संगीत स्रोता, जर्मनी। कम्युनिस्ट पार्टी र संगठनहरूको अन्तर्राष्ट्रिय समन्वय समिति ( आइसिओआर) को आयोजनामा जर्मनमा लेनिनको शिक्षा सम्बन्धी एक अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । गोष्ठीका वक्ताहरूले समाजवाद र साम्यवाद विश्वको भविष्य हो भनेका छन् । गत सेप्टेम्बर १३ देखि १५ ( २०८१ भाद्र २८– ३०) मा भव्यतापूर्वक सम्पन्न उक्त गोष्ठीमा ४५ देशका ,४० संगठनका ७०१ जना सहभागी भएकाथिए ।
विभिन्न शीर्षक माथि गोष्ठी सम्पन्न भएको थियो । “लेनिन र साम्राज्यवाद ” “लेनिनको विश्वदृष्टिकोण र
द्वन्द्वात्मक भौतिकवाद ” “लेनिन, युद्ध र शान्तिको प्रश्न तथा सर्वहारा अन्तर्राष्ट्रवाद” ,“लेनिन र राष्ट्रिय मुक्तिका निम्ति संघर्ष” ,“लेनिन र युवा” “लेनिन , महिला मुक्तिका अग्रणी व्यक्ति” ,“लेनिन र समाजवादी क्रान्ति ”र “लेनिन र क्रान्तिकारी पार्टी निर्माण” लगायतका विषय माथि छलफल भएकोथियो । नेपालबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य परी थापा तथा सचिवालय सदस्य चुडामणि शर्मा , लेनिन स्मृति मूल समारोह समितिका संयोजक निनु चापागाईं र सदस्य संगीत स्रोता तथा नेकपा (मसाल) प्रतिनिधिहरूको गोष्ठीमा सहभाहिता थियो ।लेनिन स्मृति शतवार्षीकिका सन्दर्भमा सो कार्यक्रमको आयोजना गरिएकोथियो ।