असार २४ काठमाडौं । मिटरव्याज पीडितहरुले संसद भवन घेराउ गरेका छन् । मिटरव्याज विरुद्ध कानुन ल्याउन माग गर्दै पीडितहरुले संघीय संसद भवन अगाडि प्रदर्शन गर्दै घेराउ गरेका हुन् ।
प्रदर्शनमा मिटरव्याज सम्बन्धी कानुन तत्काल पारित गर, दलाल पूँजीवादी व्यवस्था अन्त्य गर, अवैधानिक मिटरव्याज तत्काल अन्त्य गर लगायतका नाराहरु लेखेको प्लेकार्डहरु बोकेका पीडितहरुको सहभागिता रहेको छ ।
सरकारले मिटरव्याज विरुद्ध ल्याएको अध्यादेश सदन अवरुद्ध हुँदा पारित हुन पाएको छैन । देशभरिका मिटर व्याज पीडितहरुले कानुनको माग गर्दै पटक पटक प्रर्दशन, धर्ना, सभा, पैदल मार्च, गरिसकेका छन् । तर पनि पीडितको पीडा हट्न सकेको छैन ।
Comments