काठमाडौं । नेकपा (मशाल), नेकपा (क्रान्तिकारी–माओवादी) र नेकपा (बहुमत)ले संयुक्त कार्यक्रम गर्दै लेनिनका बिचारहरुलाई आत्मसात गर्ने प्रण गर्दै १५४ औं लेनिन जयन्ती तथा ७५औं पार्टी स्थापना दिवस मनाएका छन् । इच्छुक प्रतिष्ठानको सभाहल मैतिदेबी काठमाडौंमा २०८० बैशाख ९ गते अर्थात २२ अप्रिल २०२३ का दिन उक्त जयन्ती तथा दिवस मनाइएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै वक्ताहरुले क्रान्तिकारी बिचको दरिलो एकता आजको आवश्यकता भएको बताए । लेनिनका बिचारलाइ आत्मसात गरेर अगाडि बढे मात्रै उहाँलाई सम्झिएको अर्थ रहने बताउँदै वक्ताहरुले लेनिनका बिचारलाई ब्यवहारमा प्रयोग गर्नु पर्नेमा जोड दिएका थिए ।
लेनिनको व्यक्तित्व सामान्य खालको नभएको चर्चा गर्दै अतिथि वक्ताहरुले “क्रान्तिकारी सिद्धान्त बिना क्रान्तिकारी परिवर्तन असम्भव छ” भन्ने लेनिनको भनाइलाई हर कम्युनिस्ट क्रान्तिकारीहरुले मनन गर्नु पर्ने बताए । नेपालको राजनीतिलाई सही दिशा दिने काम कम्युनिस्ट आन्दोलनले नै गरेको दाबी गर्दै वक्ताहरुले जनगणतन्त्र प्राप्तिको आन्दोलन अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।
समारोहमा मन्तब्य राख्ने अतिथि वक्ताहरुमा नेकपा (क्रान्तिकारी–माओवादी) स्थायी समिति सदस्य सिपि गजुरेल, नेकपा (बहुमत) का संयोगजक धर्मेन्द्र बास्तोला (कन्चन) र नेकपा (मशाल) का पोलिटब्युरो सदस्य चिन्तामणी पौडेल रहेका थिए ।
नेकपा (क्रान्तिकारी–माओवादी) का प्रवक्ता हरिभक्त कंडेलको अध्यक्षता, नेकपा (मशाल) केन्द्रीय समितिकी सल्लाहकार सदस्य सुर्या थापाको स्वागत मन्तव्य र नेकपा (बहुमत) का प्रवक्ता हेमन्त प्रकाश ओलिको संचालनमा सो समारोह अघि बढेको थियो । ज्ञात अज्ञात सहिदहरुप्रती एक मिनेट मौनधारण गर्दै अन्तर्राष्ट्रिय गीत गाएर सुरु गरिएको समारोहमा नेकपा (क्रान्तिकारी–माओवादी)का स्थाई समिति सदस्य राम सिंह श्रीष, नेकपा (बहुमत)का केन्द्रीय कार्यालयका सदस्यहरु दिपक चलाउने, बाबुराम गजमेर र गम्भीरको समेत आतिथ्यता रहेको थियो ।
समारोहमा रक्तिम सांस्कृतिक अभियानका महासचिव लक्ष्मी रिजाल ‘उदय’ ले “नछोड बाटो तिमिले” र “छेकेर छेकिन्न” बोलका जोसिला क्रान्तिकारि गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रगतिशील कवि नन्दलाल कंडेलले कविता समेत प्रस्तुत गरेका थिए ।