मुलुकमा मौलाउँदो अपराध, दोषीलाई कार्वाहीको माग

साउन २४, काठमाडौं । मुलुकमा अपराध औँलाउदो छ । राजनीतिकर्मी, कर्मचारी, व्यापारी सबै अपराध कर्मबाट अछुतो नरहेको जस्तो भएको छ । जनता देख्दा ,देख्दै , हेर्दा हेर्दै हैरान भएका छन् । ठगी ,रकम हिनामिना, भ्रष्टाचार, अपराध ,चोरी, तस्करी बढिरहेको छ । सबैतिर बेथितिको अवस्था छ । देशमा पछिल्लो पटक देखिएको अनेक काण्ड र प्रकरण जस्ता घट्नाले देशको नै संसारमा बेईज्ज्यत हुन पुगेको छ । एक पछि अर्को गर्दै अपराधका गम्भीर घट्नाहरु आईरहेका छन् । एउटा घट्ना सेलाउन नपाउँदै अर्को घट्ना आईरहेका छन् ।
नयाँ साल शुरु नहुँदै भुटानी शरणार्थी प्रकरण आयो । भुटानी शरणार्थी प्रकरणमा देशका उपप्रधानमन्त्री देखि गृहमन्त्रीसम्म भएका व्यक्तिहरुको संलग्नताले देशको नै बेईज्जत भयो । नेपालीलाई नै भुटानी बनाउने, अमेरिका पठाउने र उनीहरुबाट लाखौं असुलीे किर्ते,ठगी, संगठित अपराध जस्तो कसुरमा सहभागी भए । यसकाण्डमा अमेरिकाले पनि अनुसन्धान गर्ने बतायो । यो घट्ना सेलाउन नपाउँदै ललिता निवास काण्ड जस्तो सरकारी जग्गा व्यक्तिको नाममा बनाउने काण्ड बाहिरियो । यो काण्डको छानविन हुँदै गर्दा फेरी सुन तस्करीको घट्ना आयो ।
साउन २ गते हङकङ्बाट लुकाएर एक सामान भनी ल्याएको तर १०० किलो सुन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार चेक भई पास भएको , बाहिर ल्याउँदै गर्दा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट नियन्त्रणमा लियो । अहिले यो काण्डले निकै चर्चा पाईरहेको छ । यसमा संलग्न केहीलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको छ । यस काण्डमा उच्च स्तरीय छानविन समितिको माग गर्दै संसदका दुवै सदन अवरुद्ध हुँदै आएको छ । अनुसन्धान प्रहरीमा पुगेको यो काण्डको अनुसन्धान राजस्व अनुसन्धानबाट केन्द्रीय अनुसन्धान व्यूरो (सी आई वी) लाई सरकारले जिम्मा दिएको छ । यो घट्नामा अहिले सम्म सामान्य व्यापारी देखि लिएर सामान्य कर्मचारी मात्र गिरफ्तार भएका छन् । यस घट्नामा संलग्न जोकोहीलाई नछोडिने प्रतिबद्धता गृहमन्त्रीबाट घट्ना लगत्तै आएको थियो । र अनुसन्धान अगाडि बढिरहेको छ । यस काण्डमा उच्च स्तरकै संलग्नता हुन सक्ने ,सामान्य व्यापारीले मात्रै यस्तो आँट गर्न नसक्ने, यसमा संगठित गिरोहको संलग्नता हुन सक्ने अन्तर्राष्ट्रिय गिरोह नै यसमा संलग्न हुन सक्ने भन्दै नागरिक स्तर ,जनस्तर तथा देशको उच्च स्तरबाट आँकलन भईरहेको छ । यो घट्ना बाहिरिनु भन्दा अगाडि पनि तस्करहरुले यसरी धेरै परिमाणको सुन तस्करी गरेको हुन सक्ने भन्दै यस विषयमा सबैतिर चासो र चिन्ता रहेको छ ।कहिँ यो काण्डमा संलग्न आफ्नै वरिपरिका त हुने होईन ? आफ्नै परे भने यसलाई त्यसै सामसुम पारिने त होईन ? भन्ने जस्ता आशंकाहरु उठिरहेका छन् । यसलाई बिना निस्कर्ष यत्तिकै सेलाउन दिने त होईन ? भन्ने भईरहेको छ ।
