आरोभिलमा प्रथम पटक तीजि कार्यक्रम सम्पन्न

पाण्डेचेरी ।आरोभिलमा हरितालिका तीजि कार्यक्रम मिति ०७–०९–२०२४ कादिनभव्य रुपमा सम्पन्न भएको छ।अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरीको आयोजनामा सम्पन्न तीजि कार्यक्रमको अध्यक्षता कुमारी थापाले गर्नु भएको थियोे भने कार्यक्रमको संचालन नगर सचिव राजु थापाले, उपस्थित नजमानसलाई राकेश चौधरीले शब्दबाट स्वागत गर्नु भएको थियोे । भने गीत संगितबाट रक्तिमका कलाकारले स्वागत गर्नुभएको थियो । सहिद हरुको सम्झनमा एक मिनेट मौनधारण पछि केन्द्रीय सदस्य साथै नगर अध्यक्ष सुर्य थापाले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । समाजमा हुने हरप्रकारका कठिनाइलाई छिचोल्दै जानुपर्ने अवस्थालाई संगठनले साथ दिनुकासाथै खटिरहेको पनि छ र समाजमा भएका गलत संस्कार र संस्कृतिलाई पनि हामी चिन्नु पर्ने हुन्छ जुनकार्य अन्तगर्न संगठित हुनु अति आवश्यकता रहेको प्रष्ट्याउनु भएको थियोे ।कार्यक्रममा खटिनु हुने सबै साथीहरूलाई र उपस्थिति सबै सबैलाई धन्यवाद पनि प्रकट गर्नु भएको थियोे ।आरोभिल तर्फबाट गिता शेर्पालीले उपस्थिति सबै सबैमा धन्यवाद दिनुका साथै आगामीकार्यक्रमका बारेमा समेत सल्लाह दिनु भएको थियो । मेश व्यवस्थान प्रेम सुवेदीको अगुवाइमा प्रेम के.सी., दिनानाथ शर्मा , शिव वस्नेत , आर जनकराज शर्मा, मादाव शर्मा रहनु भएको थियोे भने हल माईक सुर्य थापाको अगुवाइमा राकेश चौधरी , नन्दलाल शेर्पाली , लोक बा गुरुङ , गिता शेर्पाली, कलाकारहरुको तर्फबाट हरिकला थापा रहनु भएको थियोे ।
सबै नगर देखि एरिया , टोलका सम्पूर्ण सदस्य समर्थकहरु र हाम्रो अपिललाई स्विकार्दै कार्यक्रममा उपस्थित सबै सबैमा हाम्रो संगठन अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरीको तर्फबाट सूर्य थापाले धन्यवाद समेत प्रकट गनर््ुभएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित