बेंगलोर, भारत । अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति र अखिल भारत प्रवासी नेपाली एकता समाज दक्षिण भारत राज्य समिति बिच दिनांक २१ जुलाई २०२४ का दिन बेंगलोरमा एकता अधिवेशन सम्पन्न भएको छ। उक्त एकता अधिवेशनको अध्यक्षता हेमराज रिजालले गर्नु भएको थियो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। शब्दबाट नारायण गिरी र संगितबाट रक्तिम साँस्कृतिक अभियानले स्वागत गरेका थिए। प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य तथा भारतका संयोजक कमरेड विशालले मैन बत्ती प्रज्वलित गरेर एकता अधिवेशनको उद्घाटन गर्नु भएको थियो। एकता अधिवेशन सफलताको शुभकामना दिनेहरूमा केन्द्रीय सदस्य अर्जुन केसी, हाँकका पत्रकार राजु अधिकारी, रक्तिम बाट गनेश बिक, महिला विभाग कलावती दयाल, समता विभाग करन दयाल, विध्यार्थी विभागबाट नविना दयाल, केन्द्रीय सदस्य ज्ञमती बिक, मिना बिक, दिनेश थापा, राजेश बिष्ट रहनु भएको थियो। त्यस पछि एकता समाजका केन्द्रीय महासचिव महेन्द्र बस्यालले दक्षिण भारत क्षेत्रीय समितिको प्यानल प्रस्तुत गर्नु भएको थियो । एकता अधिवेशनले हेमराज रिजालको अध्यक्षतामा ६१ सदस्यीय दक्षिण भारत क्षेत्रीय समितिको गठन गरिएको छ । १. अध्यक्ष हेमराज रिजाल (चेन्नै दक्षिण), २. उपाध्यक्ष नारायण गिरी (भेलोर), ३. सचिव बिक्रम केसी (चेन्नै उत्तर), ४. सह सचिव उदय सिंह बिष्ट (बेंगलोर), ५. कोषाध्यक्ष नर बहादुर बि क (चेन्नै उत्तर), ६. सदस्यहरू राम सिंह बिक (बेंगलोर दक्षिण), ७. अर्जुन के सी (चेन्नै पश्चिम), ८. कृष्ण बि क (बेंगलोर दक्षिण), ९. बन्सरा राना (चेन्नै), १०. सुर्य थापा (पान्डी), ११. करन दयाल (बेंगलोर दक्षिण), १२. दुर्गा सुवेदी (चेन्नै दक्षिण), १३. राजु थापा (पान्डीचेरी), १४. उमानन्द आचार्य (चेन्नै उत्तर), १५. राजु अधिकारी (चेन्नै पश्चिम), १६. तिलकराम गोराथोकी (चेन्नै उत्तर), १७. भारती परियार (बेंगलोर उत्तर), १८. माया रोका (चेन्नै पश्चिम), १९. माया हमाल (चेन्नै दक्षिण), २०. रोमनाथ सुवेदी (चेन्नै दक्षिण), २१. दिलीप बि क (बेंगलोर उत्तर), २२. सुखदेव शर्मा (कार्यकाल, २३. मोहराज सुवेदी (चेन्नै उत्तर), २४. राम बहादुर सेन (कोईम्बातुर), २५. रामकुमार क्षेत्री (चेन्नै दक्षिण), २६. दिपा शर्मा (चेन्नै उत्तर), २७. चन्द्र प्रसाद गोराथोकी (चेन्नै पूर्व), २८. सिता घिमीरे (चेन्नै पश्चिम), २९. भुवन सुवेदी (चेन्नै दक्षिण), ३०. हरिकला थापा (पान्डी), ३१. टुकनाथ शर्मा (केरला), ३२. उमानाथ ढकाल (चेन्नै पश्चिम), ३३. नविना दयाल (बेंगलोर दक्षिण), ३४. यामकुमार नेपाली (चेन्नै पश्चिम), ३५. सिवराम बि क (बेंगलोर दक्षिण), ३६. जे . प्रेम नेपाली (चेन्नै पश्चिम), ३७. लोकनाथ आचार्य (चेन्नै उत्तर), ३८. लक्ष्मी सुवेदी (चेन्नै दक्षिण), ३९. राजेन्द्र बि क ( बेंगलोर दक्षिण), ४०. शान्ती परियार (बेंगलोर उत्तर), ४१. जनक बि क (बेंगलोर दक्षिण), ४२. लक्ष्मी प्रसाद आचार्य (चेन्नै दक्षिण), ४३. राजेश बिष्ट (बेंगलोर), ४४. हिरा ओड (बेंगलोर दक्षिण), ४५. द्रौपदी बिक (बेंगलोर दक्षिण), ४६. प्रेमसागर सुवेदी (चेन्नै दक्षिण), ४७. बसन्ती बिक (बेंगलोर दक्षिण), ४८. भिम बहादुर रोकाहा (चेन्नै पश्चिम), ४९. अरुणा बि क (बेंगलोर दक्षिण), ५०. बिरू नेपाली (चेन्नै दक्षिण), ५१. सुन्दरी कोली (बेंगलोर दक्षिण), ५२. टेक बहादुर खड्का (बेंगलोर), ५३. प्रेम आचार्य (चेन्नै दक्षिण), ५४. दिल कुमार नेपाली (चेन्नै पश्चिम), ५५. प्रकाश दयाल (बेंगलोर दक्षिण), ५६. तुलसादेवी सुदी (चेन्नै उत्तर) ५७. पार्बती बि क (बेंगलोर दक्षिण), ५८. रामु नेपाली (चेन्नै दक्षिण) र ६९. मोहराज शर्मा (चेन्नै पश्चिम), ६०. पार्वती बयनी (बेंगलोर दक्षिण) र ६१. तिलसरा बिष्ट (बेंगलोर) रहनु भएको छ। समाजले ५ सदस्यीय कार्यालय र १३ सदस्यीय सचिवालयको पनि गठन गरेको छ। नव गठित समितिलाइ प्रमुख अतिथि खगेस्वर शर्मा, समाजका महासचिव महेन्द्र बस्याल, सचिव राम सिंह बिक र सदस्य धर्मराम बिकले बधाइ दिनु भएको थियो। भने कार्यक्रमको संचालन सुर्य थापाले गर्नु भएको थियो।