परिमाया गुरुङप्रति श्रद्धाञ्जली अर्पण

पाण्डिचेरी ।अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरी परिमाया गुरुङ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । नगर अध्यक्ष सुर्य थापाले अक्टोबर २ गते एक प्रेस वक्तव्य जारीगरी वहाँप्रति श्रद्धाजली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरी नगर सदस्य लोक बा. गुरुङ कि आमा परिमाया गुरुङको १५असोज २०८१दिउँसो करिब १ः३० बजे तिर आफनै निवासमा ६४ वर्षको उमेरमा दुःखद निर्धन भएको थियो। निलकन्ठ नगरपालिका १४ धादिङ, निवासी परिमाया गुरुङ केही समय पहिला नेपाल जानु भएको थियोे ।उहाँलाई अखिल भारत नेपाली एकता समाजको सदस्यता मिति २६ जनवरी २०२४ मा प्रदान गरिएको थियोे। उहाँको दुःखद निधनले संगठनलाई अपूरणीय क्षति पुगेको एकता समाजले जनाएको छ । वहाँ सबैको सच्चा आमा भएको कुरा पनि वक्तव्यमा जनाईएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित