पेरुका पूर्व राष्ट्रपति फुजिमोरीको मृत्यु

काठमाडौं ।पेरुका पूर्व राष्ट्रपति फुजिमोरीको ८६ वर्षको उमेरमा जिभ्रोको क्यान्सर रोगबाट मृत्यु भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरूले जनाएका छन् । मानवअधिकार हनन र भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको गत सेप्टेम्बर १२ मा मृत्यु भएको हो । पूर्व राष्ट्रपति फुजीमोरीले पेरुमा सन १९९० देखि २००० सम्म शासन गरेका थिए । गोन्जालोको नेतृत्वमा चलेको पेरुको जनयुद्धलाई दमन गर्नमा उनको नेतृत्वदायी भूमिका थियो ।विद्रोहीहरूले सत्ता कब्जा गर्ने सम्भावना देखिएका बेला फुजिमोरीले दमन गर्न सफल भएकाले उनलाई अमेरिकाको कठमुतली पनि भनिएको थियो ।भ्रष्टाचार र मानवअधिकार हननका विषयमा दोषी ठहरिनुअघि उनी देश छाडेर भागेका थिए । तर उनी जापानमा पक्राउ परे र सुपुर्दगी गरियो । फुजिमोरीलाई भ्रष्टाचार, शक्तिको दुरुपयोग र सन् १९९० को दशकमा दुईवटा नरसंहारमा संलग्न रहेको जस्ता कैयौं मुद्दामा दोषी ठहर गरिएको थियो।
उनी गत डिसेम्बरमा १५ वर्षभन्दा बढी कैद सजाय भोग्दै लिमाको बारबाडिलो जेलबाट रिहा भएका थिए । पेरुको संवैधानिक अदालतले ६ वर्ष पहिले जारी गरेको राष्ट्रपतिको माफीलाई पुनर्स्थापित गरेको थियो ।उनको अधिनायकवादी सरकारले गरेको कारबाहीका क्रममा पेरुमा कम्तीमा ६९ हजार मानिसले ज्यान गुमाएका थिए ।१९९० देखि १९९५ सम नेपालका वामपन्थी पार्टीहरूले हत्यारो फुजीमोरी सरकार मूर्दावाद १ गोन्जालोलाई रिहाई गर भन्दै लामोसमय सम्म फुजिमोरी शासनका विरुद्ध अभियान चलेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित