चेन्नै । अखिल भारत नेपाली एकता समाज चेन्नैको आयोजनामा आज यहाँ एक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (मशाल)का केन्द्रीय सदस्य शशीधर भन्डारी थिए । उनले दीप प्रज्ज्वलित गरी प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रम पछि प्रशिक्षण कार्यक्रम गरिएको थियो । प्रमुख अतिथिबाट “नेपालको वर्तमान राजनीतिक अवस्था”, “नयाँ जनवादी क्रान्तिको औचित्य”, “अवसरवाद र माक्र्सवाद”, देवबहादुर लामिछानेबाट “अखिल भारत नेपाली एकता समाजको लक्ष्य र उद्देश्य”, महेन्द्र बस्यालबाट “जलवायु परिवर्तन”बारे प्रशिक्षण गरिएको थियो । प्रशिक्षण कार्यक्रम पछि प्रश्नोत्तर कार्यक्रम भएको थियो ।
प्रशिक्षण कार्यक्रमलाई शुभकामना दिनेहरूमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष देव बहादुर लामिछाने, महासचिव महेन्द्र बस्याल, केन्द्रीय सदस्य शेर बहादुर विक, हेमराज रिजाल, रन बहादुर थापा, ज्योति नारायण सुवेदी, उमानन्द आचार्य, दुर्गा सुवेदी, माया हमाल, फुलमाया केसी, अखिल भारत नेपाली विद्यार्थी संघका अध्यक्ष बिक्रम केसी र हाँक पत्रिकाका संवाददाता राजु अधिकारी रहेका थिए ।
प्रशिक्षण कार्यक्रम पूर्व नयाँ सदस्यहरूलाई सदस्यता प्रदान गरिएको थियो ।
प्रशिक्षण कार्यक्रको अध्यक्षता चेन्नई उत्तर नगर समितिका अध्यक्ष तथा केन्द्रीय सदस्य नर बहादुर गुरूङले गरेका थिए भने उपस्थितिलाई एकता समाजकी केन्द्रीय सदस्य माया हमालले शब्दबाट तथा संगीनले रक्तिमको गीत गाएर स्वागत गरेका थिए । कार्यक्रमको संचालन चेन्नई पश्चिम नगर समितिका सहसचिव गंगा थापाले गरेका थिए ।
अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा नर बहादुर गुरूङले संगठनलाई केही आर्थिक सहयोग गरेका थिए ।