असार २८ काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले रुस युक्रेन युद्ध तत्काल रोक्न आग्रह गर्दै काठमाडौस्थित रुसी दुतावास अगाडि प्रदर्शन गरेको छ । रुस–युक्रेन युद्धको ५०५ औँ दिन पुग्दा पनि युद्ध नरोकिएको भन्दै समाजले युद्ध रोक्न आग्रह गर्दै रुसी दूतावास अगाडि प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले रुस: तत्काल युद्ध अन्त्य गर, युद्धको ५०५ दिनः मानवता पराजित, रुसी आक्रमण बन्द गर, युद्धको ५०५ दिनः इतिहास लज्जित,रुसी आक्रमणका कारण हजारौं नागरिकको मृत्यु, मानवता पराजित हुँदैछ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनपछि रुसका राष्ट्रपति भ्लादीमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापनपत्र नेपालस्थित रुसी राजदूतावास अधिकारी मार्फत् हस्तान्तरण गरिएको थियो । युक्रेनलाई विश्वका पश्चिमा देशहरुले हतियार सहयोग गर्दै आईरहेका छन् । धेरैले यो युद्ध रुस र युक्रेनको मात्र नभई पश्चिमाहरुको स्वार्थसंग पनि जोडिएको बताई रहेका छन्
युद्धको शुरुवाती अवस्था देखिनै युक्रेनले अन्य देशसँग अत्याधुनिक हतियार, आर्थिक सहयाेगको माग गर्दै आएका छन् । पछिल्लो समयमा युक्रेनले नेटोको सदस्यता दिन ढिलाई गरेकोमा आपत्ति जनाएको छ । युद्ध अझै भयावह हुने देखिन्छ । जी सेभेनमा आवद्ध र नेटोसँग आवद्ध देशहरुले युक्रेनलाई पुरै मात्रामा सहयोग गर्ने किसिमको प्रतिक्रिया दिएका थिए ।