चार पार्टीद्वारा प्रहरी हस्तक्षेपकाे विराेध, गिरफ्तारलाई रिहाइकाे माग

तनहुँ । चार राजनीतिक पार्टीले बैशाख १० गते हुन गइरहेको उपनिर्वाचन बहिष्कार कार्यक्रम अन्तर्गतको दमौलीका भएको कार्यक्रममा आज प्रहरीले हस्तक्षेपगरी गिरफ्तार गरेकोमा ४ दलले संयुक्त विज्ञप्ति प्रकाशित गरी विरोध जनाएका छन् ।

वक्तव्यमा गिरफ्तार कार्यकर्तालाई तत्काल रिहाईको माग गरिएको छ ।

चार पार्टीको संयुक्त वक्तव्य यस प्रकार छ :
“यही वैशाख १० गते हुन गैरहेको उपनिर्वाचन २०८० को सन्दर्भमा तनहुँ सदरमुकाम दमौलीको अनसन चोकमा नेपाल कम्युनिस्ट पार्टी (मशाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युिनस्ट पार्टी (बहुमत) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको संयुक्त आयोजनामा भईरहेको शान्तिपूर्ण उपनिर्वाचन –२०८० को बहिष्कार कार्यक्रममा प्रहरीले नांगो हस्तक्षेप र दमन गरेको छ ।

यसैक्रममा प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (मशाल) का केन्द्रीय प्रवक्ता क. रामबहादुर बुढा, गण्डकी व्यूरो प्रवक्ता का. पुष्पलाल श्रेष्ठ, तनहुँ जिल्ला सेक्रेटरी क. नरबहादुर थापा, प्रवक्ता क. धनबहादुर परियार र १ जना समर्थक जनता सहित ५ जना नेता तथा कार्यकर्ताहरुलाई गरेको गिरफ्तारी प्रति हाम्रो गम्भीर ध्यान आकृष्ट भएको छ ।

नेपालको संविधानले व्यवस्था गरे अनुसार मौलिक हक तथा वाक स्वतन्त्रताको वर्खिलाप हुने गरी प्रहरीद्वारा गरिएको उक्त हस्तक्षेप, दमन, धरपकड र गिरफ्तारीको हामी तपसिलका पार्टीहरु घोर निन्दा र भत्र्सना गर्दै गिरफ्तार नेता तथा कार्यकर्ताहरुको विना शर्त अविलम्व रिहाइको माग गर्दछौं ।
० श्री कुमार श्रेष्ठ, प्रतिनिधि नेकपा (मशाल) तनहुँ
० विद्रोह प्रतिनिधि नेकपा (क्रान्तिकारी माओवादी) तनहुँ
० सुजन इन्चार्ज नेकपा (बहुमत) तनहुँ
० तिर्थराज मझकोटी सेक्रेटरी वैज्ञानिक कम्युनिस्ट पार्टी नेपाल तनहुँ ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित