रूसको राष्ट्रपतिय चुनावमा पूर्व पत्रकारलाई उम्मेदवार हुन रोक

काठमाडौँ, ७ पुष । रूसमा आगामी वर्ष हुने राष्ट्रपतिय चुनावमा उम्मेदवार हुनका लागि स्वतन्त्र आवेदन दिएकी पूर्व रूसी टेलिभिजन पत्रकार येकातेरिना डुन्त्सोभालाई केन्द्रीय निर्वाचन आयोगले उम्मेदवार हुन रोक लगाएको छ ।

आज शनिबार रूसको केन्द्रीय निर्वाचन आयोगले डुन्त्सोभाको आवेदन अस्वीकार गरेको बताएको छ । डुन्त्सोभाले जुन डिसेम्बर २० मा आवेदन दिएकी थिइन् । उनले निर्वाचन आयोगमा दर्ता गरेको “कागजमा त्रुटि”का कारण उनलाई चुनावमा उम्मेदवार हुन रोक लगाइएको बताइएको छ ।

एउटा रूसी समाचार च्यानलले पोस्ट गरेको भिडियोमा केन्द्रीय निर्वाचन समितिको बैठक देखाएको छ जहाँ सदस्यहरूले उनको उम्मेदवारीलाई अस्वीकार गर्न सर्वसम्मतिले मतदान गरेका छन् । डुन्त्सोभाको अभियान टोलीले पनि आफ्नो टेलिग्राम च्यानलमा अस्वीकार गरेको पुष्टि गरेको समाचार प्रकाशित भएको छ ।

४० वर्षीया डुन्त्सोभा राष्ट्रपति भ्लादिमिर पुटिनका लागि चुनौतीपूर्ण हुने बताइएको छ । उनले युक्रेनमा युद्ध अन्त्य गर्ने र राजनीतिक बन्दीहरूलाई मुक्त गर्ने मागलाई अगाडि बढाएकी थिइन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित