काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चको विल अन्ततः जनताको टाउकामा आएको छ । राष्ट्रपति निर्वाचित भएको लगत्तैदेखि लगातार विरामी भएका छन् । उनी देश विदेशमा उपचार गराएका छन् । उपचारका लागि उनी दिल्ली गएका थिए । उनको उपचार खर्च आफै बेहार्न चाहेको भनेर राष्ट्रपतिको सचिवालयले २०८० वैशाख १९ गते प्रेश नोट प्रकाशित गरेको थियो ।
भारतमा उपचारको क्रममा लागेको खर्च आँफै व्यहोर्न चाहेको बताएका राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रलायममा बिल पठाएको र सो मुताविक भुक्तानी दिनको लागि २०८० असार १२ गतेको मन्त्री परिषद्ले निर्णय गरेको छ ।
परराष्ट्र मन्त्रालयले राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्ली लैजाँदा भएको एयर एम्बुलेन्स र फर्किँदा नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख २ हजार २७९ रुपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयलाई पत्र लेखेको हो ।
राष्ट्रपति पौडेल २०८० वैशाख ६ गते श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सबाट भारत गएका थिए भने उपचार पछि वैशाख १७ मा नेपाल फर्किदा नेपाल वायु सेवा निगमको नियमित उडानबाट आएका थिए । उनलाई सामान्य ग्याष्ट्रिक भएको थियो ।
सामान्य जनता उपचार नपाएर छट्पटाईरहेको अवस्थामा देशका उच्च ओहोदा आसिनहरुले भने राजय कोषबाट लाखौंको उपचार गराँउदै आएका छन् । त्यसको बोझ जनताको टाउकोमा परेको छ । गरिब देशका धनी नेताहरुले उपचार खर्चमा धेरै रकम खर्चेका छन् ।