अपत्य शर्मा ••
नेपालमा पुँजीवादी शिक्षितदेखि सामन्तवादी शिक्षित पनि सुक्ष्म रुपले थोरै रहेका छन् । हिन्दु धर्म दर्शनमा वर्णाश्रम व्यवस्था राजालाई इश्वरीय रुप प्रदान गर्नु, सामन्तवादी धर्म, अर्थ तथा नीति नियमलाई अकाट्य मान्नु आदि हुन् । नेपालमा राजतन्त्रवादी हिन्दु राष्ट्रका पक्षधर शक्ति पुन: पूर्व महाराजाधिराजको शासन सत्ता ल्याउने जमर्को गर्दै छन् । तर आम जनताले लत्याएको राजतन्त्रलाई पुन: स्थापित गर्ने स्वप्न शायदै स्थापित होला । हुनत नेपाल का ठूला राजनैतिक सत्ता संचालक नेताहरू भारतीय विस्तारवादीका कठपुतली हुन भन्ने कटुसत्य कसैबाट लुकेको छैन । भारतीय हिन्दु अन्धराष्ट्रवादी विस्तारवादी भाजपा नेपाललाई हिन्दु राष्ट्र घोषित गराउने पक्षमा लागिपरेको संचार माध्यममा आईरहेका छन् ।
नेपालका साम्राज्यवादी तथा विस्तारवादी मुलुकहरूमा उच्च शिक्षा लिन जाने ठूला ठालु वर्गका सन्तानहरूले अरबौँ रुपिया विदेश लैजाँदै छन् । विद्यालयहरूदेखि विश्व विद्यालयहरूमा पनि साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरूको शिक्षा विद् हरूले शैक्षिक पाठ्यपुस्तकहरू सिफारिस गर्छन । उनीहरूकै निर्देशन र परामर्श अनुसार सिफरिस गरिएका साहित्य, दर्शन, समाजशास्त्र, राजनीति शास्त्र, अर्थशास्त्र इतिहास र न्याय शास्त्र आदिका पाठ्यपुस्तक पढाईन्छ । शैक्षिक परामर्श दिए वापत मोटो रकम आफ्नै देश लैजान्छन् ।
जुन रकम उनीहरूकै मुलुकहरूले आर्थिक सहायताको नाममा दिएका हुन्छन् । यी नरभक्षी साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरूले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनतामाथि आ–आफ्ना उपनिवेश बनाएर क्रुरतापूर्वक शोषण, उत्पीडन, दमन र अपमानित गरेर शताब्दीऔँसम्म शोषण चलाए । यसकारण ती साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकका शासकहरू आफुलाई सर्वश्रेष्ठ सम्झन्छन् र गरीब बनाईएका आˆना पूर्व उपनिवेशका जनतालाई मानसिक रुपले दास पराश्रित, व्यक्तिवादी शैक्षिक ज्ञान दिँदै आएका छन् । ज्ञान विज्ञानलाई गलत व्याख्या विश्लेषण गरेर काला पहेंलाहरूलाई मन्द बुद्धि भएका भन्न सम्म पछि परेका छैनन् । समाजशास्त्र समाज विज्ञानको नाममा वर्ग सङ्घर्षलाई ओझेलमा पार्न धर्म, जातीय शोषण र दमनलाई उजागर गराएर जातीय द्वन्द्व गराउने शिक्षा दिएर मारकाट गरिरहेका छन् ।
यी आफूहरूलाई सर्वश्रेष्ठ, सभ्य, समानतावादी, लोकतन्त्रवादी तथा मानव अधिकारवादी भन्ने अमेरिका, तथा युरोपेली मुलुकहरूमा जहाँतही एसियाली अफ्रिकाली तथा ल्याटिनी आप्रवासी देखि आˆनै देशका नागरिक बनेका अफ्रिकी अमेरिकी, सिनो अमेरिकी, इण्डो अमेरिकी तथा हिस्पानिकहरूमाथि दोस्रो, तेस्रो दर्जाको नागरिक भनेर अपमानित गरिन्छ । मजदुरीमा पनि ज्यादै असमान ज्याला दिईन्छ । हालै २७ जुन २०२३ मा नेहहाल मेरजोक आप्रवासी १७ वर्षीय फ्रेन्च युवालाई पुलिसले गोली हानेर हत्या गर्यो । नेहाल एम मोरोक्को र अल्जेरियन वंशका थिए । त्यसका विरुद्ध ठूला ठूला प्रर्दशनहरू भइरहेका छन्, आगजनी र तोडफोड भइरहेका छन् । ठूलो संख्यामा पुलिश तैनाथ गरेर सयौँलाई गिरफ्तार गरेको यो प्रर्दशन फ्रान्समा २० वर्षकोअवधिमा भएको सबैभन्दा ठूलो भनिन्छ । लोकतन्त्रको ठेकेदार सम्झने अमेरिकी तथा युरोपेली मुलुकहरूमा कहीपनि समानता छैन । जहाँतही जात, क्षेत्र, वर्ण र लिङ्गिय विभेद र अपमान व्याप्त छ ।
साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरूमा मठ्ठीभर ठूला अर्बपति खर्बपतिको शासन सत्ता भएकाले उनीहरूको तावेदारहरूले खर्वपतिहरूको आर्थिक, राजनैतिक, सामाजिक तथा साँस्कृतिक स्वार्थ अनुकूल ऐन, कानुन, नीति, नियमहरू बनाउँछन् । संयुक्तराज्य अमेरिकामा हातहतियार उत्पादनहरूको स्वार्थ विपरित सरकार जान सक्दैन । यसकारण अमेरिकी साम्राज्यवादीका लागि युद्ध अनिवार्य हुन्छ । यसकारण धेरै युद्ध, गृहयुद्ध, जातीय,युद्ध गराईरहेछन् । युक्रेन युद्ध भियतनाम युद्ध भन्दा पनि बढी नाफामूलक भएकाले युद्ध लम्ब्याईरहेछ । अमेरिकी राष्ट्रपति बाईडेनको उनीहरू मानव अधिकारवादी तथा मित्र राष्ट्रहरूले क्लष्टर वम युक्रेनलाई दिने निर्णयको विरोध गरिरहेका छन् । २० माईल टाढाबाट हान्दापनि १५५ मिलि मिटरका सयौँ ट्ुक्रा ले धेरैलाई मारेर घाईते बनाउँदछ । बमहरू हृयान्ड ग्रिनेट, अन्य सान खाले बमहरूको ठूलो परिमाणमा प्रयोगले युक्रेनमा नपड्केका ग्रिनेडहरू बमहरू दसकौँ सम्म रहिरहन्छ र अनेकौँ वयस्क तथा बालकहरूको लागि मृत्युको कारण बनिरहनेछन् ।
साम्राज्यवादीका लागि मानव जीवन तुच्छ कीरा फट्याङग्रा बराबर हो । मानवका पीडा र आह उनीहरूका लागि मनोरञ्जन हुन्छ । साम्राज्यवादी विकसित पूँजीवादी तथा विस्तारवादीहरूले आफ्ना विश्वविद्यालयहरूमा छात्रवृति दिएर विभिन्न विषयहरूमा विद्यावारिधि गराँउदछन् । यसरी एसियाली, अफ्रिकाली, तथा ल्याटीनी विद्यार्थीहरूलाई शिक्षा दिनुको स्वार्थ भनेको ती मूलुकहरूप्रति वफादार तावेदार तथा दास मनोविज्ञानले लैश गर्नु हो । छात्रवृति दाता मुलुकहरू छात्रवृतिमा पढ्ने विद्यार्थीहरूका प्रत्येक कोशिकामा पूँजीवादी दासत्वलाई भर्न र पुँजीवादी व्यवस्था भनेको समाज व्यवस्थाको अनिवार्य सुन्दर शास्वत व्यवस्था हो भन्ने दृढ विश्वास मन मष्तिस्कमा भर्न सफल भइरहेछन् । यसकारण युरोप अमेरिका तथा भारतमा विद्यावारिधि र उच्च शिक्षा लिएका विद्वानहरूले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका विरद्ध विद्रोह वाा अभिव्यक्ति दिएका शायदै छन् ।
विश्वको सबै भन्दा धनी, समृद्ध सुखी र पृथ्वी को स्वर्ग सम्झने एसिया, अफ्रिका र ल्याटिनी जनता विशेष गरेर आ–आˆनो देशमा भोकमरी, बेरोजगारी, तानाशाही सरकारको दमन बाट बच्न र आˆनो देशको भन्दा बढी रोजगारी सुख सुविधा लिन र विश्वका धनाढ्यहरू पनि अमेरिकामा आप्रवासी हुन आँउदछन् । अर्को शब्दमा भन्दा धनाढ्यका लागि स्वर्ग भएपनि अन्य गरिब मुलुकका विपन्न आप्रवासीका लागि अमेरिका सबैभन्दा असुरक्षित, जातीय, लिङ्गिय, क्षेत्रीय अन्यायपूर्ण, असमानतापूर्ण पृथ्वीको नरक हो, जहाँका शासक राक्षसी छन् । रूसी लेखक गोर्कीले अमेरिकी शहरका गगनचुम्बी भवनहरूलाई राक्षसका दाह्रासË तुलना गर्नुभएको थियो ।
घरबार बिहीन बेरोजगार तथा स्वास्थ्य,सामाजिक बिमा नगर्नेहरूका लागि तड्पी तड्पी भोकै मर्नु पर्दछ भने त्यो देश स्वर्ग हो या नर्क बच्चा बुढा वा युवा जोकोही पनि अमेरिकामा सुरक्षित छैन । को कति खेर मारिन्छ या लुटिईन्छ अनिश्चत छ । न्यूयोर्क टाईम्स (जुन २३, २०२३) का अनुसार २०२०मा २०१९ को भन्दा ६६ प्रतिशत बढी अर्थात २२ मिलियन बन्दुक बिक्री भयो । त्यसमध्ये आठ मिलियन त कहिल्यै बन्दुक नचलाएका सिकारु थिए भनेर नेश्नल सुटिङस्मार्ट फाउण्डेसनले जनाएको छ । २०२०मा बन्दुके हत्या २०१९ मा १४३९२ भएकोमा १९३५० पुग्यो त्यस्तै आत्महत्या गर्नेहरू २०१९ मा ३९७०२ भएकोमा २०२० मा ४५२२२ पुग्यो ।
आत्महत्या गर्नेको संख्या बढेर २०२१ मा ४८८३० पुग्यो । बन्दुक खरिद गर्नुको उद्देश्य आत्मरक्षा हो भनिन्छ र बन्दुक किन्नेहरूमा आधा महिला, २० प्रतिशत काला र २० प्रतिशत हिस्पानिकहरू थिए । यसले के प्रष्ट हुन्छ भने अमेरिकीहरूको जीवन कति असुरक्षित रहेछ भन्ने प्रष्ट हुन्छ । साम्राज्यवादी तथा विकसित पूँजीवादी मुलुकहरूले शताब्दीऔँ देखि शिक्षामा व्यक्तिवादी स्वार्थलाई सर्वोत्कृष्ट राख्दै वर्ग सङ्घर्षलाई ओझेलमा पार्न जातीवादलाई प्राथमिकता दिने शिक्षाको प्रसार प्रचारमा जोड दिए । विश्वमा आदिवासी जनजातीको नाममा शोसित पीडित भएको भनेर जातीय घृणा फैलाएर मारकाट गराएर मुलुकहरूमा आ–आफ्ना आर्थिक राजनैतिक स्वार्थ पूरा गरेर गर्दै छन् ।
रुवाण्डामा भएको हुटुु र तुत्सीका बीचमा भएको बलत्कार र नरसंहार हाल जातीय युद्ध भएका मुलुकहरूमा इराक, अफ्गानिस्तान, पाकिस्तान, यमन, फिलिपिन्स, सुडान तथा दक्षिण अफ्रिका आदि मुलुक छन् नेपालमा पनि तथाकथित माओवादीहरूले जातीय पहिचान र जातीय शोषण उत्पीडनको विष वृक्ष रोपेका हुन भने नेपालका समाजवशास्त्री गुरुङ, विष्ट र डा. कृष्ण भट्टचन जस्ता सामाजशास्त्रीहरूले त चुच्चे नाक काट्नु पर्ने सम्मका अभिव्यक्ति दिएको कसैबाट छिपेको छैन । नेपालमा दिईने शिक्षामा जर्ज अर्वेल, गान्धी, कामु र सात्र त पढाईन्छ तर भियतनाम युद्धमा भियतकङलाई अमेरिकी साम्राज्यवादीद्वारा नाङ्गै बासको टुसामा सबैभन्दा छिटो बढ्ने वनस्पति हो । सुताएर यातना दिएर मारेको, भियतकङको नामी जनतालाई पोल्ने र अधमरा बनाउने न्यापाम देखि रोगव्याधी फैलाउने बम आदि को अत्याचार बारे कुनैपनि चर्चा कुनै पनि पाठ्य सामाग्रीमा समावेश किन गरिँदैनन् ?
नेपालका शैक्षिक पाठ्पुस्तकहरूमा देशप्रेम, नैतिकता, आफ्नो भाषा प्रतिको प्रेम, स्वाभिमान, आदि राखिएका छैनन् । हामे भाषा भेष प्राण भन्दा प्यारो नारा घन्काउनेहरू अंग्रेजी बोल, सपना देख अंग्रेजी मै खाउ भन्नेहरूमा विदेशी भाषा संस्कृति आदिको प्रेम, मोह र दास मनोग्रन्थी को विकास भएकोले नेपालीमा बोल्नु पाखे हुने भएको छ । शिक्षकहरूले नेपालीमा बोल्ने विद्यार्थी पिटेका छन् । यसकारण नेपालका धनाढ्य देखि सम्पन्न मध्यम वर्गका विद्यार्थीहरू बाह्र पास भएपछि अमेरिका, युरोप, अस्टेलियातिर पढ्न जाने र उतै बसोबास गर्ने आम प्रवृति बनेको छ ।
२०२३ अप्रिलमा नेपाली विद्यार्थीहरूले विदेश पढ्न जानका लागि नेपाल सरकारसर नो अबजेक्सन (एनओसी) लेटर लिएका छन् मार्च ३, २०२३ मा युनेस्को ले दिएको जानकारी अनुसार २०१७ मा ४४२५५ थियो र त्यो बढेर दोब्बर भन्दा बढि ९५५६ पुगेको छ । नेपाल राष्ट्र बैÍका अनुसार देशबाहिर पढ्न जाने विद्यार्थीहरूले ११ महिना (२०२२ –२३ ) मा ७५ अरब रुपियाँ खर्च गरे । यसले केप्रष्ट हुन्छ भने साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरूले दिने शिक्षा मै पुँजीवादी दासता, अपमान, चरम शोषण र उत्पीडन लाई स्वाभाविक मानेर सन्तुष्ट दास बनाईरहेछन् ।