काठमाडौं, ५ पुस । श्रीलंकाका परराष्ट्रमन्त्री मोहम्मद अली साब्री नेपालमा बुधबार आईपुगेका छन् । उनी नेपाल र श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका हुन् । उनी र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबीच भेटघाट भएको छ ।
भेटको क्रममा दुवै वीच दुईपक्षीय सहयोग ,आपसी हित तथा सम्बन्ध विस्तार , नेपाल श्रीलंका बीच लगानी तथा व्यापार ,पर्यटन शिक्षा ,संस्कृति आदिको विषयमा छलफल भएको बताईएको छ । उनको नेपाल श्रीलंकाको संयुक्त आयोगको बैठक साथ साथै नेपालका उच्च पदस्थहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनले नेपालका राष्ट्रपति ,प्रधानमन्त्री सहित श्रीलंकाली आप्रवासी संग पनि भेटघाट गर्ने परराष्ट्र स्रोतले बताएको छ । उनी शनिबार स्वदेश फर्कने छन् ।
Comments