एक पछि अर्को काण्ड र प्रकरण आईरहँदा एउटा काण्डलाई सामसुम पार्न अर्को ल्याईएको त होइन ? भन्ने भईरहेको छ । सामान्य मान्छेले यस्ता खालका गम्भीर गल्तीहरु कसरी हुन सक्छन ? यो कुनै हालतमा सम्भव नहुने कुरा हो । अहिले सर्वोच्च अदालतबाट ललिता निवास काण्डमा पूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टराई र माधव कुमार नेपाललाई अनुसन्धानमा ल्याउन आदेश भएको छ । उनीहरु प्रधानमन्त्री भएका बेला सरकारी जग्गा ललिता निवासको व्यक्तिको नाममा लैजान नक्कली मोही कायम गर्ने र गुठी कायम गराउने निर्णय मन्त्री परिषदबाट गराएका थिए । उनीहरुको पनि संलग्नता रहेको भन्दै अनुसन्धानमा ल्याउनुपर्ने बताइएको छ । यसले किर्ते र संगठित अपराधमा प्रधानमन्त्रीको नै संलग्नता रहेको देखिन्छ । यो काण्डमा प्रधानमन्त्री, मुख्य सचिव, १४ सचिव , १८ सहसचिव सहत २०० भन्दा बढीको संलग्नता रहेको भनिएको छ । यो काण्ड सरकारी जग्गा व्यक्तिको नाममा गराउँदा लामो समय दिलाएको छ । पटकपटकका मन्त्रीस्तरीय निर्णय भएका छन् । यस काण्डमा हाल केही कर्मचारी र केही बिचौलिया मात्रै अनुसन्धानको दायरामा आएका छन् । यो आदेश पछि देशमा न्याय केही मात्रामा भए पनि छ कि ? भन्ने सर्वसाधारणमा परेको छ । मुलुकमा पदीय दायित्व र जिम्मेवारी बोकेर बसेकाहरुबाट यो तहमा अपराध हुनु , मुलुकमा साना ठूला सबैमा अपराधी र अनैतिक प्रकारको मनोविज्ञान बढ्दै जानु , मौका मिल्दासाथ जसले जे पनि गर्न पनि तयार हुने जस्ता गतिविधि मौलाई रहेको छ । यसको दोष थोरै थोरै व्यक्तिको समग्रमा यो शोषणमूलक व्यवस्था कै दोष हो । यो व्यवस्था एकलाई शोषण गरी अर्कोले शान देखाउने व्यवस्था हो । कोही साम, दाम, दण्ड, भेद जे जे प्रयोग गरेर भएपनि पहुँचमा पुग्ने र पैसा कमाउने भन्ने व्यवस्था हो । जसले धेरै पैसा कमाएको छ उसलाई निकै सम्मान दिने समाजले गर्दछ । जसले जे गरेर भ्रष्टाचार होस वा ठगी, किर्ते होस वा संगठित अपराध ,शोषण या गरिबमाथि उत्पीडन, तस्करी चाहे मानवको होस, चाहे प्राकृतिक स्रोत साधनको होस गर्ने, राज्यलाई दोहन या व्यक्तिलाई दोहन जे गरेर भएपनि पदमा पुग्ने पैसा कमाउने ध्याउन्नमा मान्छेहरु रहेका छन् । ठग्ने, लुट्ने कार्यलाई राज्यले नै प्रोत्साहन र संरक्षण गरिरहेको छ । कैयौं अवस्थामा नीतिगत निर्णयबाटै दोषी उम्काइएको हुन्छ । इमानदारले केही गर्न सक्दैनन् भन्ने मान्यता स्थापित बनाईएको छ । यस्तो अवस्थामा अहिले श्रृंखलाबद्ध रुपमा एक पछि अर्को काण्ड हरु बाहिर आउनु, प्रधानमन्त्री पद सम्हालेर मन्त्री परिषद्बाट निर्णय गरी ललिता निवासको जग्गा अनियमितता गरेको भनेर माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई पनि छानविन हुनु पर्छ भन्ने सर्वोच्चको निर्देशनात्मक आदेश आउनु, गृहमन्त्रीले दोषी पत्ता लगाउने र कारबाही गर्ने प्रतिबद्धता जनाउनु, अझै ठूला काण्डका फाईलहरु खोल्ने सार्वजनिक अभिव्यक्ति दिईरहनु ,यो निकै सकरात्मक कुरा हो यसले नेपाली जनतामा केही आशा जगाएको छ । अपराधीले उम्कन नपाउन् । अपराधीको लालचमा राज्य नपरोस् यो वा त्यो बहानामा दोषीलाई नउम्काइयोस् भन्ने जनताको कामना रहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित