अशोक शर्मा ••
द्वन्द्वात्मक भौतिकवादको औचपत्यमाथि प्रश्न गर्दै कमरेड विप्लवले मुलत: तीनवटा यसका आधार प्रस्तुत गर्नुभएको छ, प्रथम: द्वन्द्वात्मक भौतिकवाद अपुरो भइसक्यो, द्वितीय: द्वन्द्वात्मक भैतिकवादका कुनै पनि नियम काम लाग्दैनन र तृतीय यसलाई समाजले अस्वीकार गरिसक्यो ।
कमरेड विप्लवले द्वन्द्वात्मक भौतिकवाद अपुरो हुनुका पछाडि यसका नियमहरू काम नलाग्ने भए भन्ने निष्कर्षमा पुगेर बताउनुभएको हो भन्ने बुझ्न सकिन्छ । यी नियमहरू काम नलाग्नुको कारण यीनलाई समाजले अस्वीकार गरेको हो भन्ने उहाँको बुझाई रहेको पाइन्छ । तर यसको अवको विकल्प के हो ? भन्ने प्रश्नमा कमरेड विप्लव आजका मितिसम्म आफै अनुत्तरित हुनुहुन्छ ।
यहाँ बुझ्नुपर्ने कुरा के छ भने द्वन्द्वात्मक भौतिकवाद अपुरो छ भन्नू र यसका नियमहरू काम लाग्दैनन भन्नू नितान्त फरक कुरा हो । माक्र्सपुर्वका दार्शनिकहरूले द्वन्द्ववाद र भौतिकवादको फरकफरक धारणा प्रस्तुत गर्दै आएका थिए । जसको कारण द्वन्द्ववादसँग उनीहरूले आदर्शवाद जोडेर भौतिकवादलाई अलग्याएका थिए भने भौतिकवादसँग अतिभुतवाद जोडेर द्वन्द्ववादलाई अलग्याउँदै आएका थिए । माक्र्सले दार्शनिक रुपमा भौतिकवादभित्रको अतिभुतवाद र द्वन्द्ववादभित्रको आदर्शवाद झिकेर द्वन्द्ववाद र भौतिकवादलाई एकठाउमा जोडर द्वन्द्वात्मक भौतिकवाद दर्शनको प्रतिपादित गर्नु भएको थियो ।
मार्क्सले द्वन्द्ववादका तीन नियम सार्वभौम भएको कारण यी खाली पदार्थमा मात्र नभएर चेतनामा समेत लागुहुने भएको हुनाले मानव समाजलाई यससँग जोडेर लगेन भने वा मानव समाजका विश्वव्यापि परिघटनाहरूलाई द्वन्द्वात्मक भौतिकवादी नियम अनुसार हेर्न सकिएन भने मानव समाजप्रतिको वस्तुगत धारणा बन्दैन भन्ने निष्कर्षमा पुगेर इतिहासको द्वन्द्वात्मक भौतिकवादी व्याख्या गर्नुभयो र नयाँ सार्वभौम विज्ञानको प्रयोगको रुपमा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको प्रतिपादन गर्नुभयो । जस अनुसार उहाँले इतिहासको वस्तुगत व्याख्या विश्लेषण गर्दै मानव समाजको आजसम्मको इतिहास वर्गसङ्घर्षको इतिहास हो भन्ने तथ्यलाई स्थापित गर्नुभयो । जस अनुसार मानव समाजमा परस्पर विरोधी दुइठूला वर्गविचको अन्तर्विरोधको परिणामस्वरूप मात्र मानव समाजको विकास संभव हुने धारणा राख्नु भयो र अन्तर्विरोधको विकास प्रक्रिया एकता सङ्घर्ष रुपान्तरण हुने तथ्य पेश गर्नुभयो । उदाहरणको लागि पुजीवादी समाजमा पुजिपति वर्गले उद्योग खोल्छ र उसको मजदुरहरूसङ्ग एकता हुन्छ ।
मजदुर र पुजीपतिवर्गको एकतावाट पूँजिको विकास शुरु हुन्छ त्यो एकता पुजिपति वर्गले नाफा र नाफाको निरन्तरता (अतिरिक्त मूल्य) को लागि मजदुरको श्रम शोषण गर्न थालेपछि संवत्: विघटन भएर सङ्घर्षको चरण सुरु हुन्छ । सङ्घर्ष मात्रात्मक चरण वाट गुणात्मक चरणमा विकास हुँदै जादा नयाँ उदीयमान वहुसङ्ख्यक मजदुर वर्गले जीत हासिल गर्छ र परिस्थिति नयाँ ठाउँमा पुग्छ, जस्लाई (निषेधको निषेध) वा रुपान्तरणको चरण भनिन्छ । एकता सङ्घर्ष हुदै रुपान्तरणको चरणमा प्रवेश गर्ने स्थितिलाई लेनिनले फड्को र माओले छलाङ भन्नू हुन्छ । यहाँ विपरीत हरूको एकत्व, मात्रा वाट गुणमा फड्को तथा निषेधको निषेध सबै नियमको प्रयोग अनिवार्य प्रक्रियाको रुपमा भइरहेको हुन्छ ।
यो स्वभाविक र अनिवार्य प्रक्रियालाई कमरेड विप्लवले भनेजस्तो समाजले कहाँ कसरी अस्वीकार गर्न सम्भव हुन्छ ? समाजमा वर्ग हुनजेल वर्गसङ्घर्ष चल्ने नियमित प्रक्रिया र सामाजिक आवश्यकताको वस्तुगत पक्षलाई समाजले कसरी अस्वीकार गर्न सक्छ ? यो अविव्यक्ति कमरेड विप्लवको या त ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाको ज्ञान सिद्धान्तमाथिको अल्पज्ञान हो वा हावादारी गफाष्टक प्रवृत्ति हो !! । जे भए पनि समाजको अन्तर्विरोधको नियमहरूलाई अस्वीकार गर्ने घोषणा गर्नु उहाँको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादमाथिको हमला हो र मालेमावादि विज्ञानवाट आएको विचलन वा पतन नै हो भन्न कुनै अप्ठ्यारो मान्नु पर्ने देखिदैन ।
ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको अपुर्णतालाई प्रतिस्पर्धात्मक तथा स्वछन्द पुजिवादि युगमा मार्क्सवादले पुर्णता दिने काम गर्यो । जसको परिणामस्वरूप प्रतिस्पर्धात्मक तथा स्च्छन्द पुँजीवादी युगको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको रुपमा मार्क्सवादको विकास हुनपुग्यो । जब प्रतिस्पर्धात्मक पुजिवाद एकाधिकार पुजिवाद हुँदै साम्राज्यवादमा वदलियो त्यसपछि वदलिएको परिस्थितिमा पैदा भएको परिस्थितिभित्र नयाँ ढङ्गको अन्तर्विरोधको विकासभयो र साम्राज्यवाद र सर्वहारा अन्तर्विरोधको जगमा समाज विकासको दर्शन, सिद्धान्त विचारधाराको विकास अगाडि आउने सन्दर्भमा लेनिनवाद–माओवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको विज्ञान (मार्क्सवाद) को रुपमा देखा पर्दा मार्क्सवाद– लेनिनवा–माओवादको विकास भयो । निश्चितरूपमा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको अपुर्णतालाई मार्क्सवाद– लेनिनवाद–माओवादले नियमित रुपमा ठोष परिस्थितिको ठोष विश्लेषणका आधारमा समयानुकूल विकास गरेको छ र यो विकास प्रक्रिया नियमितरूपमा अगाडि बढिरन्छ ।
तर यसको विकासको नियमित प्रक्रिया द्वन्द्वात्मक भौतिकवादका नीयमहरू अनुसारमात्र संभव भएका हुन र हुन्छन । तर यहाँ सोचनिय कुरा के छ भने कमरेड विप्लव द्वन्द्ववादका सार्वभौम नियमहरू विपरीतहरूविचको एकता र सङ्घर्ष (एकको दुइमा विभाजन), मात्रा वाट गुणमा रुपान्तरण र निषेधको निषेध लाई अस्वीकार गर्न पुग्नुहुन्छ । दर्शनमा भौतिकवाद भनेको पदार्थ हो भने द्वन्द्ववाद भनेको गति हो र मार्क्सवाद– लेनिनवाद–माओवाद भनेको इतिहास हो । अर्थात मालेमावाद भनेको द्वन्द्वात्मक भौतिकवादको इतिहास सम्बन्धी वस्तुगत व्याख्या विश्लेषण र संश्लेषण हो । पदार्थको विकास गतिको नियमका आधारमा हुन्छ र मानव समाज पनि यहि प्रक्रियाको अंश हो भन्ने मान्यतालाई खण्डन गर्ने मान्छे माक्र्सवादी, लेनिनवादी हुन सक्दैनन । चराचर जगत वा विश्व ब्राहृमण पदार्थ वाहेक अरु केही होइन र यसको विकास द्वन्द्ववादको नीयम (गति, वा अन्तर्विरोध) का आधारमा हुन्छ । र यो मात्रावाट गुणमा रुपान्तरण हुँदै नयाँ ठाउँमा विकास हुन्छ भन्ने विज्ञानले प्रमाणित गरेको सार्वभौमिक तथ्यलाई त्यसको अब काम छैन भन्नू कमरेड विप्लवको बैचारिक टाट पल्टाई र राजनीतिक महापतन बाहेक अरु के हुन सक्छ ? विज्ञानका स्वयंसिद्ध तथ्यलाई अस्वीकार गर्नु आदर्शवादको कित्तामा उभिनु हो भन्ने एङ्गेल्सको भनाइलाई हृदयाङ्गम गर्दा कमरेड विप्लवको राजनीतिक पक्षधरता सम्वन्धि वास्तविक तस्विरको प्रतिविम्ब छर्लË हुदैन र ? मालेमावादी तथा सच्चा कम्युनिस्ट क्रान्तिकारीहरू कसैको नीजि विचारको भरिया हुन सक्दैनन् आलोचनात्मक चेत सहित विषयहरूमाथि निष्पक्ष र तथ्यसङ्गत धारणा प्रस्तुत गर्छन र गर्नुपर्छ । हामीलाई आजसम्म मालेमावादले सिकाएको द्वन्द्वात्मक भौतिकवादी ज्ञन पनि यहि हो ।