फौजा, एकता समाजका केन्द्रीय सदस्य उमानन्द आचार्य, श्याम बहादुर बिक र हाँकका पत्रकार राजु अधिकारीले बधाई दिएका थिए ।

अतिथिको आशन ग्रहणपछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलाई शब्दबाट तेजेन्द्र शर्माले “अखिलको झन्डा फरर” गीत गाएर स्वागत गरेका थिए । भेलाको अध्यक्षता प्रकाश दयाल र उद्घोषक बिक्रम केसीले गरेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित