नारायणघाट । उपनिर्वाचन नजिकिदै गर्दा नेकपा (मशाल) ले चुनाव बहिष्कारको प्रचारप्रसारलाई पनि बढाउँदै लगेको छ ।चितवन क्षेत्र नं. दुईमा नेकपा (मशाल) को चुनाव बहिष्कार सम्बन्धी पर्चा बितरण गरिएको छ ।
वामपन्थी नेता गङ्गा पौडेलको नेतृत्वमा कुल प्रशाद रिजाल, शशिधर पौडेल, नवराज चापागाईं सहितको टोलीले चितवन क्षेत्र नम्बर दुईमा पर्चा वितरण गरेकोछ । टोलीले वैशाख ५ गते बेलचोक, कमलनगर, पोखरा बसपार्क, पारस बस पार्क, लाइन्स चोक, न्युरोड, पुल्चोक, सहिद चोक, चौबीस कोटी, युथक्लब मार्ग लगायतका स्थानमा पर्चा बितरण गरेको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (मशाल)ले उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेकाे छ । पर्चामा “आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनलाई सशक्त बहिष्कार गरौं । नयाँ जनवादी क्रान्तिको प्रचारात्मक कार्यलाई अगाडि बढाऔं ।” भन्ने मुल नारा राखिएकाे छ ।