पाल्पा भैरनाथ मन्दिरका मूल पुजारी निलम्बित

असार १४ , काठमाडौ । पाल्पा भैरवनाथ मन्दिरका मूल पुजारी जीतनाथ योगिलाई मन्दिर व्यवस्थापन समितिले आज निलम्वन गरेको छ । उनी महिला दर्शनार्थीमाथि यौन दूरव्यवहार गरेको आरोपमा निलम्बित भएका हुन् । ७० वर्षीय जीतनाथ योगी दाङ निवासी हुन् ।

पाल्पा रिप्दिकोट गाउपालिका कि सूचना अधिकारी मन्जु पन्थीले आफू पनि मन्दिरमा विगतमा दर्शन गर्न गएको तर आफूले त्यस प्रकारको व्यवहार थाहा नपाएको बताइन् । पन्थीले भनिन्स “समाचारमा आएको खबरबाट म चकित भएँ , यस्तो हुनु हुने थिएन ।”

पाल्पा भैरवस्थान मन्दिरका व्यवस्थापक मीन बहादुर बुढाथोकीले हाँक टुडे सित कुरा गर्दै मन्दिर व्यवस्थापन समिति पुजारी जीतनाथ योगीको कमजोरी नै भएको निष्कर्षमा पु्गेको बताए । बुढाथोकीले भने “२०५९ देखि नै जीतनाथ योगी यो मन्दिरका पुजारी हुनुहुन्थ्यो । मैले वहाँ संग यस मन्दिरमा १८ वर्ष काम गरेँ । यस्तो कुरा सुन्नु परेको थिएन । पत्रकारले यो कुरा सुनाउँदा म अचम्म परेँ । भर्खरै केही दिन पहिले मात्रै कार्यालयमै आएर एउटी महिलाले पुजारी योगीका विरुद्ध उजुरी गरिन् । वहाँले हैन भनेर जिद्दि गर्नु भयो ।”

पूजारी अहिले कहाँ हुनुहुन्छ रु निलम्बन फुकुवा भएर मन्दिरमा आउने सम्भावना छ कि छैन ? भन्ने प्रश्नको जवाफमा व्यवस्थापक बुढाथोकीले अब उहाँ मन्दिरको पुजारीमा फिर्ता हुने सम्भावना छैन । उनले स्पष्ट गरे, “यो खबर आईसकेपछि हामी मन्दिर व्यवस्थापन समितिका सदस्यहरु, जनप्रतिनिधि र प्रहरी समेत बैठक बसेर सिसी फुटेज अध्ययन गर्यौं । उहाँको व्यवहार पनि अध्ययन गर्यौं । उहाँले महिलाहरुमाथि गरेको दूरव्यवहारका कारण आज हामीले उहाँलाई निलम्वन गर्यौं । पीडित महिलाहरुले उजुरी दिन्छिन्कि दिँदैनन् हामीलाई थाहा छैन । उहाँ अहिले मन्दिरमै हुनुहुन्छ । दाङ घरबाट उहाँकी श्रीमती वहाँलाई लिन आउँदै हुनुहुन्छ । भोलि उहाँ मन्दिर छोडेर घर जाँदै हुनुहुन्छ । हाम्रो तर्फबाट उहाँ अब फर्केर आउने सम्भावना छैन ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित