हेटौंडाको बसमा रवि लामिछानेका कुरा

अशोक शर्मा •• रवि लामिछानेलाई जिताउनुपर्छ भन्ने एकजना आफुलाई स्वनामधन्य बुद्धिजीवि ठान्ने मित्रसंग हेटौंडा जाँदा आज गाडिमा भेट भयो । उनी आफ्नो व्यक्तिगत कामको सिलसिलामा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयतिर आउँदै गरेका रहेछन् । म पनि सोही गाडिमा चेडेपछि उनले आफू बसेको संगैको सिटमा मलाई बोलाए । संगै भएपछि गफ गाफ हुने नै भयो।

हामी दुबै बसोबास गरेको क्षेत्र चितवन क्षेत्र नं. २ परेपछि आगामी १० गतेको उप–निर्वाचनको विषयमा छलफल सुरु भइहाल्यो । उनको एउटा सगर्व दलिल के थियो भने देश विकासको काम कसैले नगर्ने भए, सबै भ्रष्ट र दलाल भए, त्यसैले यसपल्ट पनि घण्टीमा भोट दिने निर्णय गरियो । उनी एकोहोरो बोलिरहे म सुनिरहे । उनले देशमा पुराना दलहरुले राष्ट्रघाति एमसीसी सम्झौता संसदवाट पास गराएको, एमपीपी सम्झौता कार्यन्वयन गरेको, नागरिकता विधेयक संसदवादी दलहरूले पास गराएर देशलाई फिजिकरण तिर लैजान लागेको, देशलाई कमिसन, भ्रष्टाचारले आक्रान्त पारेको आदिआदि कारण पुराना दलहरुको विकल्पमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिएर जिताउने निर्णयमा आफू पुगेको बताए ।

छलफलको क्राममा मैले ती मित्रलाई प्रश्न गरे, “ल ठीक छ पुराना पार्टीहरु राष्ट्रघाति भए, जनघाति भए, तस्कर, माफिया र भ्रष्टाचारीहरुका संरक्षक भए, यिनलाई भोट दिएर चुनाब जिताएर देश, जनता र समाजलाई केही हुनेवाला छैन । यिनलाई भोट दिन कुनैपनि कोणले उपयुक्त छैन । तर यहाँ तपाईंसंग मेरो सवाल यो छ कि, के ती सबै समस्याहरुको रिव लामिछानेले जितेपछि समाधान हुन्छ त ?” उनले एक बाक्यमा उत्तर दिए “शंकै छैन हुन्छ १०० प्रतिशत हुन्छ ।” उनको रविप्रतिको यसप्रकारको शतप्रतिशत अन्धविश्वास देखेपछि मलाई उनको बौद्धिकता प्रति असाध्यै ताजुप लागेर आयो । त्यसपछि “एमसीसी सम्झौता प्रतिको रबीको पार्टीको आधिकारिक धारणा के छ तपाईंलाई थाह छ?” मैले प्रश्न गरे। उनले “एमसीसी राष्ट्रघाति नै हो” तर रिविको पार्टीको धारणाको बरेमा बुझ्ने कुरा गरे। “अनि एसपीपी को बारेमा नि ?” मेरो यो प्रश्नको जवाफ नि उनले पहिलेको जस्तै दिए ।

मैले फेरि सोधें “राष्ट्रघाति नागरिकता विधेयकको बारेमा के भन्छन त रवि ?” उनले यस विषयमा अनविज्ञ रहेको तर बुझ्ने बताए। त्यसपछि मैले उनलाई पुनः प्रश्न गरे “अनि दुई करोड कमिसनको कुरा नि ?” “त्यो रविलाई फसाउन गरिएको षड्यन्त्र हो” उनले अलि अलि झिजो माने झैँ गरी जवाफ दिए । “अनि ढाककुमारको भ्वाइस रेकर्ड नि ?” “रविले तीनदिन भित्र कारबाही गरेको थाह पाउनु भएन ? यो मेरो प्रश्नमाथि उनको प्रतिक्रियात्मक उत्तर थियो उनको ।” थाह त पाएँ तर रवि ले ढाका कुमारसंग पहिला छुट्टै बार्ता गरेर पछि पत्रकार सम्मेलन गरेको कुरा चाहिँ अलि अजिब लागिरहेको छ । मेरो यो प्रतिक्रिया पछि, “सबैकुरामा शंका गर्नु पनि हुन्न केही केही कुराम त विश्वास पनि गरौँ न” सम्झाउने शैलीमा उनी म संग प्रस्तुत भए। उनको कुरा काट्दै “म तपाईं जस्तो १०० प्रतिशत शंका र विश्वास कसैलाई पनि गर्दैन” मैले भने ।

मेरो कुराले उनी अलि अलि रातोपिरो भएजस्तो लाग्यो तैपनि मैले उनको छलफलमा अनिच्छा जागेको थाह पाउँदा पाउँदै एउटा प्रश्न भने सोधिहाले, “अनि रबी गृहमन्त्री हुँदा कानुन मिचेर राष्ट्रिय परिचयपत्रको व्यक्तिक र जैविक विवरण रुजु गर्न विदेशी कम्पनीलाई सात दिने गुपचुप ठेक्काको बोलपत्र आह्वान गरेर दिएको निर्णय नि । यसलाई विदेशी योजनामा कमिशन खाएर गरिएको राष्ट्रघात भन्न मिल्दैन ?” मेरो प्रश्नले एकछिन सोचमग्न भएपछि उनले भने, “तपाईं पनि १२ भाइको कुरा सुनेर धारणा बनाउन थाल्नु भएछ, कान्तिपुर पत्रिकाका कुरा विश्वास गरेर काम छैन कमरेड” मलाई कान्तिपुरको समाचारको विश्वसनीयता माथि प्रश्न गरेपछि मैले पुनः प्रश्न गरेँ, “अनि सरकारले कानुन विपरीतको ठेक्का परेको भन्दै उक्त गैरकानुनी ठेक्का रद्द गरेको पत्रकार सम्मेलन लाई के भन्नू हुन्छ त ?” “यो विषयमा अक्तियारले छानवीन गर्ने भन्ने कुरा तपाईंलाई थाह छ कि छैन ?” त्यसपछि उनले भ्रष्टाचारको विषयलाई विषयान्तर गर्दै भने “जेजे भएपनि चुनाव रविले जितिहाल्छन् उनलाई भ्रष्ट राष्ट्रघाति भए जनताले हराउनु पर्ने होइन र ?” उनी अलि हतास मुद्रामा बोले । “चुनाबमा त जनताले आजसम्म शेर बहादुर, केपि ओली, प्रचण्डहरुलाई पनि भोट दिंदै आएका र उनीहरुले पनि निर्वाचन जित्दै आएका छन् नि होइन र ।”

मेरो यो पछिल्लो प्रश्नले सायद उनको लम्पट चेतनामाथि निकै ठूलो प्रहार गरेछ कि क्या हो उनले आफ्नो दलिल पेश गर्न थाले, “हेर्नुस अशोक सर म पनि कम्युनिस्ट नै हुँ। कम्युनिस्ट आन्दोलनमा मेरो पनि लामो समय लगानी भएको छ, रगत पसिना वगेको छ, तपाईंका कुरामा तर्कमा दम पनि छ, अब धेरै यो विषयमा बहस नगरौँ, म तपाईंका सबैकुरा मानौँला, मान्छु पनि तर यसपटक रबीलाई भोट हाल्छु कुरा यति हो” उनको यो भनाइ नसकिँदै मैले बिचैमा भन्दिए, “तपाईंका कुरै मिलेनन्, तपाईं मेरा सबैकुरा मान्छु भन्नुहुन्छ अनि फेरि भोट चाहिँ रविलाई दिन्छु भन्नुहुन्छ, हेर्नुस त कस्तो विवादास्पद कुरा गर्नु भयो, यो त रबी लामिछानेको राजनीति जस्तै अन्तरविरोधी पो भयो भयो त !!” तर्क सकिएपछि साथी मलाई हातले धकेल्दै गलल हाँसे अनि भने, “त्यसो भए तपाईंले काङ्ग्रेस एमालेलाई भोट हाल भन्न खोज्या हो”। “हैट ! मोटोबुद्धि !! त्यसो भनेको छु त मैले ?” मेरो यो कुरा सुनिसकेपछि उनले पुनः प्रश्न गरे, “काङ्ग्रेस, एमालेलाई पनि नदे, रविलाई नि भोट न दे, तपाईंको कुरा पनि बुझ्नै गार्‍हो भयो !!”

मैले भने, “दलालहरुको निर्वाचन बहिस्कार गर्ने” मेरो चुनाव सम्बन्धि निष्कर्ष सुनेपछि “जे सुकै भएपनि यसपल्ट रविलाई भोट दिने हो अरुकुरा अर्कोपल्ट सोचौला” भन्दै उनले गाडिको सिटमा निधाएको नाटक गरे म पनि चुपचाप आफ्नो सिटमा बसे । गाडि हेटौंडा बसपार्क पुगेपछि मेरो पछिपछि उनी पनि गाडिबाट झरे अनि हात मिलाएर आफ्नो बाटो लागे ।

माथिको विचार अशोक शर्माको फेसबुक वालबाट लिइएको हाे ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित