काठमाण्डौ । भारतीय समाजमा सद्गुरुको नामबाट प्रख्यात धर्मगुरुले सञ्चालन गरेको इसा फाउण्डेसनमाथि यौन दूराचार गरेको आरोप लागेको छ ।चेन्नै स्थित उच्च अदालतमा दुई महिलाहरुका बुबाले आफ्ना छोरीहरुलाई इसा फाउण्डेसनमा यौन दूराचार भएको मुद्दा दायर गरेपछि अदालतले उक्त संस्थालाई छानविन र खान तलासी गर्न फैसला गरेको छ । १५० जना प्रहरीका टोली फाउण्डेसनभित्र प्रवेश गरी खानतलासी र छानविन शुरु गरेका छन् । फाउण्डेसनले यो घटनालाई सामान्य सोधपुछ मात्र भएको बताएको छ तर पीडितहरुले अपराध भएको र आफूहरुले न्याय पाउनु पर्ने दाबी गरेको द इण्डियन एक्सप्रेस लगायतका भारतीय संचार माध्यमहरुले बताएका छन् ।
Comments