सुन तस्करीमा संलग्न जोसुकैलाई नछोडिनेः गृहमन्त्री श्रेष्ठ

साउन ५ काठमाण्डौं । सुन तस्करीमा संलग्न जोसुकैलाई नछाडिने उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बताएका छन् । विमानस्थलको अनुगमनमा पुगेका नारायण काजी श्रेष्ठले पत्रकारसंग कुरा गर्दै सो कुरा बताएका हुन् । अहिले सुन काण्डमा संलग्न साना व्यक्तिहरु मात्र समातिएको भनेर आलोचना भईरहेको अवस्थामा श्रेष्ठको सो कुरा आएको हो । उनले अहिलेको घट्नामा संलग्नलाई कारबाही गर्ने र भविष्यमा यस्ता घट्ना घट्न नदिने कुरामा जोड दिए ।शुक्रबार सय किलो सुन बरामद भएको थियो । सुन बरामद पछि त्यसमा संलग्न रहेको आनशंकामा सात जनालाई पक्राउ गरिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित