अखिल भारत नेपाली एकता समाजको विगत र वर्तमान

महेन्द्र बस्याल
भारतमा रहेका आम नेपालीहरूको हक, अधिकार र सुरक्षाको प्रत्याभूत गर्ने लक्ष्य र उद्देशका साथ अखिल भारत नेपाली एकता समाजको स्थापना भएको थियो । गोविन्द सिंह थापाको अध्यक्षतामा ७ नोवेम्वर १९७९ मा बनारसमा अखिल भारत नेपाली एकता समाजको स्थापना भएको थियो। पदाधिकारीमा उपसभापतिमा रामचन्द्र पौडेल (पान्डीचेरी), मंत्री पदम राना (फरिदावाद), उपमंत्री डण्डपाणी न्यौपाने (गोरखपुर),सदस्यहरूमा राजु नेपाली (दिल्ली), रतन बहादुर (कलकत्ता) र दुर्गा प्रसाद शर्मा (चेन्नै) रहनु भएको थियो। समाजले आफ्नो स्थापना काल देखिनै भारतमा विभिन्न पेशामा कार्यरत लाखौ नेपाली मजदूरहरूको पक्षमा हमेसा अग्रपंतिमा रहेर आफ्ना गर्वीला पाइलाहरूलाइ निरंतर अगाडी बढाउदै आएको गौरवमय ईतिहास छ। अखिल भारत नेपाली एकता समाजको प्रथम अखिल भारत सम्मेलन ५ देखि ७ सितंबर १९८२ दिल्लीको निलकण्ठ भबनमा भएको थियो। सम्मेलनको उद्घाटन अखिल नेपाल मज़दूर संघका संयोजक राम बहादुर (खंपा सिंह) ले गर्नु भएको थियो। सम्मेलनले अध्यक्ष गोविंद सिंह थापा र महासचिव विजय शर्मालाइ निर्वाचित गरेको थियो।

दोश्रो सम्मेलन १० देखि १४ दिसंबर १९८५ नई दिल्लीमा सम्पन्न भएको थियो। सम्मेलनको उद्घाटन वामपन्थी नेता मोहन विक्रम सिंहले गर्नु भएको थियो। सम्मेलनले अध्यक्ष गोविन्द सिंह थापा र महासचिव डिलाराम आचार्यलाइ निर्वाचित गरेको थियो। तेश्रो सम्मेलन १३ देखि १६ नोभेम्बर १९८९ कानपुरको लाजपत भवनमा सम्पन्न भएको थियो। सम्मेलनको उद्धाटन ने क पा मसाल का पी बी एम चित्र बहादुर के सी ले गर्नु भएको थियो। सम्मेलनले अध्यक्ष गोविंद सिंह थापा र महासचिव रामचन्द्र शर्मालाइ निर्वाचित गरेको थियो। चौथो सम्मेलन १५ ( १६ फरवरी १९९५ नई दिल्लीको साह अडिटोरियमा सम्पन्न भएको थियो। सम्मेलनको उद्धाटन ने क पा (मसाल) का पोलिटब्यूरो सदस्य कमरेड चित्र बहादुर के सीले गर्नु भएको थियो । सम्मेलनले अध्यक्ष लिलानाथ कुसुम र महासचिव गिरधारीलाल न्यौपाने लाइ निर्वाचित गरेको थियो। पाँचौ सम्मेलन १० देखि १३ फ़रवरी २००२ हैदरावादको अग्रसेन भवनमा सम्पन्न भएको थियो। सम्मेलनको उद्घाटन समाज पूर्व अध्यक्ष तथा सांसद डिलाराम आचार्यले गर्नु भएको थियो। सम्मेलनले अध्यक्ष गिरधारीलाल न्यौपाने र महासचिव गंगा पौडेललाइ निर्वाचित गरेको थियो। छैठौ सम्मेलन १३ देखि १५ सितंबर २००९ फरिदावादको लखनी हलमा सम्पन्न भएको थियो। सम्मेलनको उद्घाटन ने क पा मसाल का पोलीटब्युरो सदस्य चित्र बहादुर के सीले गर्नु भएको थियो। सम्मेलनले अध्यक्ष दुर्गा बहादुर के सी र महासचिव कुल बहादुर थापा लाइ निर्वाचित गरेको थियो। सातौ सम्मेलन २१ देखि २३ सितंबर २०१४ मा लखनौको गान्धी हलमा सम्पन्न भएको थियो। सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष कमरेड रश्मिराज नेपालीले गर्नु भएको थियो। सम्मेलनले अध्यक्ष मित्रलाल शर्मा र महासचिव खगेस्वर शर्मालाइ निर्वाचित गरेको थियो। सातौ अखिल भारत सम्मेलन द्वारा निर्वाचित समिति ३३ जनाको समिति बाट १८ जना विविध कारणले हटे पछि समिति अल्पमतमा परेको थियो उक्त समितिलाइ बैधानिकता दिनको लागि ४ र ५ अक्टोबर २०२१ मा गोरखपुरमा भेला सम्पन्न भएको थियो । उक्त भेलाको उद्घाटन बामपंथी नेता सन्त बहादुर नेपालीले गर्नु भएको थियो ।भेलाले अध्यक्ष देव बहादुर लामीछाने र महासचिव महेन्द्र बस्याललाइ निर्वाचित गरेको थियो। आठौ सम्मेलन १० देखि १२ सितंबर २०२३ फरिदावादको अग्रसेन भवनमा सम्पन्न भएको थियो । सम्मेलनको उद्घाटन संस्थापक अध्यक्ष गोविंद सिंह थापाले गर्नु भएको थियो। सम्मेलनले अध्यक्ष देव बहादुर लामिछाने र महासचिव महेन्द्र बस्याल लाइ निर्वाचित गरेको थियो। हाल एकता अधिवेशन ६ र ७ जुलाई २०२४ हैदराबादमा सम्पन्न भएको थियो । उक्त अधिवेशनमा अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाज बीच एकता गरी संगठनको नाम अखिल भारत नेपाली एकता समाजनै कायम गरियो। एकता अधिवेशनले अध्यक्ष आनन्द थापा र महासचिव महेन्द्र बस्याललाइ निर्वाचित गरेको छ।

अखिल भारत नेपाली एकता समाजको ऐतिहासिक पृष्ठभूमिलाइ कोट्याऊदा कैयन उतार चढाव तथा आरोह अवरोह पार गर्दै अखिल भारत नेपाली एकता समाजले आफ्नो गौरवमय इतिहासलाइ अगाडि बढाउन सफल भएको छ। समाजको गठन लगत्तै कैयन असामाजिक तथा एकता विरोधी तत्वहरूले संगठनको शुरूमा राखिएको अखिल शव्दलाइ विभिन्न तरिका बाट अपब्यख्या गरी उक्त विषयलाइ जनसमक्ष अतिरन्जित बनाएर समाज प्रति आस्था राख्ने जनतालाइ भड्काउन पनि नखोजेका हैनन्। १९८४ मा नीतिगत रूपमा प्रवासी र आप्रवासी नेपाली मध्ये कुन चाहिनेपालीहरूलाइ संगठित गर्ने भन्ने विषयमा मतभेद भएको थियो। भारतमा खास गरि दुइ थरी नेपालीहरू बसोवास गर्दछन। प्रथम ३१ डिसेम्बर १८१६ को अंग्रेज र नेपाल सरकार बीच भएको सुगौली संधी जस्का कारण नेपालको ठूलो भूभाग अंग्रेजको कब्जामा आयो र भू(भागमा बसोबास गर्ने नेपालीहरू पनि भूभाग सहित अंग्रेजी हुकुमतका अधिनस्त भए। जो १५ अगस्त १९४७ को ब्रिटिश साम्राज्यको अन्त पछि भारतीय नागरिक बने लाइ आप्रवासी भनिन्छ। दितिय ३१ जुलाइ १९५० मा नेपाल भारत शान्ति तथा मैत्री सन्धिका तहत आवत जावत गर्ने नेपाली नगरिकलाइ प्रवासी भनिन्छ। अखिल भारत नेपाली एकता समाजले दुबैथरी नेपालीहरूलाइ संगठित गर्नुका साथै उनीहरूका हक हित र सुरक्षाको लागि निरंतर संघर्ष गर्दै आएको छ।
