बेङलोर, भारत । अखिल भारत नेपाली एकता समाज दक्षिण नगर बेंगलोरको एकता अधिवेशन सम्पन्न भएको छ । २८ जुलाई २०२४ का दिन अखिल भारतीय नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाज दक्षिण भारत राज्य समितिबीच एकता अधिवेशन सम्पन्न भएको हो । अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत दक्षिण नगर समिति वेगंलोरको एकताअधिवेशन सम्पन्न भएकोमा एकता अधिवेशनको अध्यक्षता रामदत्त पाण्डे, सन्चालन हरिश वि. क.ले गरेका थिए । प्रमुख अतिथि दक्षिण भारत जिल्ला समितिका संयोजक धर्मराम विक रहेका थिए । अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । शब्दबाट राजेन्द्र विक र संगीतबाट रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले स्वागत गरेका थिए । प्रमुख अतिथिले मैनवत्ती प्रज्ज्वलन गरेर एकता अधिवेशनको उद्घाटन गरेका थिए ।
एकता अधिवेशन सलताको शुभकामना दिनेहरूमा केन्द्रीय उपाध्यक्ष कृसन विक, सचिव राम सिंह विक, केन्द्रीय सदस्य शेर सिंह विक, केन्द्रीय सदस्य शेर बहादुर दयाल रक्तिमका गणेश विक, समता विभाग करन दयाल, केन्द्रीय सदस्य ज्ञानमती वि.क, मिना वि.क, विद्यार्थी विभागबाट प्रतिभा विक रहेका थिए । प्रमुख अतिथि धर्म राम वि.क.ले प्यानल प्रस्तुत गरेका थिए । अधिवेशनले राम दत्त पाण्डेयको अध्यक्षतामा ४९ सदस्यीय दक्षिण वेंगलोर नगर समितिको गठन गरीएको छ । जसमा उपाध्यक्ष –उदय सिंह विष्ट, सचिव–हरिश विक, सह सचिव वलविर विक र कोषाध्यक्ष शिवराम वि.क.रहनुभएको छ । सदस्यहरुमा विरेन्द्र विक, राजेन्द्र विक, अर्जुन टमटा,जनक वि क, मिना वि क, द्रौपति वि क, कलावती दयाल, बसन्ती वि क, हिरा ओड,अरूणा विक,जय सिंह विक, लक्ष्मी भट्ट, पार्वती वयानी,अर्जुन भट्ट,लोकेन्द्र धामी,शकंर पाण्डेय,चन्द्रदेव पाण्डेय, मया विक, बिस्ना विक ,गणेश विक, लक्ष्मण विक,उत्तम वयानी,हरि राम पार्की,शुन्दरी विक, प्रतिभा विक, नविना दयाल, रोसनी दयाल, विन्दु वि.क, सरिता वि.क,दिपक वि.क, मन्जु दयाल, राधिका वि.क., निहा वि.क, शान्ति कोली, बसन्ती कोली, जयन्ती टमटा, नारायण विक, आसा विक, पार्वती विक, मन्जु विक, तिलपति विक, ज्योती विक, बम बहादुर परियार, गिता विक रहेका छन् । एकता अधिवेशनले ९ जना सचिवालय समिति गठन गरेको छ ।
बेङलोर दक्षिण नगरको एकताअधिवेशन सम्पन्न

Comments