मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरी दमन, दर्जनौं घाइते, दर्जनौं गिरफ्तार (भिडियो, फोटा)

वैशाख–४, काठमाडौ । मिटर ब्याज पीडितहरुले ४७ दिन देखि रत्नपार्कमा गरिरहेको अनसनमाथि प्रहरीले दमन गरेको छ ।

आज विभिन्न राजनैतिक दल र संघ/संस्थाहरुले पीडितहरुको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्ने कार्यक्रम थियो । ऐक्यबद्धता जाहेर गर्न गएका राजनैतिक दल र संघ/संस्थाका प्रतिनिध समेत पुलिसको दमनबाट घाइते भएका छन् । नेकपा (मशाल) का पि.बि.एम. चिन्तामणि शर्मा, मशाल काठमाण्डौका जिल्ला सदस्य टेकहरी न्यौपाने, नेकपा अध्यक्ष लोक नारायण सुवेदी, नेकपा (क्रान्तिकारी माओवादी) का पिविएम सिताराम तामाङ, वैज्ञानिक समाजवादीको प्रवक्ता जागृत रायमाझी घाइते भएका छन् ।

मिटर ब्याज पीडित निर्गनविन, अकवर मिया, ज्योतिलाल वन लगायत आन्दोलनकारीलाई टाउकोमा चोट लागेको छ । उनीहरुलाई बेहोसिको अवस्थामा अस्पताल लगिएको छ भने कुलबहादुर थापा, कृष्ण महतो, तिलक राम चौधरी, प्रदिप नेपाल लगायत घाइते भएका छन् ।

प्रहरीले पीडितहरुलाई दमन गर्न अश्रुग्याँस, लाठीचार्ज र पानीको फोहोरा प्रयोग गरेको थियो ।

प्रहरीद्वारा मिटर ब्याज पीडितमाथि गरिएको दमनको सर्वत्र निन्दा गरिएको छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित