२०२४ मा राष्ट्रपतीय निर्वाचन गर्न पुटिन तयार

मंसिर २२ काठमाडाै । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले २०२४ मा राष्ट्रपतिको निर्वाचन गर्न तयार भएका छन् । राष्ट्रपतिको निर्वाचन २०२४को मार्च १७ तारिखलाई तोकिएको अन्तरराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

आगामी निर्वाचनमा पनि पुटिन राष्ट्रपतिमा उठ्ने छन् ।उनी यो पटक चुनावमा विजय भए निरन्तर पाँचौ पटक राष्ट्रपति हुनेछन् । उनी रुसमा निरन्तर रुपमा प्रधानमन्त्री, राष्ट्रपति रहँदै आएका छन् ।

अहिले रुस युक्रेन युद्ध चलिरहेको छ । युद्ध रोकिने कुनै लक्षण देखिएको छैन । यो अवस्थामा राष्ट्रपति निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित