भिवाडी, भारत । अखिल भारत नेपाली एकता समाज भिवाडि नगर समितिले रेसुङ्गा नगरपालिका वडा नं. ३ गुल्मी जिल्ला निवासी क्यान्सर पिडित ओमकली बस्नेतलाई उपचार्थ स्वरूप रू १००८०÷– रूपैयाँ आर्थिक सहयोग गरेको छ । सो रकम भिवाडीको एक सार्वजनिक कार्यक्रममा प्रदान गरिएको हो ।
अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापना कालदेखि भारतमा कार्यरत लाखौ लाख नेपालीहरूको हकÞहित र सुरक्षाको प्रत्याभूति गर्न हमेसा अग्रपंतिमा रहँदै आएको छ । यसैक्रममा उक्त रकम संकलन गरी श्रीमती उमकली बस्नेतका दाजु कृष्णप्रसाद मरासिनीलाई आश्विन ३० गते एक पब्लिक कार्यक्रमको दौरान समाजका केन्द्रीय सदस्य एवम् दिल्ली एनसिआर क्षेत्रीय अध्यक्ष बाबुराम बस्नेत, अखिल भारत नेपाली एकता समाज भिवाडि नगर समितिका अध्यक्ष एवं हाँक साप्ताहिक दिल्ली एनसिआर संवाददाता अमृतकुमार केसी, उपाध्यक्ष शुनिल बिसि र नगर सदस्य करिनाको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो । आर्थिक सहयोग जुटाउ पहल गर्ने सम्पूर्ण टिमलाई भिवाडी नगर समितिले धन्यवाद दिनुका साथै उमकलि बस्नेतको शीघ्र स्वस्थलाभको कामना समेत गरेको छ । – महेन्द्र बस्याल
अखिल भारत नेपाली एकता समाजद्वारा क्यान्सर पीडितलाई सहयोग
Comments