नयाँदिल्ली । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सिताराम येचुरीको गत सेप्टेम्बर १२ मा ७२ वर्षको उमेरमा दिल्लीमा निधन भएकोछ ।उनी लामो समयदेखि स्वास नलीको संक्रमणबाट ग्रसित थिए । उनी पछिल्लो समय १९ अगष्टमा दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका थिए । उनको जन्म १९५२ अगष्ट १२ मा बाबा सवन्स्वारा यचुरी र आमा कल्पाकम यचुरीको कोखबाट दक्षिण भारतमा भएको थियो । उनले स्कूले जीवन हैदरावादमा वित्यो र उनले जे एन यु दिल्लीबाट अर्थशास्त्रमा एम ए अध्ययन पूरा गरेका थिए । पि . एच .डी को अध्ययन अगाडि बढाउन थालेकाबेला उनी गिरफ्तार भए ।
येचुरीका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । उनी विद्यार्थी जीवनबाटै राजनीतिमा लागे । सन १९७५ मा कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी १९८४मा भाकपा मार्क्सवादीमा केन्द्रिय सदस्य र सन् २०१५ मा महासचिव चुनिएका थिए । उनी पश्चिम बङ्गालबाट भारतीय ससद राज्य सभामा २००५ देखि २०१७ सम्म सांसद थिए ।येचुरीले सो पार्टीमा ३ पटक महासचिवको जिम्मेवारी सम्हालेका थिए । उनले धेरै पटक नेपाला भ्रमण गरेका थिए ।भारतको कम्युनिस्ट आन्दोलनको ईतिहसमा १९६४ मा भाकपा बिभाजन भएर भाकपा (मार्क्सवादी ) जन्मिएको थियो । १९६९ मा भाकपा (मार्क्सवादी) बाट विभाजित भएर भाकपा (माले)जन्मिएको थियो । उक्त तीन धारा मध्ये एउटा धाराको नेतृत्व यचुरीले लामो समय देखि गएदै आएका थिए ।
भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का महासचिव सिताराम येचुरीको निधन
Comments