नापी कार्यालयका दुई कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्धा

असार १७ काठमाडौं । नापी कार्यालय मनमैंजुका दुई कर्मचारी, नापी सर्वेक्षक र लेखापढी व्यवसायी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नापी सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अवशेक कार्की विरुद्ध १ लाख ७५ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालयका नापी सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी कार्कीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरेको छ ।

उनीहरु दुवैका विरुद्ध जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेको थियो । उजुरीका आधारमा अनुसन्धान हुँदा उपरकरोटी र कार्कीले १ लाख ७५ हजार घुस लिएको पुष्टि भएको अख्तियार जनाएको छ ।

गत चैत्र १४ गते अख्तियारको टोलीले उनीहरूलाई घुससहित नियन्त्रणमा लिएको थियो । उनीहरूविरुद्ध बरामद रकम बराबर विगोसहित कैदसाजय माग गरिएको छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित