लेवनानमा तारविहीन संचार साधनद्वारा आक्रमण

काठमाण्डौ ।लेवनानमा तारििवहीन सचारसेटद्वारा आक्रमण गरिएको छ ।दक्षिणी र पूर्वी लेवनानमा भारी मात्रामा संचारसंग सम्बन्धित सामानहरु प्रयोग गरेर आक्रमण भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । आक्रमणमा परी १४ जना लेवनानीको मृत्यु हुनुको साथै धेरै संख्यामा घाईते भएका छन् ।आक्रमण हेजबुल्लाह सदस्यको मृत्यु संस्कारमा सहभागी भैरहेको स्थानमा भएको बताईएको छ ।आक्रमण कसले गरेको कसैले जिम्मा लिएको छैन ।आक्रमणमा जापान निर्मित संचार साम्रगीको प्रयोग भएको भनेर स्थानीय समाचारहरुले उल्लेख गरेको बताईएको छ । हेजबुल्लाहले गत अक्टोबर ७ पछि इजरायलले प्यालेष्टाईनीहरुमाथि गरेको आक्रमण पछि आफूहरु प्यालेष्टाईनको पक्षमा रहेको भन्ने प्रतिक्रिया दिएको थियो । अहिले लेवनानमाथि आक्रमण हुँदा भवन ,आवास भीडभाडलाई केन्द्रित गरी भएको बताईएको छ । ।लेवनानमाथि पनि आक्रमणको विस्तारलेअन्तर्राष्ट्रिय रुपमा सबैलाई निकै चिन्तित तुल्याएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित