दमौली । नेपाल कम्युनिष्ट पार्टी (मशाल) तनहुँले आज दमौली बजारमा बैशाख १० गते हुन गइरहेको उपनिर्बाचन बहिष्कार गर्न अपिल गर्दै पर्चा वितरण गरेको छ ।
नेकपा (मशाल) केन्द्रीय प्रवक्ता रामबहादुर बुढा, मशाल गण्डकी क्षेत्रीय व्यूरो प्रवक्ता पुष्पलाल श्रेष्ठ, मशाल तनहुँका सचिव नरबहादुर थापा, सदस्य श्रीकुमार श्रेष्ठ, मशालका प्रतिनिधि भरत केसी, अखिल नेपाल युवक संघ गण्डकी क्षेत्रीय सदस्य सुमित्रा बिक, सन्जु सुन्दास लगायतको टोलीले निर्वाचन बहिष्कारको अपिल गर्दै पर्चा वितरण गरेका हुन् ।
पर्चा वितरणका क्रममा जनताले देशको बेथिति, सत्तासिन राजनीतिक दलहरूको नालायकीपन, सरकारको जनविरोधी रबैयाप्रति तीब्र आक्रोश पोखेको क्षेत्रीय प्रवक्ता पुष्पलाल श्रेष्ठले बताए ।
Comments