पि.जे. जेम्स, महासचिव, भारतीय कम्युनिस्ट पार्टी (मा.ले) रेड स्टार
भारतीय कम्युनिष्ट पार्टी (मा.ले.) रेड स्टारले गत वर्ष सम्पन्न गरेको बाह्रौ महाधिवेशनबाट निर्वाचित महासचिव पि.जे. जेम्ससँग गरिएको प्रश्न-उत्तरको अनुवादित अंश ।
१. तपाईको पार्टीको वाह्रौँ महाधिवेशन हालै सम्पन्न भएको छ । महाधिवेशने गरेका मुख्य निर्णयहरू के के छन् बताइदिनु होस्न ।
२४–२९सेप्टेम्वर २०२३ मा सम्पन्न हाम्रो पार्टी भारतीय कम्युनिस्ट पार्टी (माले) रेड स्टारको मुख्य काम सन् २०११ मा सम्पन्न नवौ महाधिवेशन द्वारा पारित भएका दस्तावेजहरू लाई सन २०१५मा भएको दशौँ महाधिवेशन र २०१८ मा भएको एघारौँ महाधिवेशनमा सामेल गरिएका र संशोधन गरिएका विषयहरूलाई समेत अध्यावधिक गर्नु थियो । १२ अौँ महाधिवेशद्वारा अध्यावधिक गरेका दस्तावेजहरूमा अघिल्ला महाधिवेशनहरूले पारित गरेका निर्णयलाई, भारतीय जनताको जनतान्त्रिक अवस्था र दिशामा कुनै परिवर्तन गरिएको थिएन । एक्काइसौ शताब्दीको पहिलो दुई दशकमा पार्टीका कार्यक्रमहरू र क्रान्तिको कार्यदिशा सम्बन्धी धेरै विषयहरू उठ्न थालेकाले पनि दस्तावेज अध्यावधिक गर्न आवश्यक थियो । विश्वमा र हाम्रो देशमा पनि द्रतगतिमा विभिन्न परिवर्तनहरू भइरहेको सन्दर्भमा हामीले पनि क्रान्तिको दिशा के कसरी भन्ने विषयलाई दस्तावेजमा समावेश गर्नु परेकोले यो दस्तावेज अध्यावधिको गर्न जरुरी थियो ।
एक्काइशौ शताब्दीको आगमन सँगै विज्ञान र प्रविधि खासगरी artificial फिसीयल इन्टेलिजेन्समा तिव्ररुपमा भएको हो विकास र प्रयोग सङ्गै देखापर्दै गएका घटनाले कामदारहरूको शोषणहरूको रुप विश्व श्रमबजारमा नयाँ ढङ्गले अघि बढेको छ । यसरी एकातिर शोषण नयाँ रूपमा देखा पर्दैछ भने अर्कोतिर विश्व स्तरमा द्रुतगतिमा देखापरेको बसाई सराई र शरणार्थी समस्या प्रकरणले बढी मानिस सीमान्तकृत गरिबीको अवस्थामा पुग्दै छन् । विश्वव्यापीरुपमा भएको प्रकृति दोहनका कारणले अपुरणीय रूपमा पर्यावरण विनाश भइरहेको छ । यसका कारणले विश्व पुँजीबजारमा कालो धनको द्रुतगतिमा बृद्धि भई रहेको छ । र यसले असमानता, गरीबी, बेरोजगारी र पुँजीबजारमा समेत सङ्कट निम्त्याएका ेछ । अहिले फासीवाद विश्वभरि नै नया रूपमा देखापर्दै छ । साम्रज्यवादीहरूमा पनि आ–आफ्नै खालको प्रतिस्पर्धा चलिरहेको छ । साम्राज्यवादीहरूका बीचमा पनि तिव्र अन्तर विरोध देखा पर्दैछ । भारत अहिले जनसङ्ख्याको हिसावले विश्वको सबैभन्दा ठूलो मुलुक बनेको छ । भारत सबै भन्दा ठूलो र लामो समय सम्म अमानवीय रुपमा विकास भएको मनुवादी हिन्दुवाद, प्रतिकृयावादी फासीवादी संस्कार बोकेको सङ्गठनको रूपमा विकसित हुँदै गइरहेको छ । यही आडमा वहु आयामिक रूपमा फासीवादी सत्ता स्थापित भएको छ ।
अत: यी बदलिएका स्वरूपहरूलाई माक्र्सवादी लेनिनवादी दृष्टिकोण र ठोस परिस्थितिको ठोस विश्लेषण गर्न आवश्यक छ । यो कुरामा कुनै शङ्का रहन्न कि सी.पि.आई (एम.एल) रेड स्टारले शुरुदेखि नै विश्व युद्ध पछिको अवस्थालाई साम्राज्यवादको नव औपनिवेशिक रुप हो भनेर मूल्याङ्कन गरेको छ । यो मूल्याङ्कन कै आधारमा हाम्रो पार्टी, सन् १९४७ को परिवर्तन पछि भारतीय सत्ताधारीहरूले साम्राज्यवादीहरूको स्वार्थमा काम गरिरहेका छन् भन्ने कुरामा दृढ छ । अहिलेको अवस्थामा भारतले नव औपनिवेशिक रुपमा सत्ता संचालन गर्दै आएको छ । यसले कर्पोरेट पुँजीवादको नेतृत्व गरिरहेको छ । कर्पोरेट पुँजीवादीहरू भारतीय शासकका सत्ता साझेदारीका हिस्सेदारीको रुपमा काम गरिरहेका छन् । भारतीय शासकहरू साम्राज्यवादीहरूका साझेदारी हुन् । यी कर्पोरेट पुँजीपतिहरूले विभिन्न साम्राज्यवादी शक्तिहरूसँग वार्र्गेनिङ गर्ने गर्दछन् । विस्तारवादी भारतले आफूलाई दक्षिण पूर्वी एसिया ‘ठूल्दाइ’ ठान्दछ र छिमेकी देशहरूसँग हेपाहा व्यवहार गर्दछ ।
१२ अौँ महाधिवेशनले तय गरेका निर्दिष्ट कार्यक्रम र क्रान्तिको बाटो र राजनैतिक निर्णयका साथसाथै पार्र्टीका तात्कालिक कार्यहरूलाई तीन तहमा पहिचान गरेको छ :
प्रथम, पार्र्टी निर्माणमा तीव्रता दिनु, वर्गीय तथा जनआन्दोलनको विकास गर्नु र वर्ग, जाति, लिङ्ग, पर्यावरणीय मुद्दाहरू नवउदारवादी शासन सत्ता विरुद्ध भारतीय जनता पार्टी र राष्ट्रिय स्वयम सेवक सङ्घ जुन अति दक्षिणपन्थी पुँजीवादी हुन् । यो कार्य अरु क्रान्तिकारी शक्तिहरू, भातृ कम्युनिष्ट शक्तिहरू र कमसेकम नव उदारवादी पुँजीवादको विरोध गर्ने शक्तिहरूसँग सहकार्य गरि संचालन गर्ने । यो दोस्रो कार्यसँग सम्बन्धित छ ।
तेस्रो : राष्ट्रिय स्वयम सेवक सङ्घको नव फासीवादका विरुद्ध गर्ने सबै फासीवाद विरोधी शक्तिहरू र स्वतन्त्र शक्तिहरू, प्रजातन्त्रवादी शक्तिहरूसँग मिलेर फासिवाद विरोधी चुनावी सङ्घर्षमा कार्यगत एकता गरेर पनि फासिवादीहरूलाई एक्ल्याएर हराउने । शोषित पीडित मदजुर वर्गको स्वार्थको नेतृत्व गर्ने पार्टी भएकोले पार्टीको एकल तथा स्वतन्त्र भूमिका कायम राख्ने । भारतका केही कम्युनिस्ट पार्टीहरूले भारतीय समाजलाई अर्ध औपनिवेशिक र अर्ध सामन्ती भन्दछन् तर रेड स्टारको विश्लेषण के छ भने भारत नव औपनिवेशिक मुलुक हो ।
२. तपाइहरू यो निश्कर्षमा कसरी पुग्नु भयो ?
–रेड स्टारको विश्लेषण अनुसार भारतीय समाजलाई अर्ध औपनिवेशिक र अर्ध सामन्तीको श्रेणीमा छट्याउनु नै गलत छ । यो विष्लेशण ठोस वास्तविकताको आधारका छैन । प्रष्टसँग भन्नु पर्दा यो विश्लेषण साम्राज्यवादको बढ्दो औपनिवेशिक कालमा मेल खान्थ्यो । त्यतिवेला एसिया, अफ्रिका–ल्याटिन अमेरिकी मुलुकहरूलाई औपनिवेशिक वा अर्ध औपनिवेशिक मुलुक भनी छुट्याइन्थ्यो । लेनिनको भनाई अनुसार अर्ध औपनिवेशिक अवस्था परिवर्तित अवस्था थियो । यो स्थायी अवस्था थिएन । जे भए पनि उपनिवेशको विघटन र यसको स्वरूप परिवर्तनले झन हानिकारक र डरलाग्दो प्रकारको नव उपनिवेशवादको जन्म भयो र यसको नेतृत्व अमेरिकी साम्राज्यवादले गर्दैछ । यसरी औपनिवेशिक शोषणले निरन्तरता पाइरहेको छ । यसले नयाँ तरिकाले स्थानीय रुपमा शासन सत्ता संचालन गर्दै गरेको शक्तिलाईृ अरु बढी साथ सुविधा दिएर शुरु गर्यो । शक्तिहरू स्वभावैले साम्राज्यवादीहरूका अधिनस्थ रहन्थे ।
निश्चय पनि पूर्व उपनिवेशवादी शक्तिहरू अहिलेको नव औपनिवेशिक चरणमा पनि सामान्यत: साम्राज्यवादी शक्तिको रुपमा निरन्तर काम गरिरहेका छन् । दुइटा पूर्व समाजवादी मुलुकहरू, तत्कालीन सोभियत सङ्घ (अहिलेको रूस) र चीन पुँजीवादी बाटोमा पतन भइरहेका छन् । उनीहरू साम्राज्यवादी शक्तिको रुपमा रुपान्तरण भैरहेका छन् । यी दुई मध्ये चीनले विश्व साम्राज्यवादको नाइके, अमेरिकासँग विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गर्ने क्षमताको विकास गर्दैछ । अर्कोतिर अफ्रिका, एसिया र ल्याटिन अमेरिकी मुलुकहरू नव उपनिवेशवादीहरूमा परनिर्भर वा उनीहरूको अधिनमा पर्दै गएका छन् । पूर्व समाजवादी मुलुकहरू (रूस र चीन) को साम्राज्यवादी चरित्र र अरु साम्राज्यवादीहरूको चरित्र फरक छ । उस्तै छैन । केही मुलुकहरू: दक्षिण पूर्वी एसियामा भारत, ल्याटिन अमेरिकी मुलुकहरूमा ब्रजिल र अफ्रिकी महादेशमा दक्षिण अफ्रिकाले मात्रै साम्राज्यवादी शक्तिहरूसँग वार्गेन गर्ने क्षमता राख्दछन् । तर यी देशहरू पनि नव उपनिवेशवादी संस्थाहरूको निर्देशनमा संचालित छन् । यिनीहरू अमेरिकी साम्राज्यवादको साना हिस्सेदार हुन् भन्न सकिन्छ । अघि नै भनि सकियो कि अमेरिकी साम्राज्यवादको रणनीतिक पार्टनर भएका कारणले भारतीय विस्तारवादले अमेरिकाका चीन विरोधी गतिविधि संचालन गर्ने खेल मैदानको रुपमा काम गर्दैछ । जेहोस्, अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका धेरै नव उपनिवेशिक देशहरू साम्राज्यवादको अधिनस्त नै छन । उनीहरूले साम्राज्यवादीहरू सँग शक्ति बार्गेनिङ गर्ने क्षमता पनि राख्दैनन् । यिनीहरू मध्ये केही भने साइनो अमेरिकी (SINO–AMERICA) दुश्मनीमा चाइनीज साम्राज्यवादको नजिक छन् । तेस्रो प्रकारको नवऔपनिवेशिक मुलुकहरूको रुप भने अमेरिकी साम्राज्यवादी नेतृत्वको कठपुतली शक्ति निर्माण नै हो ।
नव उदारवाद अन्तरगत कृषि प्रणालीलाई कर्पोरेट प्रणालीमा बदल्ने कुरालाई तीव्रता दिइयो । यो प्रणाली अन्तरगत कृषि व्यापार कम्पनीहरू खोलेर उसको भारतीय साझेदारहरूलाई समेत समावेश गर्ने काम गरिरहेको छ । यो क्षेत्रमा उनीहरूको मूख्य ध्यान जमिनलाई बहुराष्ट्रिय कम्पनी अन्तर्गत कृषि व्यापार कम्पनीहरूमा बदल्नु छ । यसरी किसानको ठूूलो तप्का गाउँबाट बसाई सर्न बाध्य पारिएको छ । यी किसानहरू शहरमा गएर झुपड पट्टीमा बस्न र मजदुरी गरेर ज्यान पाल्न बाध्य हुँदै गएका छन् । । भारतको इतिहासमा नै किसानहरूको ठूलो सङ्ख्या आन्तरिक बसाइसराई गर्न बाध्य भएको छ । यस्तो अवस्स्थामा भारतीय कम्युनिष्ट पार्टीहरू जसले भारतलाई अर्ध सामन्तवादी देश भन्छन्, यथार्थ धरातलबाट बाहिर छन् । भारतको अवस्थालाई हेर्दा चीनको जस्तो दीर्घकालीन सशस्त्र युद्धको नारा ठोस वास्तविकता भन्दा बाहिर देखिन्छ । त्यसैले अन्तर्राष्ट्रिय एवं भारतको अवस्थालाई नियाल्दा भारतलाई अर्धऔपनिवेशिक र अर्ध सामन्ती भन्ने नाराले फेल खाइसकेको छ । यो नारा यान्त्रिक सावित भएको छ । भारतलाई नवऔपनिवेशिक मुलुक भनेर हाम्रो पार्टी रेड स्टारले गरेको निर्णय लेनिनको “ठोस परिस्थितिको ठोस विश्लेषण” गर्नुपर्छ भन्ने भनाइको आधारमा छ ।
३. तपाईको पार्टी रेड स्टारको आम नीति, कार्यनीति र रणनीति के के छन् ?
–हाम्रो पार्टी रेड स्टारको बाह्रौँ महाधिवेशनले निर्णय गरेका मुख्य रणनीति र कार्यनीतिलाई हामीले तीन भागमा बाँडेका छौँ : कार्यक्रम, क्रान्तिको बाटो (दिशा) र राजनीतिक निर्णय हो । यसको मुख्य उद्देश्य भनेको संसदीय वा गैर संसदीय सङ्घर्ष गरेर देशको राजनीतिक शक्ति कब्जा गरी जनताको जनतान्त्रिक शक्ति स्थापना गर्ने नै हो । हाम्रो यो नीति अन्तर्राष्ट्रिय र भारतीय अवस्थाको ठोस विश्लेषणको आधारमा निर्णय गरिएको हो । जहाँसम्म भारतको कुरा छ, ठूला–ठूला कर्पोरट बुर्जुवाहरू, कर्मचारीतन्त्र र साम्राज्यवादीहरूसँगको सहकार्यमा स्थापित कर्पोरेट कृषि व्यापारी घरानियाँहरू भारतीय जनताका मुख्य दुश्मन हुन् । आज नव उदारवादी व्यापार सङ्गठन अन्तर्गत भारतीय राष्ट्रिय बुुर्जुवा र धनी किसान समेत बहुराष्ट्रिय कम्पनीद्वारा संचालित घरानियाँ व्यापारीहरू र कृषि व्यापारीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । त्यसैले उनीहरू पनि बहुराष्ट्रिय कम्पनीद्वारा संचालित ठूला व्यापारीहरूका विरुद्धमा छन् । उनीहरूले पनि सन् २०२०–२१ मा संचालित किसान आन्दोलनलाई समर्थन गरेका थिए । अहिले भारतीय जनसङ्ख्याको ठूलो तप्का श्रमिक वर्गमा पर्दछ । तिनीहरू मध्ये किसान, जातीय शोषणमा परेका दलित र साना समुदायका मान्छेहरू पर्दछन् । यो सन्दर्भमा श्रमिक वर्ग, भूमिहीन किसानहरू र सबै खाले शोषित पीडितहरूले साम्राज्यवाद र भारतीय शोषकको विरुद्ध संचालन गरेको आन्दोलनको विकास सँगै राष्ट्रिय चरित्र भएका बुर्जुवा पनि यो आन्दोलनमा समावेश हुन सक्छन् । वर्तमान सन्दर्भमा साम्राज्यवादी गठबन्धनसँग मिलेका धनाढ्य कर्मचारीतान्त्रिक बुर्जुवा जमिन्दार शासक वर्ग र भारतीय जनताको ठूलो हिस्सा बीचको अन्तर्विरोध नै मुुख्य अन्तर्विरोध हो । यो मुख्य अन्तविरोधको समाधानको लागि अरु शत्रुतापूर्ण अन्तर विरोधहरूको समाधान गरिनु पर्दछ । पुँजी र श्रमबीचको अन्तविरोध, पुँजी र प्रकृतिबीचको अन्तविरोध, बहुराष्ट्रिय कम्पनीको आडमा संरक्षित जमिन्दार वर्ग र आम गरिब किसान बीचको अन्तर्विरोध, गरिब श्रमिक जनता र शासकबीचको अन्तर्विरोधको समाधान गर्न आवश्यक हुन्छ । माथि उल्लेखित रणनैतिक कार्यका साथसाथै श्रमिक वर्गको अन्तरनीहित स्वार्थ र शोषित पीडित वर्गको स्वार्थसँग सम्बन्धित अन्तर्विरोध र नवफासिवादी भारतीय सत्ताको चरित्र र अवस्थालाई ध्यानमा राखेर मात्रै हल गर्नु सकिन्छ भन्ने कुरा हाम्रो पार्टीको १२ अौँ महाधिवेशनले निर्णय गरेको छ । यसका लागि फासिवाद विरोधी सबै शक्तिहरूसँग मञ्च बनाएर काम गर्ने तर नेतृत्व हाम्रो पार्टीले गर्ने भन्ने निर्णय भएको छ । यसका लागि सबै कम्युनिस्ट शक्तिहरू र जनतान्त्रिक शक्तिहरूसँग मिलेर यी अन्तर्विरोधहरूको हल गर्न सकिन्छ भन्ने निर्णय भएको छ । संक्षिप्तमा, माथि उल्लेखित विवरण नै हाम्रा रणनीतिक र कार्यनीतिक कार्यहरू हुन् ।
४. अहिले रेड स्टारले हिन्दु फाँसिवादी विरोधी अभियान संचालन गरिरहेको छ । यो अभियान कसरी संचालन हुँदैछ ?
–राष्ट्रिय स्वयं सेवक सङ्घ संसारको सबैभन्दा ठूलो र लामो समयसम्म संचालमा रहेको हिन्दु फासीवादी सङ्गठन हो । भारतको सत्ताधारी पार्टी, भारतीय जनता पार्टी राष्ट्रिय स्वयं सेवक सङ्घको राजनैतिक हतियार हो । राष्ट्रिय स्वयं सेवक सङ्घले आफूलार्ई सांस्कृतिक संस्था भनेर दावी गरेपनि यसले सयौँ गोप्य र खुला सङ्गठनहरूलार्ई नियन्ण गर्दछ । यी आफु संलग्न भएको संस्थाहरूको माध्यमबाट यसले यी संस्थाहरूमा आफ्नो जाल फैलाईरहेको छ र यसले राज्य शक्ति र सडक शक्तिहरूबीच आफ्नो नियन्त्रण जमाइरहेको छ । भारतको साना तथा ठूला संयन्त्रहरूमा हैकम जमाइरहेको छ । यो फौजी र निजामति प्रशासनमा समेत पसेको छ र यिनीहलाई समेत नियन्त्रणगर्ने गरेको छ । त्यस्तै यो न्याय, शिक्षा, संस्कृति र सबै क्षेत्रमा प्रवेश गरिसकेको छ । भारतीय नीति निर्माणमा समेत यसको हात छ । चरम दक्षिणपन्थी फासिवादी सङ्गठनको रुपमा यसको स्वार्थ अडानी र अम्बानी जस्ता भारतका सबभन्दा भ्रष्ट कर्पोरेट पुँजीवादीहरूमा एकीकृत भैसकेको छ । साम्राज्यवादी वित्तीय पुँजीमा एकीकृत भैसकेको राष्ट्रिय स्वयं सेवक सङ्घको दलको मुख्य उद्देश्य भनेको भारतमा हिन्दु राष्ट्रवाद स्थापना गर्नु हो । यसले प्रतिक्रियावादी कर्पोट वर्गको सेवा गर्दछ ।
राष्ट्रिय स्वय सेवक सङ्घको विश्वास महिला र अछुतहरूलाई अर्ध मानव भन्ने मनुवाद र यसको पवित्र ग्रन्थ मनुस्मृतिमा आधारित छ । यसको विचारधारात्मक विकास र विश्वास पनि यही मनुस्मृति ग्रन्थ नै हो । सन् १९४९ मा भारतीय संविधानसभाले वर्तमान संविधान तयार गर्ने बेलामा यो सङ्घले भारतीय संविधानको रुपमा मनुस्मृतिलाई स्वीकार्नु पर्छ भनेर पेश गरेको थियो तर त्यो बेला सफल हुन सकेन । अहिले फेरि २०२५ मा यसले आप्mनो सतवार्षिकी मनाउने बेलामा फेरि अहिलेको संविधानको सट्टा मनुस्मृतिलाई भारतीय संविधान भन्नु पर्छ भनेर बहुलाउने गरी कराइरहेको छ । यही शिराबाट ३३ वर्षसम्म राष्ट्रिय स्वयं सेवक सङ्घको मूख्य नेता भै काम गरेका गोल्वाकरले सन् १९३० को दशकमा, जुन बेला भारत बेलायती साम्राज्यवादको अधिनमा थियो, यिनले मुस्लिमहरूलाइ भारतको ठूलो दुश्मनको रुपमा पहिचान गरेका थिए । तर उनले बेलायती उपनिवेशवादका विरुद्ध एक शब्द पनि बोलेका थिएनन् । मोदी सत्ताले पनि मुस्लिमहरूलाई नागरिकता दिन इन्कार गर्दै आएको छ । यसले आज अपराधीकरण र आतङ्क अल्पसङ्ख्यक दलित र महिला माथि लाद्दै आएको छ ।
यस्तो डरलाग्दो अवस्थामा १२ अौँ महाधिवेशनले तय गरेको राजनीतिक समाधानको तात्कालिक कार्य भनेको राष्ट्रिय स्वयं सेवक सङ्घको नव फाँसिवादी व्यवहारका विरुद्ध सङ्घर्ष गर्न र उसलाई हराउनु हो । वर्तमान प्रतिक्रियावादी राज्य सत्ताले लादेको आतङ्कवादी तानाशाही फासिवादका विरुद्ध हाम्रो पार्टीले फासिवाद विरोधी आन्दोलनको आह्वान गरेको छ । यो ब्राहम्णवादी आतताइ फाँसिवादीलाई एक्ल्याउने यसका लागि फासिवाद विरोधी सबै तह र तप्कालाई गोलबन्द गर्दै वर्तमान सत्ता साझेदार गैरफासिवादी पार्टीहरूसँग पनि सहकार्य गर्ने र उनीहरूबीचको अन्तविरोधलाई पनि उपयोग गर्ने । यसो गर्दा कम्युनिस्ट क्रान्तिकारीहरू आप्mनो वर्ग पक्षधरको नीहित स्वार्थको रक्षा गर्दै आफ्नो स्वतन्त्र अवस्था कायम गर्ने । श्रमिक वर्ग र शोषित पीडित वर्गको स्वार्थ रक्षाको लागि सधै ध्यान दिने । यो उद्देश्य प्राप्तिका लागि उस्तै विचार भएका वाम जनतान्त्रिक शक्तिहरूसँग पहुँच पुर्याई उनीहरूलाई नवउदारवादी कर्पोरेट पँुजीवाद तथा प्रतिक्रियावादी विचारधाराका विरुद्ध उभिन आह्वान गर्ने र आन्दोलित गराउने । संक्षेपमा हाम्रो पार्टीले प्रभावकारी रुपमा सबै बाटो प्रयोग गरी हिन्दुवादी फासिवादका विरुद्ध आक्रमक रुपमा, भौतिक एवं विचारधारात्मक रुपले सबैलार्ई आन्दोलित बनाउन प्रयत्न गरिरहेको छ ।
५. तपाईको पार्टीले पश्चिम बङ्गालमा भङ्गार आन्दोलन चलाएको थियो, त्यो आन्दोलनको बारेमा तपाईहरूको अनुभव के छ ?
–अवश्य, भङ्गारको विद्युतीय पावर ग्रीड र हाइ भोल्टेज प्रशारण लाइन विरुद्ध आन्दोलनको नेतृत्व त्यहाँको ‘जमिन खानेकुरा र वातावरण संरक्षण समिति’ ले गरेको थियो । त्यो आन्दोलन हाम्रो पार्टी रेड स्टारको निर्देशन र प्रशिक्षणमा भएको थियो । त्यो आन्दोलन सन् २०१६ नोभेम्बर देखि २०१८ सेप्टेम्बरसम्म झण्डै दुइ वर्ष चलेको थियो । त्यो आन्दोलनमा जनताले उठाएका धेरै मागहरू पूरा भएका थिए । त्यो आन्दोलनमा तीन जना कार्यकर्ताले शहादत प्राप्त गरेका थिए भने धेरै घाइते भएका थिए । धेरै घर, पसल र मस्जिदहरू ध्वस्त पारिएको थियो । राज्य सत्ताले उवापा (ग्ब्एब्) लागु गरेको थियो । धेरैले गिरफ्तारी खानु परेको थियो । पार्टीको धेरै नेता कार्यकर्ता महिनौँसम्म जेल बस्नु परेको थियो ।
पुलिसको बर्बर दमन र जनताका भयानक दु:खका बाबजुद पनि ममता सरकार घुँडा टेकेर अन्तमा समन्वय गर्न टेवलमा बस्न बाध्य भएको थियो । भङ्गार समितिसँग सम्झौता गर्न बाध्य भएको थियो । शुरुमा परिकल्पना गरिएको परियोजना आखिर केही हदसम्म परिवर्तनगर्न परेको थियो । त्यो योजनाले जनताम पार्न सक्ने सम्भावित जीविकोपार्जन, विस्थापन, कृषि र पशुपंक्षीलाइ पुराउन सक्ने सम्भावित खतरालाई घटाउन परेको थियो । भङ्गार आन्दोलनले शोषित पीडित जनतालाई जनताका आन्दोलनमा सरिक हुन मात्र प्रेरित गरेन बरु यसले कर्पोरेट पुँजीले जनता र प्रकृतिमाथि गरेको लुटको विरुद्ध आफ्नो अधिकार जमिन, बासस्थान र घरेलु अधिकारको पनि रक्षा गर्न बल पुर्यायो । यो आन्दोलन त भारतभरि नै नमुना राजनैतिक विकल्पको रुपमा देखा परेको थियो । यसले सबै प्रकारका आन्दोलन र जनताको शक्ति प्राप्त गर्ने क्षमता स्थानीय स्तरमा पनि सम्भव छ भन्ने सन्देश समेत दियो । तर कर्पोरेट पुँजीवादीहरूलाई आफ्नो कर्पोरेट कर्मचारीतान्त्रिक नीति जनता विरुद्ध लाद्न सजिलो छैन भन्ने पाठ पनि सिकायो ।
६. कृपया भारतमा भएका किसान आन्दोलन, मजदुर आन्दोलन र जाति प्रथाको विरुद्धको आन्दोलनको बारेमा बताइदिनुहुन्छ कि ?
–समग्रमा भारतीय मजदुर र किसान आन्दोलनहरूमा विचारधारात्मक, राजनैतिक र सङ्गठनात्मक कमी कमजोरीहरू प्रतिविम्वित हुन्छन् । वामपन्थीहरूमा यस्ता कमजोरी देखिने गरेका छन् । ठूला ठूला मजदुर सङ्गठनहरूमा पनि यस्ता कमजोरी देखिन्छन । लेनिनले स्पष्ट रुपमा भन्नु भएको छ कि कम्युिनस्ट पार्टी निर्माण गर्नु श्रमिकहरूको उच्च सङ्गठन निर्माण गर्नु र शोषित पीडितहरूलाई समावेश गर्नु ज्यादै कठिन कुरा हो । उदाहरणको लागि ६० करोड भन्दा बढी भारतीय श्रमिक वर्ग मध्ये जम्मा ३–४ प्रतिशत मात्र सङ्गठित क्षेत्रमा पर्दछन् । श्रमिकहरूको ठूलो सङ्ख्या अनौपचारिक असङ्गठित क्षेत्रहरू र श्रम अधिकारबाट वञ्चित छन् । र सामान्य मानवअधिकारका आधारभूत कुराहरू पनि गर्न सक्दैनन् । ४५ करोड भन्दा बढी भारतीय मजदुरहरू आप्रवासी मजदुर हुन्छन् । उनीहरू मध्ये केही आफ्नै राज्यका फरक ठाउँका हुन्छन् भने केही चाहिं अर्को राज्यबाट आएका हुन्छन । जेभए पनि उनीहरूमध्ये मुख्य धारमा समाहित मजदुर सङ्गठनहरू सामाजिक प्रजातन्त्रवादी सङ्गठनहरू, सीपीआइ र सीपीआई (एम) मा सङ्गठित छन । उनीहरू श्रम शक्तिकै रुपमा मात्र सङ्गठित छन् । तिनीहरू चरम शोषणमा परेका ठूलो सङ्ख्याका श्रमिकहरूलाई सङ्गठित गर्ने चाहना नै हुँदैन र उनीहरूले प्रयत्न पनि गर्दैनन् । उनीहरू आफू सङ्गठित मात्रै हुनछन । दास जस्तै भएर काम गरिरहेका ठूलो सङ्ख्याका श्रमिकप्रति उनीहरूको खासै चासो हुँदैन ।
यो सन्दर्भमा हाम्रो पार्टी रेड स्टारले टे«ड युनियन सेन्टर अफ इन्डिया निर्माण गर्न राजनैतिक पहल गर्ने लडाई गरिरहेको छ । यो लडाई भनेको उत्तर आधुनिककाल देखि शुरुगरेका मजदुर सङ्गठनको तथा कथित राजनीतिक असंलग्नता हुनुपर्ने भन्ने धारणा छ । हाम्रो कार्य यसरी बहुसङ्ख्यक मेहनतकश असङ्गठित कामदारहरूको युनियनलाई सम्बन्धन् दिलाउनु हो । भारत एउट बहुराष्ट्रिय,बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक समेत भएकाले सम्पूूर्ण श्रमिक वर्गलाई हाम्रो पार्टीको भातृ सङ्गठन (टियुसीआई) मा आबद्ध गर्ने काम त्यति सजिलो छैन ।
आज किसानहरूको प्रश्नको सन्दर्भमा कुरा गर्दा विश्व युद्ध पछि नव औपनिवेशिक रुपमा बदलिएको साम्राज्यवादी कुचक्रको संजालले तीव्र रुपमा प्रवेश गराएको वित्तिय पुँजीले भारतको कृषि क्षेत्रका केही सामन्तवादी अवशेषको रुपमा रहेका साना पकेट क्षेत्र बाहेकका सबैमा नराम्ररी प्रभाव पारेको छ । यसमा यूरोप केन्द्रित स्वार्थ र प्रवृत्ति हावी छ । भारतको कृषि क्षेत्रमा विदेशीको लगानी भित्राइएकै कारणले धेरै रैथाने कृषकहरू जग्गाविहिन वा घरवारविहिन बनेका छन् । परिणाम स्वरूप भारतीय कृषि प्रणालीको मुख्य अन्तर्विरोध भारतीय र विदेशी समेतका कर्पोरेट कृषि व्यापारीहरू र ठूलो सङ्ख्याका भारतीय किसानहरू बीच रहेको छ । सन् २०२०–२०२१ को भारतीय किसानहरूको ऐतिहासिक आन्दोलन मोदी सत्ताले विश्व श्रम सङ्गठनको कडा र जनविरोधी घोषणाको आडमा लादेको किसान विरोधी तीवटा कृषि कानुनका विरुद्ध थियो ।
ठूलो पैमानाको कर्पोरेट पुँजीको कृषि क्षेत्रमा घुुसपैठ र कृषि व्यापारका ठूलदाइहरूको निर्वाध प्रवेशले “जमीन जोत्नेको” भन्ने महत्त्वपूर्ण जनतान्त्रिक नारामाथि प्रश्न उब्जिएको छ । यतिबेला दशौँ मिलियन भारतीय किसानहरू उनिहरूको पुर्खेउली ग्रामिण क्षेत्रको कृृृषि क्षेत्रबाट विस्थापित भै शहरका झुपडपट्टीमा आप्रवासी भएका छन् । र अनौपचारिक र असङ्गठित ज्याला मजदुरको पद पाएका छन् । यो अवस्था भारतले गाउँलाई संसारकै ठूलो आप्रवासनमा बदलेका कारणले हो । भारतमा किसानलार्ई कृषि क्षेत्रबाट विस्थापित गर्ने कार्यको प्रक्रियाको लामो इतिहास छ । यो प्रक्रिया पँुजीवादको कल्याणकारी युग “पहिलो हरित क्रान्ति” बाट शुरु हुन्छ र नव उदारवादी कर्पोरेट पुँजीको प्रवेश पछि “दोस्रो हरित क्रान्ति” ले भारतीय कृषि क्षेत्रको अवस्थालाई झन जटिल बनाएको छ ।
हाम्रो पार्टी रेड स्टारको “कार्यक्रम र क्रान्तिको बाटो” को आधारमा हाम्रै नेतृत्वमा अखिल भारत क्रान्तिकारी किसान सभाले यी कृषि सम्बन्धी वहु आयामिक कामहरू सञ्चालन गर्दै आएको छ ।
हाम्रो पार्टी रेड स्टारको रणनीतिक काम अन्तर्गत भारतीय समाजमा गाँजिएको जाति प्रथाको उन्मुलन पनि हो । भारतीय कम्युनिष्ट आन्दोलनले किन यतिका वर्षसम्म पनि भारतमा झड्का खाइरहेको छ भन्ने सन्दर्भमा हाम्रो पार्टी रेड स्टारले आत्मा आलोचनात्मक विश्लेषण गरेको छ । यसको मुख्य कारणको रुपमा भारतमा मनुवादमा आधारित अमानवीय ब्राहृमणवादी जाती व्यवस्था नै हो । मनुस्मृतिले महिला तथा दलितलाई अर्ध मानव ठान्दछ । यहि मनुवादी विचारधाराको आधारमा राष्ट्रिय स्वयं सेवक सङ्घले फासीवाद लादिरहेको छ । यान्त्रिक दृष्टिकोणले जात व्यवस्थालाई ‘अधि रचना’ मानिएको छ । यो मान्यतालाई संशोधनवादी तथा साम्प्रदायिक दलहरूले समेत अवलम्बन गर्दछन् ।
यो आदर्श भारतको सामन्तवादसँग गहिरोगरी गाँसिएको छ । यसले आधार र अधिसंरचना दुवैका विपरीत कुनै पनि उत्पादन पद्धतिमा प्रवेश पनि गर्दछ । भनिन्छ यी मनुवादीहरू सफलतापूर्वक अमेरिकाको सिलिकन भ्याली कर्पोरेट पुँजी र प्रविधि भित्र पनि आप्रवासित रुपमा अवतार लिएका छन् ।
जस्तो ती सीपीआई एमएल रेडस्टारले वर्ग र जातिलाई छुटाउन नसकिने मान्यता राख्दछ । यिनीहरू भारतमा अभिन्न र आपसमा जेलिएका छन् । भारतको सन्दर्भमा युरोप केन्द्रित जातबाट सम्बन्ध विच्छेद भन्ने वर्ग विश्लेषण असान्दर्भिक र यान्त्रिक छ । संसारको दक्षिण एसियाली क्षेत्र खासगरी भारतीय उपमहाद्वीपमा जातिवादले सम्पत्तिको अपनत्वमा र उत्पादनका साधनमा निर्णायक भूमिका खेल्दछ । यस्तै श्रम विभाजन र अतिरिक्त मूल्य निष्काशनमा पनि यिनीहरूको अहम् भूमिका छ । उदाहरणको लागि ऐतिहासिकरुपमै धेरै व्यवसायहरूमा माथिल्ला सम्भ्रान्त वर्गको एकाधिकार छ । जबकि सार्वजनिक ठाउँहरूमा निर्वाध रुपले प्रवेश गर्न पाउने बुर्जुवा संविधानले समेत प्रदान गरेको आधारभुत प्रजातान्त्रिक हक र अधिकारहरू समेतबाट माथिल्लो वर्गमा जात भनिएकाहरूबाट बन्चित गराइएका अर्थ मानव वा अछुत भनिएका व्यक्तिहरू भने नोकरको रुपमा तल्लो स्तरका सरसफाई सम्बन्धी श्रम गर्न बाध्य पारिएका छन् । उनीहरूलाई सार्वजनिक धारा शौचालयको प्रयोग गर्न समेत बञ्चित गरिएको छ । छोटकरीमा भन्नुपर्दा प्रजातन्त्रलाई पनि जाति प्रथाको उन्मुलन गर्नु अपरिहार्य छ । त्यसैले हाम्रो पाटी रेड स्टारको समेत प्रजातान्त्रिक शक्तिहरू सङ्ग हातेमालो गर्दै “जात उन्मुलन आन्दोलन”मा पहल गर्ने र नेतृत्व गर्ने काम रणनीतिक काम भित्र पर्दछ ।
७. तपाईहरूको पार्टीले केन्द्रीय समितिका सदस्यहरूमा जातीय उपनाम त्यागेको छ । किन ?
–माथि नै भनि सकियो नि उपल्लो जातको परिचय भनेको भारतमा सामाजिक पुँजी हो । यसको मतलव हुन्छ तल्लो जातको परिचय भनेको बदनामी र सामाजिक अपमानको कारण हुनसक्छ । यसको अर्थ हुन्छ उनीहरूका आधारभूत आवश्यकता पनि अस्वीकार गरिन्छ । त्यसैले उपल्लो जात भनेको तिनीहरूको उपनामले चिनिने हो । र उनीहरूका प्रमाणपत्र वा वा कागजातहरूमा पनि फरक नपारिकन उल्लेख गरिएको हुन्छ । यान्त्रिक माक्र्सवादीहरू, संशोधनवादी देखि साम्प्रदायिक सम्मकाले यस विषयलाई असान्दर्भिक मान्दछन् । जब कम्युनिस्ट पार्टीले शक्ति जफत गरेर आफ्नो हातमा लिन्दछन् जातको प्रश्न स्वत: समाधान हुुन्छ । अनि व्यवस्था उन्मुलन गर्ने अभियान संचालन गर्नु कुनै आवश्यकता नै पर्दैन ।
डा. अम्बेडकर जस्ता भूतपूर्व कम्युनिस्ट नेताहरूको यो यान्त्रिक विचार थियो कि उनीहरूले उपल्लो जातका मान्छेहरूलाई ‘बाहुन केटाहरू’ भन्दथे । समष्टीमा भन्नुपर्दा भारतमा कम्युनिस्ट पार्टीहरूमा समेत श्रमिक वर्ग र शोषित पीडित वर्गको ठूलो तप्का अझै पनि जातीय भाइरसबाट सुरक्षित बन्न सकेका छैनन । स्पष्ट रुपमा भन्नु पर्दा हाम्रो पार्टीको १२ अौँ महाधिवेशनले एउटै आवाजमा केन्द्रीय सदस्यहरूले आफ्नो नामको पछाडि जोडिएको उपनाम त्याग्ने निर्णय गरेको थियो । केही अल्पमतमा केही कमरेडहरू महाधिवेशन हलबाट बाहिरिएका थिए । उनीहरू मध्येका एक जनाले वाहिर गैसके पछि पनि यो निर्णयको विरोधमा लेखेर दिएका थिए । हाम्रो यो निर्णयले वामपन्थीहरूका बीचमा भारतभरि बहस छेडेको थियो ।
८. भारतमा कति प्रकारका कम्युनिस्टहरू छन् ? तपाईहरूले उनीहरूलार्ई कसरी वर्गीकरण गर्नु भएको छ ?
–भारतीय कम्युनिस्ट आन्दोलनको ठूलो तप्का दक्षिणपन्थी अवसरवादमा फसेको छ । यिनीहरूमा भारतीय कम्युुनिस्ट पार्टी र भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) पर्दछन् । यिनीहरू सत्ता साझेदारको रुपमा सत्ता शक्तिमा बसिरहन चाहन्छन् । यो वर्गमा अहिले उग्र वामपन्थी साम्प्रदायिकहरू पनि पर्दछन् । यिनीहरू भने भारतीय कम्युनिस्ट पार्टी (माओवादी) पर्दछन् । अर्कोतिर भारतीय कम्युिनस्ट पार्टीको स्थापना १९२० मा टास्केन्टमा भएको थियो । यो १९६४ सम्म अविभाजित रह्यो । यो पार्टीमा जब संशोधनवाद विरुद्धको विचारधारात्मक लडाई शुरु भयो अनि विभाजन भयो र भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) को जन्म भयो । फेरि केही समय पछि भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) मा समेत फेरि विभाजन भयो । यो बेला फेरि पार्टीमा देखा परेको नव संशोधनवादको विरुद्ध सीपीआइ (माक्र्सवादी) मा सम्झौताहीन सङ्घर्ष गर्नु परेको थियो । यहींबाट ऐतिहासिक नक्सलवारीको उदय भयो र यसले सन् १९६९ मा भाकपा (माक्र्सवादी लेनिनवादी) को स्थापना गर्यो । यसले माक्र्सवाद, लेनिनवाद तथा माओविचारधारालार्ई आफ्नो मार्गदर्शक सिद्धान्तका रुपमा अङ्गीकार गर्यो ।
जेहोेस्, भाकपा मालेले सन् १९७० मा भएको महाधिवेशनबाट निर्णय भएको नीति विश्व युद्ध पछि विश्व साम्राज्यवाद नव उपनिवेशवादमा परिणत भएको वस्तुगत कुुरा भारतको ठोस अवस्थाको मूल्याङ्कन तथा विश्लेषण गर्न असफल भयो । खासगरी पार्टीभित्र देखा परेको उग्रवामपन्थी र साम्प्रदायिक विचारले प्रभाव जमाउन थाल्यो । यो विचारले चाइनीज कम्युनिस्ट पार्टीमा पनि प्रभुत्व जमाएको थियो । यसले भारतमा गलत चीजको अवलम्बन गर्ने अवस्था सिर्जना भयो । यो स्थिति ठ्याक्कै क्रान्तिपूर्वको चाइनीज कम्युनिस्ट पार्टीमा देखा परेको कट्टरपन्थी विचार जस्तै अर्ध औपनिवेशिक, अर्धसामन्ती र दीघकालीन जनयुद्ध भन्ने नीतिसँग ठ्याक्कै मेल खान्थ्यो । यो चीनको नक्कल गरिएको विचाराधारात्मक कमजोर नीतिका कारणले पार्टीमा ठूलो क्षति भयो । राज्यले व्यापक दमन गर्यो । यसले जनताको जनतान्त्रिक क्रान्तिमा ठूलो हानी नोक्सानी मात्र पुराएन वरु पार्टीलाई विभिन्न समूहमा विभक्त गर्यो र भिन्न भिन्न मार्गदर्शनबाट निर्देशित हुन थाले । यसबाट भाकपा (माले) मा अपुरणीय क्षति भयो ।
त्यसपछि क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्न धेरै प्रयत्नहरू भए । यो सन्दर्भमा हाम्रो पार्टी, भाकपा माले रेड स्टारले क्रान्तिकारीहरू पुनर्गठन गर्न धेरै नै प्रयत्न गर्दै आएको छ । सन् १९७० का दशकमा भएको का. माओको निधनपछि पुनर्गठन समिति नै बनाएर अभियान संचालन गर्दै आएको छ । चीनका पुँजीवाद पन्थीहरूले माओको निधन पछि केन्द्रीय सत्ता कब्जा गरेर चीनलाई पुँजीवादी बाटोमा परिणत गरी २१ अौँ शताब्दीमा अमेरिकी साम्राज्यवादसँग प्रतिस्पर्धा गर्न सक्ने साम्राज्यवादी शक्तिमा रुपान्तरण गरिसकेको छ । आज हाम्रो पार्टीको महत्त्वपूर्ण कार्य विभिन्न पार्टीहरूमा संलग्न क्रान्तिकारी कम्युनिस्टहरूलार्ई गोलबन्द गरी बृहत क्रान्तिकारी पार्टी निर्माण गर्ने अभिभारा हाम्रो पार्टीको काँधमा आएको छ । यो कार्यको लागि गहन रुपले विचारधारा, राजनीति एवं सङ्गठनात्मक पहल एवं अभियान संचालन गर्नुपर्ने आवश्यकता छ ।
९. तपाईले वर्तमान अन्तर्राष्ट्रिय राजनीतिलार्ई कसरी विश्लेषण गर्नुभएको छ ?
–दोस्रो विश्व पछि औपनिवेशिक लुट र विश्व पुँजी विस्तारको कार्यले नव उपनिवेशवादको रुपमा आफ्ना बाटो बदल्यो । अमेरिकी साम्राज्यवादद्वारा नेतृत्व गरिएको साम्राज्यवाद नव उपनिवेशवादी चरणमा, राजनैतिक,आर्थिक र सामरिक व्यवस्थापनको पुरासेट बेरोकटोक संसारभरि पुँजी विस्तार गर्न यो कार्यलाई मजबुद बनाउन लाग्यो । नव उदारवाद र नव फाँसिवादको यो समयमा सोभियत सङ्घको पतन र चीनको साम्राज्यवादी शक्ति, श्रमिकवर्ग माथिको तीव्र शोषण, विश्वभरिका मान्छेको शोषण, प्रकृति माथिको लुटका कारणले डरलाग्दो अवस्था सिर्जना गरेको छ । आज नव उदारवादी साम्राज्यवाद भित्रका मुख्य अन्तर विरोधहरू निम्नानुसार छन् :–
–साम्राज्यवाद र विश्वका सोषित जनता र राष्ट्र बीचको अन्तर्विरोध ।
–पुँजी र श्रम बीचको अन्तर्विरोध ।
–पूजि र प्रकृति बीचको अन्तर विरोध ।
–साम्राज्यवादी पद्धति र समाजवादी शक्तिहरू बीचको अन्तर्विरोध ।
–साम्राज्यवादी मुलुकहरू र एकाधिकारवादी समूह बीचको अन्तर्विरोध ।
यिनीहरू मध्ये साम्राज्यवाद र विश्वका शोषित पीडित जनताहरू र राष्ट्रहरूका बीचको अन्तर्विरोध नै अन्तर्राष्ट्रिय स्तरको मुख्य अन्तर्विरोध हो ।
यो सन्दर्भमा एसिया महादेशमा चीन साम्राज्यवादी शक्तिको रुपमा उदय भएपछि यसको अन्तर्विरोध अमेरिकी साम्राज्यवादसँग एसिया प्रशान्त क्षेत्रमा भू–राजनैतिक विवादको (क्षेत्र)को रुपमा बदलिएको छ । चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ कार्यक्रम (द्यच्क्ष्)अन्तर्गत ल्याटिन अमेरिका लगायतका मुलुकहरूलार्ई प्रभाव पार्ने गरी १ खरव अमेरिकी डलरको पुँजी निस्कासन गर्ने कार्यक्रम तय गरेको छ । यस्तै गरी अन्य क्षेत्रहरू जस्तै (च्ऋभ्ए, द्यच्क्ष्क्, क्ऋइ) इत्यादिमा पनि चीनले नेतृत्वदायी भूकिा खेलिरहेको छ । युक्रेन युद्धमा युद्ध त अमेरिकी नेतृत्वको (ल्ब्त्इ) र रूस बीचको हो । युक्रेन केवल प्रतिनिधि मात्र हो ।
जे होस् चीनलाई नियन्त्रण गर्ने उद्देश्यले अमेरिकी साम्राज्यवादले आउकस (बगपगक) आणविक सम्झौतालाई निरन्तरता दिने, ताइवानमा हस्तक्षेप गर्ने र एसियास्तरको नेटो गठन गर्ने परिल्पना गरिरहेको छ । अवश्य पनि आफ्नो एसिया प्रशान्त क्षत्रको कार्यसूची अन्तरगत अमेरिकी साम्राज्यवादले भारतलाई चीन विरोधी अभियान संचालन गर्ने ठाउँ र रणनैतिक कान्छो साझेदारको रुपमा प्रयोग गरिरहेको छ । अवश्य पनि, २१ अौँ शताब्दीले अप्रत्याशित रुपमा प्रगति हुँदै गरेको आर्टी फिसियल इटेलिजेन्स (ब्क्ष्) लगायतका असीमित प्रविधिको साक्षी बस्दै आएको छ । यी विकासले साम्राज्यवादी कर्पोरेट पुँजीलाई विश्व उत्पादन प्रक्रियामा लाद्न सजिलो बनाएको छ । यसले अन्तर्राष्ट्रिय श्रम विभाजनबाट आजसम्मकै सबै भन्दा ठूलो मुनाफा निकाल्न सफल बनाएको छ । श्रमको उत्पादकत्व बढेर, श्रमको चरम शोषण गरेर यो सम्भव भएको हो । परिणामस्वरूप एकातिर अपरिचित तहमा सम्पत्ति केन्द्रिकृत भएर केही नयाँ अरवपति उदाएका छन् भने अर्कोतिर यसले सर्वाधिक असमानता, गरिबी, वातावरणीय सङ्कट, मानिसहरूको विस्थापन, शरणार्थी सङ्कट, शोषित पीडित वर्गहरूलाई अझ बढी सीमान्तकृत बनाएको छ । सबै भन्दा बढी त यसले विश्वलाई वेरोजगार थुपार्ने थलोको रुपमा परिणत गरेको छ ।
यति हुँदाहुुँदै पनि सन् २००८ को साम्राज्यवादीहरूको सङ्कटले कर्पोरेट वित्तिय पुँजीलाई राजनैतिक अधिसंरचनामा परिवर्तन ल्याउन प्रयोग गर्नुपर्ने आवश्यकता ठहर्यायो । विभिन्न देशमा उदाएको नव फाँसिवादले यो पुँजीलाई श्रमिकवर्ग, किसान, महिला, जनवादी, जातिवादी, अल्पसङ्ख्यक, धार्मिक समूह, शरणार्थी, आप्रवासी र सबै खाले शोषित वर्गका विरुद्ध लक्षित गरिएको थियो । वामपन्थीहरूमा आएको राजनैतिक विचारधारात्मक झड्कावबाट फाइदा उठाउँदै कर्पोरेट पुँजीवादले आफूलाई प्रतिक्रियावादी विचारधाराको रुपमा एकीकृत गर्यो । उदाहरणको लागि इभान्जेलीवाद अमेरिकी मुलुकहरूमा, जियोवाद इजरायलमा, जातिवाद युरोपमा, नव आदिवासीवाद अफ्रिकी मुलुकहरूमा, राजनैतिक इस्लामवाद पश्चिम एसियामा, बुद्धवाद म्यानमार र श्रीलङ्कामा र हिन्दुत्ववाद भारतमा शुरु गरेर यिनीहरूले प्रतिक्रियावादी तानाशाहहरूलार्ई श्रमिक वर्ग र शोषित पीडित वर्गका विरुद्ध सम्बलित बनाउने काम गरिरहेका छन् ।
१०. तपाईको पार्टी भाकपा माले रेड स्टार आइकोरको सदस्य पनि हो । आइकोरले के गर्दैछ ? आइकोरमा तपाईहरूको भूमिका कस्तो छ ?
–हो, हाम्रो पार्टी आइकोरको संस्थापक सदस्य हो । र आइकोरको स्थापनाकाल देखि नै सहायक मुख्य संयोजकको भूमिकामा काम गर्दै आइरहेको छ । आइकोरको सक्रिय सदस्यको भूमिकामा रहेर काम गर्ने र यसको अभियानको नेतृत्व गर्ने सदस्यको रुपमा कामगर्दा हाम्रो पार्टी विधारात्मक तथा सैद्धान्तिक बहसहरूमा संलग्न हुने गर्दछ । आइकोरमा आवद्ध सदस्यहरूमा माक्र्सवादी लेनिनवादी शक्तिहरूमा अहिले साम्राज्यवाद, राज्यको चरित्रको मूल्याङ्कन, एसिया अफ्रिकी, ल्याटिन अमेरिकी मुलुक नवउपनिवेशवादमा निर्भर भएको कुरामा आधारभूत रुपमा नै समझदारी बनेको छ । अहिले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तुलनात्मक रुपमा कमजोर भएको र साम्राज्यवाद इतिहासमै सबभन्दा बढी आक्रामक भएको छ । यो अवस्थामा अहिलेको आवश्यकता भनेको अन्तर्राष्ट्रिय रुपमा नंै संयोजन गरेर सबै कम्युनिष्ट पार्टीहरूलाई साम्राज्यवाद र नवफाँसिवाद विरुद्ध उभिन सक्ने बनाउनु छ ।
११. मोदी सरकारको छिमेकी मुलुकसँगको विदेश नीतिलार्ई कसरी विश्लेषण गर्नु भएको छ ?
–सारमा, भारतले साम्राज्यवादी कर्पोरेट कर्मचारी– तान्त्रिक बुर्जुवा जमिन्दार वर्गको स्वार्थमा काम गरिरहेको छ । अफ्रिका–एसियाली, ल्याटिन अमेरिकी मुलुकहरूको तुलनामा भारतले विभिन्न साम्राज्यवादी शक्तिहरूसँग सौदावाजी गर्ने क्षमता राख्दछ । यो कुरा भारतका अरबपतिहरूलाई बहुराष्ट्रिय कम्पनीहरूको सह–साझेदारको रुपमा लिइएको छ । वर्तमानमा भारतले साम्राज्यवादको सानो हिस्सेदारको रुपमा काम गर्दछ र भारतले तय गरेका नीति निर्णयहरू सबै विश्व नवउपनिवेशवादी नवउदारवादी संस्थाहरूको कठोर निर्णयहरू नै हुन् ।
जेहोस्, समग्रमा भारत अमेरिकी साम्राज्यवादको चङ्गुलभित्र निर्भर भए पनि भारतले दक्षिण पूर्वी एशियामा आफ्नो विस्तारवादी योजना (डिजाइन) प्रदर्शन गरिरहेको छ । छिमेकीहरूलार्ई ठूल्दाइको रवैया देखाइरहन्छ । भाकपा माले रेडस्टारको १२ अौँ महाधिवेशनले निम्न मागहरू अघि सारेको छ :–
समानता र शान्तिपूर्ण सह अस्तित्त्वको आधारमा आफ्ना छिमेकी राष्ट्रहरूसँग सबै क्षेत्रमा सुमधुर सम्बन्ध स्थापित गर्ने । सीमा सम्बन्धी विवादहरूलाई वार्ताद्वारा हल गर्ने । तर यो कुरा शङ्का छैन कि नवफाँसिवादी मोदी सत्ताले छिमेकी देशहरूसँग ठूल्दाइको रवैया देखाइरहेको छ । र उनीहरूसँग शत्रुतापूर्ण व्यवहार गर्दछ । सबै छिमेकी शोषित पीडित राष्ट्रहरूसँग यस्तै दुश्मनीपूर्ण व्यवहार गरिरहेको छ । विश्वस्तरको कुरा गर्ने हो भने राष्ट्रिय स्वयंसेवक सङ्घको शक्तिले नाजिवादी इभान्जेलिसवादी शत्तिहरूसँग मिलेर भारतीय इस्लामवादीहरूलाई तर्र्साइरहेको छ । छोटकरीमा भन्नु पर्दा मोदी सरकारले अमेरिकी साम्राज्यवादको रणनैतिक सानो साझेदारको रुपमा काम गरिरहेको छ । अमेरिकाले भारतलाइ एसिया प्रशान्त क्षेत्रको भू–राजनैतिक डिजाइन अन्तर्गत उसको खेल मैदानको रुपमा साम्राज्यवादी चीन विरुद्ध खेलाइरहेको छ ।
१२. तपाईको पार्टीका आगामी कार्यक्रमहरू के के छन् ?
–संक्षेपमा भन्नु पर्दा हाम्रो पार्टीको १२ अौँ महाधिवेशनले निर्णय गरेको तात्कालिक राजनैतिक निर्णय के हो भने तात्कालीन कामको रुपमा राष्ट्रिय स्वयं सेवक सङ्घको गतिविधि विरुद्ध आक्रामक हुने र यसको फासिवादी नीतिलाई हराउने । यसो गर्नको लागि पार्टीको स्वतन्त्र भूमिकालाई कायम गर्दै श्रमिक वर्गको रणनैतिक स्वार्थ र सबै शोषित पीडितको स्वार्थ कायम गर्न पहल गर्ने । यसो गर्नका लागि फासिवाद विरोधी सबै शक्तिहरूसँग कार्यगत एकता गर्नको लागि खुला रुपले सबैलाई आह्वान गर्ने निर्णय भएको छ । यसरी यी शक्तिहरूसँग कार्यगत एकता गरेर भारतीय जनता पार्टीलाई आगामी चुनावमा हराउने निर्णय भएको छ । कोमिन्टर्नले भने अनुसार “फासिवाद अति प्रतिक्रियावादी तत्त्वहरूको वित्तिय पुँजीको आतङ्कवादी तानाशाह हो” यो भनार्ई आज पनि सत्य छ । त्यसैले रेडस्टारले मनुवादी हिन्दुवाद, जुन भारतीय जाति व्यवस्थाको विचार धारात्मक आधार हो, राष्ट्रिय स्वयं सेवक सङ्घको राजनैतिक हतियारका आडमा मोदी सत्ताले भारतमा फासिवाद लाद्दै छ । यसको विरुद्ध हाम्रो पार्टीले देशव्यापीरुपमा अभियान संचालन गरिरहेको छ । हामी यो जीवन मरणको लडाईमा भारतीय जनताको जित पक्का छ भन्नेमा दुक्क छौँ ।
धन्यवाद ।