काठमाडौ, २३ मंसिर । इराकको उत्तरी सहर एर्बिलमा रहेको एक विश्वविद्यालयको छात्रावासमा आगलागी भएको छ । आगलागीबाट कम्तीमा १४ जनाको मृत्यु भएको छ र १८ भन्दी बढी घाइते भएका छन् ।
आगलागी शुक्रबार साँझ भएको थियो । सोरानको स्वास्थ्य निर्देशनालयका प्रमुख कामराम मुल्ला मोहम्मदका अनुसार एरबिलको पूर्वमा रहेको सानो सहर सोरानमा रहेको होस्टलमा आगलागी भएको हो ।
स्थानीय समाचार एजेन्सी रुडाउले शुक्रबार राति आगो निभाइएको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा आगलागीको कारण सर्टसर्किट बताइएको छ । यो क्षेत्र कुर्दिस्तान प्रान्तमा पर्छ ।
Comments