भक्तबहादुर श्रेष्ठ ••
मुद्राको पहिलो काम हो– मालहरूलाई तिनका मूल्यहरूको अभिव्यक्तिमा सामग्री प्रदान गर्नु । त्यसकारण मुद्राले मूल्यहरूको सम्पूर्ण मापन गर्ने काम गर्दछ । यसोगर्नाको कारणले नै सुन सबैभन्दा उत्तम सममूल्य माल हुन्छ, मुद्रा बन्छ । यसप्रकार मुद्राले सार्वभौमिक मापन गर्ने काम गर्दछ । अब सम्पूर्ण मालहरूको मूल्यलाई व्यक्त गर्न समीकरणहरूको श्रृङ्खलाको एउटा कडी बनेर अगाडि आउनु आवश्यकता हुँदैन, किनभने अब सममूल्यको काम गर्ने माल सुनले मुद्राको रुप धारणा गरेको छ ।
मूल्यको नापको रुपमा र दामको मापदण्डको रुपमा मुद्राले दुई बेग्लाबेग्लै काम गर्नुपर्छ । मुद्रा मानवश्रमको सामाजिक दृष्टिबाट मान्य आधार हुन्छ । त्यसकारण त्यसले दामको मापदण्डको काम गर्दछ र त्यो एउटा निश्चित तौलको धातु हुन्छ । त्यसकारण त्यसले दामको मापदण्डको काम गर्दछ । मूल्य नापोको रुपमा त्यसले विभिन्न प्रकारका मानहरूको मूल्यलाई दामहरूमा (Currency) अथवा सुनको काल्पनिक मात्राहरूमा फेर्ने काम गर्दछ र दामको मापदण्डको रुपमा त्यसले सुनको मात्रालाई नाप्ने काम गर्दछ । सुनको मूल्यलाई नाप्ने काम त्यसै हदसम्म गर्न सक्छ । जुन हदसम्म त्यो स्वयं श्रमको पैदावार हुन्छ । त्यसकारण स्वयं त्यसको मूल्यमा हेरफेरको सम्भावना रहन्छ ।
सामान्य रुपमा मालहरूको दाम त्यसबेला बढ्न सक्छ, जुनबेला कि त मुद्राको मूल्य स्थिर रहेर मालहरूको मूल्य बढ्छ, अथवा मालहरूको मूल्य थिर रहेर मुद्राको मूल्य घट्छ, अर्कोतिर सामान्य रुपबाट मालहरूको दाम त्यसबेला घट्छ, जुनबेला कि त मुद्राको मूल्य स्थिर रहेर मालहरूको मूल्य घट्छ अथवा मालहरूको मूल्य स्थिर रहेर मुद्राको मूल्य घट्छ । यसबाट मुद्राको मूल्य बढेपछि मालहरूको दाम अनिवार्य रुपमा त्यसै अनुसार घट्छ । मुद्राको मूल्य घटेपछि मालहरूको दाम अनिवार्य त्यसै अनुपातमा बढ्छ भने निस्कर्ष कदापि निस्किँदैन । यसप्रकारको परिवर्तन केवल तिनै मालहरूको मूल्य मुद्राको मूल्यको बृद्धिको साथसाथ त्यसै अनुपातमा बढ्छ, त्यसका दामहरूमा कुनै परिवर्तन हुँदैन । यदि त्यसको मूल्य मुद्राको मूल्यको अपेक्षा सुस्त अथवा तीव्र गतिसँग बढ्छ भने त्यसका कदमहरूको उतार वा चढाउ यस कुरामा निर्धारित हुन्छ कि त्यसको मूल्यको जुन परिवर्तन आएको छ र मुद्राको मूल्यमा जुन परिवर्तन भएको छ, त्यसको बीच कति अन्तर हुन्छ, इत्यादि ।
केही वस्तुहरू छन्, जुन आफैमा माल होइनन्–जस्तो अन्त: स्करण (भित्री हृदय, आत्मा) आत्मसम्मान आदि । तर मालिकले तिनलाई पनि बिक्री गर्न सक्छ, जसले यसरी आफूलाई दामको माध्यमबाट मालको रुप धारणा गर्न सक्छ । त्यसैले वस्तुमा मूल्य नभए तापनि त्यसको दाम हुनसक्छ । यस्तो अवस्थामा दाम गणित का केही राशीहरूको जस्तै काल्पनिक हुन्छ । अर्कोतिर, काल्पनिक दामको रुपले कहिलेकाहीं प्रत्यक्ष वा अप्रत्यक्ष वास्तविक मूल्य सम्बन्धमा पर्दा हाल्न पनि सम्भव छ । उदाहरणका रपमा प्रति जमिनको कुनै मूल्य हुँदैन, किनभने त्यसमा कुनै प्रकारको मानिसको श्रम लागेको हुँदैन, तर त्यसको दाम हुन सक्छ । फेरि कुनै उपयोग मूल्य भएको चीजमा श्रम लागेको हुँदैन, तर उपयोग मूल्य हुन्छ, जस्तो हावा, नदीको पानी आदि ।
मालहरूको परिचालनको माध्यम
विनिमय यस्तो प्रक्रिया हो जसको गैरउपयोग मूल्य हुन्छ । यो त्यस्ताको हातबाट निस्केर जसलाई उपयोग–मूल्य हुन्छ अथवा आवश्यक हुन्छ, त्यस्ताको हातमा पुग्छ, त्यो विनिममय पदार्थको सामाजिक परिचलन हो । त्यसबाट एक किसिमको उपयोगी श्रमको पैदावारको अर्को किसिमको उपयोगी श्रमको पैदावारको ठाउँ लिन्छ । जब एकाचोटी कुनै माल त्यस विश्राम स्थलमा पुग्दछ, जहाँ त्यसले उपयोग मूल्यको काम गर्न सक्छ, त्यसबेला त्यो विनिमयको क्षेत्रबाट निस्केर उपयोगको क्षेत्रमा पुग्दछ । तर, त्यसबेला हाम्रो चासो केवल विनिमयको क्षेत्रमा नै हुन्छ । त्यसकारण अब हामीले विनिमयमा एउटा औपचारिक दृष्टिबाट विचार गर्नुपर्छ र मालहरूको त्यो रुप परिवर्तनलाई छानवीन गर्नुपर्छ, जसद्वारा पदार्थको सामाजिक परिचलन कार्यान्वित हुन्छ ।
साधारणतया यस परिवर्तनलाई मान्छेले निकै अपूर्ण ढङ्गबाट बुझ्दछन् । यस अपूर्णताको कारण स्वयं मूल्यका बारेमा मानिसहरूमा धेरै अस्पष्ट धारणा हुनुबाहेक कुनै पनि मालको रुपमा हुने प्रत्येक परिवर्तन मालहरूको विनिमयको फलस्वरूप हुन्छ भन्ने छ, जसमध्ये एउटा साधारण माल हुन्छ, अर्को मुद्रा माल हुन्छ । यदि हामीले केवल यस भौतिक तथ्यलाई कुनै माल सुनसँग विनिमय गरिन्छ भनेर अगाडि राख्दछौँ भने मालको रुपलाई के भएको छ भनेर जसलाई हामीले देख्नु पथ्र्यो, त्यसलाई हामीले देख्या नदेख्यै गर्दछौँ । जब सुन केवल एउटा माल हुन्छ त्यसबेला त्यो मुद्रा हुँदैन र जब अर्को मालले आफ्ना दामहरूलाई सुनको रुपमा व्यक्त गर्दछ, त्यसबेला त्यो सुन स्वयं यो मालहरूको मुद्रा रुप हुन्छ भने यी तथ्यहरूलाई देख्या नदेख्यै गर्दछौँ ।
शुरुमा मालले स्वाभाविक रुपबाट विनिमयको प्रक्रियामा प्रवेश गर्दछ । फेरि त्यो प्रक्रियाले त्यसमा माल र मुद्राको भेद पैदा गरिदिन्छ र यसप्रकार मालहरू एकैसाथ उपयोग मूल्य र मूल्य हुनुको नाताले त्यसमा अन्तर्निहित विरोध अनुसार एउटा बाहिरी विरोध पनि पैदा गर्दछ । माल उपयोग मूल्यहरूको रुपमा अब विनिमय मूल्यको रुपमा मुद्राको मुकाबिलामा आएर खडा हुन्छ । अर्कोतर्फ, दुई विरोधी पक्ष माल नै हुन्छन्, अथवा दुवै उपयोगमूल्य तथा मूल्यका एकाईहरू हुन्छन् ।
एउटा कुनै माल केही सुनको सिक्कासँग कसैले विनिमय गर्छ, त्यो सुनको सिक्काबाट उसले आफूलाई चाहिने माल खरिद गर्छ । जुन माल दिएर सुन लिएको छ, सुन त्यस मालको मूल्य रुप हो । उसले सुन दिएर फेरि अर्को माल खरिद गर्छ । रुपान्तरणका क्रममा माल मुद्रामा फेरिन्छ, अर्कोमा फेरि मालमा बदलिन्छ । मालहरूका विनिमयका साथसाथ त्यसको रुप परिवर्तन हुन्छ । माल दिएर, मुद्रा लिएर, फेरि त्यो मुद्राबाट आवश्यक माल किन्यो भने माल –मुद्रा–माल हुन्छ । संक्षिप्तमा मा–मु–मा हुन्छ । जहाँसम्म वस्तुको सम्बन्धको कुरा छ, त्यसमा पूरा प्रक्रियाको फल हुन्छ माल–माल । किनभने माल लिएर, मुद्रा दिएर, फेरि माल किने माल फेरि मालमा टुङ्गिन्छ । यसको अर्थ भयो भौतिक रुप भएको सामाजिक श्रमको परिचलन । जब यो फल प्राप्त हुन्छ, त्यसको क्रिया समाप्त हुन्छ । मालबाट मुद्रा लिनु मा–मुको पहिलो रुपान्तरण हो अथवा यो बिक्रीमा फड्कनु हो ।
यस्तो छलाङ मार्न सकेन भने मालको मालिकलाई नोक्सान हुन्छ । यसै कारण उसको श्रमको पैदावार केवल विनिमय मूल्यको रुपमा नै काममा आउँछ । तर त्यसले सामाजिक दृष्टिबाट मान्य हुने सार्वभौम सम मूल्यको गुण भएको मुद्रामा फेरि दियो भने मात्र प्राप्त गर्न सक्छ । तर, त्यो मुद्रा अर्कैको खल्तीमा छ, त्यस खल्तीबाट निकाल्न त्यो मालमा मुद्रा मालको लागि उपयोग मूल्य हुनुपर्छ । यदि त्यस मालको पूर्ति समाजलाई भइसकेको छ भने उत्पादन गरेका चीजहरू अनावश्यक र अनुपयोगी हुन्छन् । दाम खाली मालमा मूर्त हुने सामाजिक श्रमको मात्राको मूल्यको नाम हो । यदि कुनै माल बजारमा बिक्री हुँदैन भने यसबाट समाजको कुल श्रमको आवश्यकता भन्दा बढी भाग त्यो माल उत्पादन गर्न खर्च भएको छ भन्ने सावित हुन्छ ।
श्रम विभाजनले गर्दा श्रमको पैदावारलाईृ मालमा बदली दिन्छ र त्यसपछि मुद्रामा बदल्न सम्भव बनाइदिन्छ । कुनै माल मुद्रामा बदलिनु भनेको मुद्रा पनि मालमा बदलिनु हो । मालको मालिकका लागि त्यो बिक्री हो र मुद्राको मालिकका लागि त्यो खरिद हो, माल मुद्रा, मद्रा–माल । संक्षिप्तमा मा–मु, मु–मा जुन खरिद हो, साथै मा–मु बिक्री पनि हो । एउटा मालको अन्तिम रुपान्तरण अर्को मालको पहिलो रुपान्तरण हुन्छ । पहिलो मा–मु र दोस्रो मु–मा । बिक्री गर्ने व्यक्तिको रुपमा बिक्रीवाल हुन्छ, खरिद गर्नेको रुपमा ग्राहक बन्छ । किसानले गहुँ बिक्री गरेकाले कपडा बुन्नेले आप्mनो कपडा बिक्री गर्न पाएको छ, किनभने किसानले गहुँ बिक्री गरी मुद्रा पाएकोले नै कपडा किन्न सकेको हो । कुनै माल प्रचलनमा बाहिर गएपछि, उपभोक्ताको हातमा पुगेपछि त्यसको प्रचलन खत्तम हुन्छ, तर मुद्रा प्रचलनको क्षेत्रमा घुमिरहन्छ । मुद्रा एउटा मालिकको हातबाट अर्को मालिकको हातमा घुमिरहन्छ । गतिको यस बाटोलाई मुद्राको चलन भनिन्छ ।
मुद्राको चलनको प्रक्रिया
श्रमको भौतिक पैदावारको परिचलनको रुप परिवर्तन मा–मु–माद्वारा सम्पन्न हुन्छ । यस अनुसार एउटा मालको रुपमा यो रुप परिवर्तनको लागि एउटा निश्चित मूल्य एउटा मालको रुपमा क्रिया सुरु गर्ने र मालको रुपमा नै त्यसलाई समाप्त पारिदिनु पर्दछ । हुन त मालको गति एउटा निश्चित बाटोमा हुन्छ । अर्कोतिर यसको गतिको रुप यस्तो छ कि मुद्रालाई पूरै परिपथबाट गुज्रन दिंदैन । परिणाम के हुन्छ भने मुद्रा फिर्ता भएर आउँदैन, बरु आफ्नो प्रस्थान विन्दुबाट बराबर झन् टाढा हुँदै जान्छ । बिक्री गर्ने मानिस मुद्रासँग टाँस्सिइरह्यो भने, त्यो माल रुपान्तरणको आफ्नो पहिलो अवस्थामा नै रहन्छ, त्यो रुपान्तरणले आधा काम मात्र पूरा गर्छ । तर, बिक्रेताले जब यो प्रक्रिया पूरा गर्छ, जब उसले आफ्ना बिक्रीको अनुपुरकको रुपमा खरिद पनि गर्दछ, त्यसबेला मुद्रा आफ्नो मालिकको हातबाट फेरि बाहिरिन्छ । त्यसकारण मालहरूको परिचलनले प्रत्यक्ष ढङ्गबाट मुद्रामा गतिको संचार गर्दछ । त्यो एउटा यस्तो लगातारको गति हुन्छ, जसद्वारा मुद्रा आफ्नो प्रस्थानविन्दुबाट झनझन् टाढिँदै जान्छ र जसको दौरान त्यो मालको एउटा मालिकको हातबाट अर्को मालिकको हातमा घुमिरहन्छ । गतिको यस पथलाई मुद्राको चलन भनिन्छ ।
परिचलनको जुन रुपमाथि हामी विचार गरिरहेका छौँ, त्यसमा मुद्रा र माल हमेसा शारीरिक रुपमा मुखामुख भएर देखा पर्दछन् र एउटा क्रमको सकारात्मक ध्रुवमा खडा हुन्छ र अर्को विक्रयको नकारात्मक ध्रुवमा । त्यसकारण यो कुरा स्पष्ट छ–परिचलनको माध्यमको आवश्यक मात्रा पहिलेदेखि नै यी सबै मालहरूको दामहरूलाई जोडेपछि कति रकम बाँच्दछ भन्ने निश्चित हुन्छ । न त मालहरूको मूल्यहरू स्थिर रह्यो भने त्यसको दाम सुनको (मुद्राको) पदार्थको मूल्य परिवर्तन÷घटबढ भइरहन्छ । सुनको मूल्य जति घट्छ, मालहरूको नाम त्यसै अनुपातमा बढेर जान्छ, सुनको मूल्य जति चढ्दछ मालहरूको दाम त्यसै अनुपातमा घट्दछ । अब यदि सुनको मूल्यमा यसरी घटबढको परिणाम मालहरूको दाम घटबढ हुन्छ भने चालु मुद्राको मात्रा पनि त्यसै हदसम्म घटबढ हुन्छ । यस्तो अवस्थामा स्वयं मुद्राको कारणले नै चालु माध्यमको मात्रा परिवर्तन हुन्छ, यो सत्य हो ।
यदि मालहरूको मात्रा स्थिर रहन्छ भने चालु मुद्राको मात्रा यी मालहरूको दामको घटबढ अनुसार बदलिन्छ । दाममा परिवर्तन हुनुको परिणामस्वरूप दामको कुल जोड घटबढ हुन्छ र त्यस अनुसार चालु मुद्राको मात्रा पनि घटबढ हुन्छ । यस्तो असर पर्नु र सम्पूर्ण मालहरूको दाम एकै साथ घटबढ हुनु आवश्यक छैन । केही मुख्य वस्तुहरूमा दाम घटबढ हुनासाथ सबै मालहरूको दामको जोड घट्ने र बढ्ने गर्छ । त्यसको परिणामस्वरूप पहिले भन्दा बढी वा घटी मुद्रा प्रचलनमा आउँछ । दाममा हुने परिवर्तन चाहे मालहरूको मूल्यमा हुने कुनै वास्तविक परिवर्तन अनुसार होस्, चाहे त्यो बजारभाउको घटबढको परिणामले होस् परिचलनको माध्यमको मात्रामाथि त्यसको एकै किसिमको प्रभाव पर्छ ।
कुनै निश्चित समयमा मुद्राको कुनै खास टुक्रा अथवा सिक्का कति पटक गतिमान हुन्छ भन्ने कुराबाट मुद्राको चलनको मात्राको कुराबाट नापिन्छ । मानि लिउँ ४ बस्तुहरूको परिचलनमा एक दिन लाग्छ, दिनभरमा जुन दामलाई मूर्तरुप दिइन्छ, त्यसको जोड ८ रु. छ, मुद्राको २ टुक्रा ४ पटक गतिमान हुन्छ र परिचलनमा भाग लिने मुद्राको मात्रा २ रु. छ । परिचलनको क्रियाको क्रममा एउटा निश्चित कालमा निम्नि लिखित सम्बन्ध हाम्रो अगाडि आउँछ । चालु माध्यमको काम गर्ने मुद्राको मात्रा त्यस रकमको बराबर छ, जुन मालहरूको दामहरूको जोडलाई एकै अभियानका सिक्काहरूको गतिमान हुने सङ्ख्याबाट भाग दिएपछि पाइन्छ । यो नियम सामान्य रुपमा लागु हुन्छ । जस्तो कुनै देशमा वस्तुहरूको संचारका लागि कति मुद्राको आवश्यकता पर्छ, त्यो केमा निर्भर गर्छ भन्ने त्यहाँ कति नगदी मूल्यका वस्तुहरू पैदा हुन्छन् र मुद्राको चक्कर कति समयमा पूरा हुन्छ । पूरा वस्तुहरूको दामलाई मुद्राको चक्करबाट भाग दियो भने सबै वस्तुहरूको संचारका लागि कति मुद्राको आवश्यकता छ, थाहा हुन्छ ।
कुनै निश्चित अवधिमा चालु माध्यमको काम गर्ने मुद्रा कुल मात्रा एकातिर चालु मालहरूको दामहरूको जोडबाट निर्धारित हुन्छ र अर्कोतिर त्यो कुन कुराबाट निर्धारित हुन्छ भने रुपान्तरणहरूको परस्पर विरोधी अवस्थाहरू कुन गतिका साथ एकले अर्कोको अनुशरण गर्दछन् । यस गतिमा नै यो निर्भर गर्छ–हरेक बेग्लाबेग्लै सिक्का दामहरूको जोडको औसत भागलाई मूर्तरुप दिन सक्छ । तर, चालु मालहरूको दामहरूको जोड मालहरूका दामहरूका साथसाथै त्यसको मात्रामा पनि निर्भर गर्दछ । तर, ती तीन तत्त्व दामहरूको अवस्था, चालु मालहरूको मात्रा र मुद्राको चलनको बेग परिवर्तनशील हुन्छ । त्यसकारण जुन दामलाई मूर्त रुप दिनु छ, त्यसको जोड र यस जोडमाथि निर्भर गर्ने चाल माध्यमको मात्रा हुन्छ । यी दुवै चीजहरू, यी तिनै तत्त्वहरूमा कुल मिलाएर जुन अनेकौँ परिवर्तनहरू हुन्छन्, तिनका साथसाथै बदलिरहन्छन् । यी परिवर्तनहरू मध्ये हामी जसको दामहरूको इतिहासमा सबैभन्दा बढी महत्त्व रहेको छ, त्यसमा मात्र विचार गर्दछौँ ।
यदि दाम स्थिर रहन्छ भने चालु माध्यमको मात्रा यसकारण बढ्न सक्छ कि चालु मालहरूको सङ्ख्या बढेकोछ, अथवा चलनको बेग कम भएको छ वा त्यो यी दुवै कुराहरूको सम्मिलित प्रभावको परिणाम हुन सक्छ । अर्कोरित चालु माध्यमको मात्रा यसकारण घट्न सक्छ कि चालु मालहरूको सङ्ख्या घटेको छ अथवा त्यसको परिचलनमा तीव्रता आएको छ ।
मालहरूको दाममा आम रुपमा बृद्धि भएपछि पनि चालु माध्यमको मात्रा स्थिर रहन्छ, दामहरूमा जति नै बृद्धि किन नहोस्, त्यसै अनुपातमा परिचनमा सामेल मालहरूको सङ्ख्या कमी आयो अथवा परिचलनमा सामेल मालहरू स्थिर भएर दामहरू जति बृद्धि होस् मुद्राको चलनको बेगमा त्यति नै तीव्रता आउँछ । यदि दामहरू बढ्नुको अपेक्षा मालहरूको सङ्ख्या एकदमसँग खस्यो अथवा दामहरूको अपेक्षा चल्तीको बेग एकदम तीव्रताका साथ बढ्यो भने चालु माध्यमको मात्रा कम हुनसक्छ । मालहरूका दाममा कमी भयो भने पनि चालु माध्यमको मात्रास्थिर रहन्छ । दामहरूमा जति नै कमी किन नहोस्, त्यसै अनुपातमा मालहरूको सङ्ख्यामा बृद्धि भयो अथवा मुद्राको चलनको बेगमा त्यसै अनुपातमा कमी भयो भने पनि चालु माध्यमको मात्रा स्थिर रहन्छ । यदि दामहरूमा हुने कमीको तुलनामा मालहरूको सङ्ख्या तुरुन्तै बढ्छ, अथवा मुद्राको चल्तीको बेग तुरुन्तै कमी हुन्छ भने चालु माध्यमको मात्रा बढ्छ ।
सिक्का र मूल्यको प्रतिक
मुद्राले सिक्काको रुप धारणा गर्दछ । यो उसको चालु माध्यमको कामबाट उत्पन्न हुन्छ । दाम अथवा मालहरूको मुद्रा जामको रुपमा हाम्रो कल्पनामा सुनको जुन तौलको प्रतिनिधित्व गर्दछ, त्यसलाई परिचलनको क्रियामा एउटा निश्चित नामको सिक्काहरू अथवा सुनका टुक्राहरूका रुपमा मालहरूको तुलनामा खडा हुनुपर्छ । दामहरूको मापदण्ड निश्चित गरे जस्तै सिक्का बनाउनु पनि राज्यको काम हो । सुन र चाँदीले सिक्काहरूको रुपमा स्वदेशमा जुन बेग्लाबेग्लै प्रकारको राष्ट्रिय पोषाकहरू पहिरिन्छन् र जसलाई विश्वबजारमा पुग्नासाथ उतारेर फ्याँकिदिन्छन् ती मालहरूको परिचलन भित्री अथवा राष्ट्रिय क्षेत्रहरू तथा त्यसको सार्वभौम क्षेत्रको भिन्नताको सूचक हुन्छ ।
विनिमयको विकासको साथसाथ सबै मालहरूको मूल्य निर्धारित गर्न जब एउटा मालले भनौँ सुनले मुद्राको रुप लिन्छ, परिचलनका माध्यमहरू विकसित हुँदै जान्छन्, अनि चाँदी र तामाका सिक्का बन्दछन् । चाँदी र तामाका प्रतिकहरूमा धातुको वजन कानुनद्वारा तोकिएको हुन्छ । तिनीहरू चलनचल्तीको सुनको सिक्का भन्दा पनि चाँडो खिइन्छन् । त्यसकारण त्यसले जुन काम गर्दछ, त्यो त्यसको वजनबाट हुन्छ । यसकारण सबै प्रकारको मूल्यहरूबाट हमेसा स्वतन्त्र छ । सिक्काको रुपमा सुनको काम सुनको धातुगत मूल्यभन्दा पूर्णतया स्वतन्त्र हुन्छ । त्यसकारण त्यसको ठाउँमा ती चीजहरूले पनि सिक्काको काम गर्दछन्, जुन अपेक्षाकृत मूल्यरहित हुन्छन्, जस्तो कागजको नोट । यो विशुद्ध प्रतिकात्मक स्वरूप धातुका प्रतिकहरूमा केही हदसम्म लुकेर बसेको हुन्छ । तर, कागजी मुद्रामा यो विलकुल स्पष्ट हुन्छ ।
राज्यले कागजको केही सानो टुक्रा चलनमा ल्याउँछ, जसमा त्यो अलगअलग राशीहरूको नाममा छापिन्छ । जुन हदसम्म या कागजका टुक्राहरूले वास्तविक सुनको त्यति नै मात्राको स्थान लिन्छन्, त्यस हदसम्म त्यसको राशी त्यही नियमहरूको अधिन हुन्छ, जसमा स्वयं मुद्राको चलनको नियम हुन्छ । कागजी मुद्राको परिचलनबाट खास रुपमा सम्बन्ध राख्ने नियम केवल त्यस अनुपातको फल हुनसक्छ, जुन अनुपातमा त्यो कागजी मुद्राले सुनको प्रतिनिधित्व गर्दछ । यस्तो एउटा नियम छ–त्यो नियम के हो भने कागजी मुद्राको निकास सुनको (परिस्थिति अनुसार चाँदीको) त्यस मात्रामा भन्दा बढी हुनुहुँदैन, जुन त्यस अवस्थामा परिचलनमा वास्तविक रुपमा भाग लिन्छ । यदि कागजी मुद्रा आफ्नो उचित सीमाभन्दा बढी भयो भने त्यसले आम बद्नामी मात्र कमाउँछ । त्यसले सुनको केवल त्यस मात्राको प्रतिनिधित्व गर्दछ, जुन मालहरूको परिचलनको नियमानुसार यदि दुई गुना बढी निकाल्यो भने १ रु. २/४ औन्स सुनको होइन, वास्तवमा १/८ औन्स सुनको नाम हुन्छ । यसको यस्तै किसिमको प्रभाव हुन्छ, जस्तो दामहरूको मापदण्डको रुपमा सुनको कार्यमा कुनै परिवर्तन भयो भने हुन्छ । जुन मूल्यहरूलाई पहिले १ रु. को दाममा व्यक्त गरिन्थ्यो अब २ रु.को दाममा व्यक्त गरिन्छ ।
कागजी मुद्राले सुनको, अथवा मुद्राको प्रतिनिधित्व गर्ने प्रतिकको काम गर्छ । त्यसको र मालहरूको मूल्यका बीच के सम्बन्ध हुन्छ भने मालहरूको मूल्य भावनात्मक ढङ्गबाट सुनको त्यही मात्रामा व्यक्त हुन्छ, जुन कागजका यी टुक्राहरूले प्रतिकात्मक ढङ्गबाट प्रतिनिधित्व गर्दछन् । कागजी मुद्रा केवल त्यस हदसम्म मूल्यको प्रतिक हुन्छ, जुन हदसम्म त्यसले सुनको प्रतिनिधित्व गर्दछ, जसको अरु सबै मालहरूको जस्तै मूल्य हुन्छ ।
मालहरूको दामहरूको एउटा क्षणिक एवं वस्तुगत प्रतिक हुनाको कारणले त्यसले केवल आफ्नो प्रतिकको रुपमा काम गर्छ । त्यसकारण त्यसमा यो क्षमता हुन्छ, त्यसको स्थान एउटा प्रतिकले लिन्छ । तर, एउटा कुरा के आवश्यक हुन्छ भने, त्यस प्रतिकलाई वस्तुगत सामाजिक मान्यता प्राप्त हुनुपर्छ । कागजको प्रतिकले यो मान्यता यसकारण प्राप्त गरेको हुन्छ कि राज्यले बलजफ्ती त्यसको चलन अनिवार्य बनाइदिन्छ ।