रुसले युक्रेन अधीनस्थ चार क्षेत्रमा राष्ट्रपतीय निवार्चन गर्ने

काठमाडौ, २६ मंसिर । रुसमा आगामी वर्ष मार्च १५ देखि १७ सम्म हुने राष्ट्रपतीय निर्वाचनमा युक्रेनका चार क्षेत्र डोनेट्स्क, लुहान्स्क, जापोरिज्जिया र खेरसन क्षेत्रमा पनि निर्वाचन हुने भएको छ । रुसले गत वर्ष यी क्षेत्रलाई आफ्नो क्षेत्र दाबी गरेको थियो । इन्टरफ्याक्स समाचार एजेन्सीले रुसी निर्वाचन आयोगलाई सोमबार उद्धृत गर्दै उक्त समाचार प्रकाशित गरेको छ ।

युक्रेनले भने डोनेट्स्क, लुहान्स्क, जापोरिज्जिया र खेरसन क्षेत्रहरूमा कुनै पनि रूसी मतदान रद्द हुने र मतदान शून्य हुने बताउँदै अनुगमन गर्न पठाइएका पर्यवेक्षकहरूलाई कारबाही हुने बताएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले गत शुक्रबार पुष्टि गरे कि उनी मार्च २०२४ मा हुने चुनावमा राष्ट्रपतिको लागि फेरि उम्मेदवार हुनेछन्। राष्ट्रपति निर्वाचनमा पुटिन पुनः निर्वाचित हुने सम्भावना छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित