अल जजीराले पत्रकार समेरको हत्यालाई आईसीसीमा पठाउने

काठमाडौ, १ पुष । अल जजीरा मिडिया नेटवर्कले गाजामा आफ्ना क्यामेराम्यान समेरको हत्यालाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा पठाउने कतारस्थित नेटवर्कले बताएको छ।

गाजामा इजरायली ड्रोन आक्रमणमा मारिएका अल जजिराका क्यामेराम्यानको अन्त्येष्टि गरिएको छ। विस्थापित मानिसहरूका लागि आश्रयस्थलको रूपमा प्रयोग गरिएको विद्यालयमा बम विष्फोटको रिपोर्टिङ गर्ने क्रममा शुक्रबार ड्रोन हमलामा उनी मारिएका थिए ।

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (CPJ) का अनुसार अक्टोबर ७ मा इजरायल-गाजा द्वन्द्व सुरु भएयता कम्तीमा ६४ जना पत्रकार मारिएका छन् जसमा अधिकांश प्यालेस्टाइनी छन्।

अन्तर्राष्ट्रिय समाचार संस्थाका लागि काम गर्ने सयौं पत्रकारहरूको प्रतिनिधित्व गर्ने फरेन प्रेस एसोसिएसन (एफपीए) ले क्यामेराम्यानको निधनप्रति दुःख व्यक्त गरेको बिबिसीले जनाएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित