पुस ४, काठमाण्डौ । मलेशियाले आफ्ना देशसंग जोडिएर रहेका सामुन्द्रिक बन्दरगाहमा इजरायलका झण्डा बोकेका पानी जहाजलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
मलेशियाले इजरायलले प्यालेष्टिनी निर्दोष जनतामाथि बर्बरतापूर्वक बमबारी गरी सर्बसाधारणको ज्यान लिएकाले र अन्तर्राष्ट्रिय मानवीय कानुनको उलंघन गरेकाले यो निर्णय लिन पुगेको मलेशियाका प्रधानमन्त्री एनबर इब्राईमले बुधबार बताएका छन् ।
मलेशियामा इजरायलका पानी जहाजहरु सामान ओसार पसारको लागि बन्दरगाह प्रयोग हुँदै आइरहेको छ ।
गाजामा इजरायलले जातीय नरसंहार मच्चाएको छ ।हमास सक्ने भन्दै उसले सात अक्टोबर यता १९हजार भन्दा बढी प्यालेष्टाईनीको ज्यान लिएको छ ।
युद्धमा मानवीय आवश्यकताका समानहरु प्रवेशमा रोक लगाएको छ । प्यालेष्टाईनीहरु पानी, औषधी खाद्यान्न जस्ता अत्यावश्यक कुराहरुको अभावमा तड्पिरहेका छन् ।