काठमाण्डौ, भदौ ८ । विश्वका शक्तिशाली र उदीयमान अर्थतन्त्र भएका देशहरू ब्राजिल, भारत, चीन, रुस र दक्षिण अफ्रिकाको सङ्गठनको ब्रिक्स झनै सशक्त बनेको छ ।
अहिले ब्रिक्समा अन्य देशहरू साउदी अरेबिया, संयुक्तअरब इमिरेट्स, (युएइ), इथियोपिया, अर्जेन्टिना, इरान र इजिप्ट थपिएसङ्गै ब्रिक्स झनै सशक्त बनेको हो ।
दक्षिण अफ्रिकाको जोहान्सवर्गमा भईरहेको १५अौँ शिखर सम्मेलनमा उनीहरू थपिएका हुन् । अहिले जारी सम्मेलन सङ्गठन विस्तारमा केन्द्रित हुने बताईएको छ । नयाँ सदस्य राष्ट्र थपिएसङ्गै नयाँ नाम ब्रिक्स प्लस राखिएको छ । सदस्य सङ्ख्या थपिए सङ्गै सहभागी देशहरू निकै उत्साहित भएका छन् ।
Comments