बैशाख २ ,काठमाडौ । इरानले शनिवार साँझ देखि आइतबार बिहान सम्म इजरायल माथि भारी आक्रमण गरेको छ । ईरानले ३ सय ड्रोन द्वारा इजरायल माथि आक्रमण गरिएको बताएकोछ । तर धेरै जसो ड्रोनलाई आकासमै निष्क्रिय पारिएको वा ध्वस्त पारिएको इजरायलले बताएकोछ ।
प्यालेस्टाइनी हमास समूह र इजरायल बीच गत अक्टोबर ७ देखि चलेको युद्धका कारण मध्य पूर्व तनाव ग्रस्त छ । त्यो युद्धमा इजरायली आक्रमणबाट ३३ हजार भन्दा बढी प्यालेस्टाइनीहरूको ज्यान गएको छ । लाखौं घरबारबिहीन भएका छन् । इजरायलले अमेरिकी सहयोगमा निर्मम हमला जारी राखेको छ ।
संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा चीनको प्रस्ताव अनुसार एक महिने इजरायल हमास युद्ध बिरामको प्रस्ताब पारित भए पनि इजरायलको वेवास्ताका गर्दै आक्रमण जारी राखेको छ ।त्यसको विरोधमा मध्यपूर्वमा जनमत बढिरहेको छ ।इरानले गरेको आक्रमण पनि इजरायलले आफ्नो हठ त्याग्न नसक्दा भएको हो । इरानद्वारा आक्रमण भएपछि हमासले यो प्राकृतिक कुरा भनेको छ । इजरायलले आफ्नो देशले युद्ध जित्ने बताएको छ ।
।