विपद् व्यवस्थापनमा चुस्त भएर लाग्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद व्यवस्थापनमा चुस्त भएर लाग्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशनलगत्तै नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका ७७ वटै जिल्ला तथा मातहतका प्रहरी युनिटलाई विपद् व्यवस्थापन, खोज तथा उद्धार लगायत कार्यमा चुस्तरुपमा लाग्न सर्कुलर पठाएको छ ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रधानमन्त्रीबाट निर्देशन आए लगत्तै मातहतका सबै युनिटहरुमा सर्कुलर जारी गरिएको बताए ।

विभिन्न जिल्लामा बाढी पहिरोले धनजनको क्षति पु¥याएको छ । लगातारको वर्षाले खोला किनार आसपासमा बसेका नागरिकहरु बाढी पसेर, पहिरो गएर डुबान भएर सास्तीमा छन् । राहत र उद्धार कार्यलाई चुस्त राख्नु पर्ने छ । देशका विभिन्न जिल्लाका नागरिकलाई वर्षाले प्रभावित बनाएको छ । काठमाडौँ उपत्यका सहितका क्षेत्रमा डुवानको समस्या पनि देखिएको थियो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक, कालीगण्डकी कोरिडोर, मध्यपहाडी राजमार्ग, कान्ति लोकथप, मदनभण्डारी मार्गलगायत धेरै राजमार्गमा सवारीसाधन आवागमन प्रभावित भएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित