बारा । नेपाल कम्युनिष्ट पार्टी (मशाल)द्वारा बारा निर्वाचन क्षेत्र नं. २ मा बैशाख १० गते हुने उपनिर्बाचन बहिष्कार कार्यक्रम सञ्चालन भईरहेकाे मशालले जनाएकाे छ ।
जिल्लाका विभिन्न स्थान बरियारपुर, गन्जभबानिपुर नरही करैया, लौतान कौयामाइ, महागढिमाइरई, पिपरपाती, पचतौरा, हरैया, मधुबन, बोधबन, पर्सौना लगायतका ठाउँमा पर्चा वितरण, जनभेटघाट र बहिष्कार सन्देश कार्यक्रम सम्पन्न भएकाे चिन्तामणी पाैडेलले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी (मशाल)ले आगामी बैशाख १० गतेकाे उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेकाे छ ।
Comments