इजरायलको हमलाबाट ५० जनाको मृत्यु

काठमाडौ, १२ पुष । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजाको बेत लाहिया, खान युनिस र माघाजी क्षेत्रमा बिहीबार राति भएको आक्रमणमा ५० जनाको ज्यान गएको जनाएको छ।

संयुक्त राष्ट्र मानव अधिकार प्रमुखले कब्जा गरिएको वेस्ट बैंकको अवस्था बिग्रँदै गएको र प्यालेस्टिनी विरुद्ध “गैरकानूनी हत्या” बन्द गर्न इजरायललाई आग्रह गरेको विविसिले जनाएको छ ।

प्यालेस्टिनी रेड क्रिसेन्टले दक्षिणी सहर खान युनिसको एल अमल सिटी अस्पताल नजिक भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको र १२ जना घाइते भएको जनाएको छ ।

गाजामा, अक्टोबर ७ देखि इजरायली आक्रमणहरूबाट कम्तिमा २१११० जना मारिएका छन् भने कम्तिमा ५५२४३ जना घाइते भएका छन्। इजरायलमा हमासको आक्रमणबाट मर्नेहरूको संख्या ११३९ पुगेको अलजजीराले बताएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित