तीन दलका शीर्ष नेताहरुको भेटवार्ता

असार २४ काठमाण्डौ  । तीन दलका शीर्ष नेताहरुवीचमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर संघीय संसद्का दुवै सदनमा प्रतिपक्षीको अवरोध जारी रहेका बेला आइतबार बिहान तीन दलका शीर्ष नेताहरूबीच संवाद भएको छ।आइतबार बिहान सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन शीर्ष नेताहरूबीच छलफल भएको छ । प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रीतम सिंहले महत्वपूर्ण भूमिका खेलेको भनेर भनाई राखेपछि त्यसको विरोधमा सदन अवरोध हुदै आएको छ ।यस विचमा सत्तारुढ सहितप्रमुख प्रतिपक्ष दलका वीचमा वार्ता हुनुले गतिरोध अन्त्यहुन्छ कि भन्ने आशा जगाएको छ ।प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति दिनु निकै दुःखद रहेको विश्लेषकहरुको भनाई रहेको छ अवरोधका कारण आगामी आर्थिक वर्षको बजेट राष्टिय सभाबाट पारित हुन सकेको छैन।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित