चीनमा सपिङमलमा आगलागी हुँदा १६जनाको मृत्यु

काठमाण्डौ । दक्षिण पश्चिमी चीनको एक सपिङ मलमा आगलागी हुँदा कम्तीमा पनि १६ जनाले ज्यान गुमाउन पुगेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । चीनको सिचुवान प्रान्तको जिगोङस्थित एक मलमा बुधबार राती आगलागी भएको हो । बिहीबार बिहानसम्म अग्नि नियन्त्रकहरु आगलागी नियन्त्रण गर्न लागि परेका र उद्धारकर्ताहरुले ७५ जनाके सकुशल उद्धार गरेको समाचारमा बताइएको छ । आगलागी निर्माणको कामको क्रममा हुन सक्ने अनुमान गरिएको छ विस्तृत विवरण आउन बाँकी नै रहेको छ । चीनमा घरहरुमा आगलागीको समस्या बढिरहेको बताईन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित