तनहुँमा मनाइयो १५४ औं लेनिन जयन्ती र ७५ औं पार्टी स्थापना दिवस

दमौली । नेकपा (मशाल) तनहुँको आयोजनामा १५४ औं लेनिन जयन्ती र ७५ औं पार्टी स्थापना दिवस मनाइएको छ ।

नेकपा (मशाल) का प्रवक्ता एवम् कार्यक्रमका प्रमुख अतिथि रामबहादुर बुढा, मशाल तनहुँका जिल्ला प्रवक्ता धनबहादुर परियार, मशालका जिल्ला प्रतिनिधिहरु श्रीकुमार श्रेष्ठ, भरत केसी, प्राप्ती सुनार, अखिल नेपाल युवक संघ गण्डकी प्रदेश सदस्य सुमित्रा विक, पत्रकार सन्जु सुन्दास, अखिल नेपाल महिला संघकी नन्दकली सुनार, अखिल छैटौंका प्रतिक्षा सुनार, अनिशा परियार, अपेक्षा सुनार, सनराइज श्रेष्ठ, पृन्स विकले लेनिन जयन्ती र नेकपा स्थापनाका बारेमा मन्तब्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता नेकपा (मशाल) गण्डकी प्रदेश ब्युरो प्रवक्ता पुष्पलाल श्रेष्ठ, सन्चालन अखिल (छैटौं ) कि प्रशंसा सुनार र स्वागत अखिल (छैटौं) कि अपेक्षा सुनारले गरेका थिए ।

सहिदहरु प्रति एक मिनेट मौन धारण सहित अगाडि बढेको उक्त कार्यक्रममा नेपालको विद्यार्थी आन्दोलन, महिला आन्दोलन, पत्रकारिता क्षेत्रको अवस्थाका बारेमा समेत संक्षिप्त प्रशिक्षण गरिएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित