१२ साउन, काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीत भएको छ ।
दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतलनिवास पुगेको विधेयक शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ ।
प्रमाणीकरण भएको विधेयकमा मिटरव्याजीहरूलाई नै फाईदा पुग्ने खालका प्रावधान रहेको भन्दै मिटरव्याज पीडितहरूले आलोचना गरिहेका छन् । मिटरव्याज पीडितहरूलाई राहत भन्दा आहत हुने भन्दै पीडितहरूले आफनो धारणाहरू राखिरहेका छन् ।
Comments