मंसिर २९ काठमाडौँ । इजरायलको आक्रमणका कारण केन्द्र र दक्षिणी गाजामा संचार, नेट सेवा अवरुद्ध भएको प्यालेष्टाईनको सूचना तथा संचार मन्त्रालयले जनाएको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनीहरू पाल टेल र ओरेडु ध्वस्त भएकाले नेट तथा संचार सेवा अवरुद्ध भएको प्यालेष्टाईनी समाचार संस्था वाफाले जनाएको छ ।
इजरायली आक्रमणकारीहरूले सबै संचारका ल्याण्डलाइन, मोबाईल इन्तरनेटका संचार माध्यमका सबै ध्वस्त पारिदिएका छन् । यसको कारण जनजीवन झनै कष्टकर बनेको छ । यसरी अवरुद्ध हुने क्रम आक्रमण तीव्र भएयताको पाँचौँपटक हो ।
Comments