साउन २६, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध गरेपछि स्थगित भएको छ ।
प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए । सांसद साहले होहल्लाको बीचमा पनि सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन समिति गठन माग गरेका थिए ।
सांसद साह बोल्दाबोल्दै सत्तापक्षका सांसद उठेपछि सभामुख घिमिरेले केही नसुनिएको भन्दै सांसद साहलाई बस्न आग्रह गरेका थिए । सभामुखले नियमको पालना गर्न र सबैलाई सिटमा बस्न आग्रह गर्दै सबैले पालैपालो समय पाउने विषयमा ध्यानाकर्षण गराएका थिए ।
प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तर नाराबाजी र विरोधका कारण सदन चल्न नसकेको पछि सभामुख घिमिरले बैठक स्थगित भएको जानकारी गराएको थिए ।
प्रतिनिधिसभाको अर्को यही २०८० साउन २९ गते सोमबार १ बजे बस्ने बताइएको छ ।
प्रतिनिधिसभाकाे बैठक स्थगित
Comments