१९८५ मा दोश्रो अखिल भारत सम्मेलनको लहर चलिरहेको बेला संगठनमा मतभिन्नता शुरू भएको थियो। उक्त मतभेदका काण संगठनमा विभाजन आएको थियो । दिल्लीमा सम्मेलन गर्नेलाइ दिल्ली पक्ष र कलकत्तामा सम्मेलन गर्नेलाइ कलकत्ता पक्षको नामबाट आ(आफ्नो पहिचान गर्न थालियो। तर दुबै पक्षले संगठनको नाम चाहि अखिल भारत नेपाली एकता समाजनै राखेका थिए। दिल्ली पक्षको पाँचौ अखिल भारत सम्मेलन २००२ हैदरावादमा सम्पन्न भयो। उक्त सम्मेलनले संगठनको नाम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बनायो। किन भने कलकत्ता पक्ष अखिल भारत नेपाली एकता समाजले माओवादी जनयुद्धलाइ समर्थन गरेको आरोपमा भारत सरकारले आतंककारी समूहको नाममा प्रतिवन्ध गरेको थियो। त्यस पछि उक्त समूहले जनअधिकार सुरक्षा समिति हुदै अहिले एकता मञ्च बनाएर संगठन संचालन गरेका छन भने दिल्ली पक्षले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नामबाट संगठन संचालन गर्दै अगाडी बढ्यो। २००६ तिर नेपाली राजनीतिमा देखीएको उथलपुथलको असर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा पनि पर्न गयो। जस्ले गर्दा पनि संगठनमाविभाजनको तरङग ल्याएको थियो। केही साथीहरूले नेपाली एकता समाज भारत नामको संगठन खोलेर प्रेम पौडेलको नेतृत्वमा संगठन संचालन गर्न थालेको इतिहास पनि छ। २०२० तिर आठौ सम्मेलनको तयारी चलिरहेको थियो। विस्तारित बैठक बसेर कोटा समेत विभाजन भएको अवस्था थियो। देश भित्र संगठनमा देखा परेको दक्षिणपंथी अवसरवादको बाच्छिटा मूल प्रवाह आखिल भारत नेपाली एकता समाजमा पनि पर्न गयो। अवसरवादी राजनीतिक लाइनका विरूद्ध भारतको संगठन शुरूमा लगभग एकढिक्का जस्तै थियो। यस्तो अवस्थामा आठौ अखिल भारत सम्मेलन गर्ने हो भने अवसरवादी लाइन अल्पमतमा पर्ने डरले आठौ अखिल भारत सम्मेलनलाइ स्थगित गर्न निर्देशन भएको थियो। मूल प्रवाह भित्र अवसरवादीहरूले चरम प्रकारको गुटवंदी गर्न थाले। एकता समाजलाइ अवसरवादी राजनैतिक लाइन तर्फ जान दिनु हुदैन भनेर कडा संघर्ष गर्दै फरक मत राख्ने अगुवा नेता ताथा कार्यकर्तालाइ विभिन्न वहानामा दवाउन थालियो। अवसरवादीले नीतिगत रूपमा संगठनको फाइदालाइ भन्दा पनि गुटगत फाइदालाइ प्रसय दिइरहेका थिए। अवसरवादीहरूले संगठनलाइ आफ्नो महत्वाकांक्षा अनुरूपमा संचालन गर्न नपाए पछि फरकमत राख्ने सदस्यहरूलाइ विभिन्न वहानामा एक पछि अर्को गर्दै सरूवा गर्ने, जिम्मेवार विहिन, एक्लीकरण, निलंवन, निष्काशन र कार्रवाइ जस्ता अराजक कार्य गरेर संगठनलाइ छिन्न भिन्न पार्ने प्रयत्न गर्न थाले। संगठनको विधान अनुसार यदि कुनै पनि ब्यक्तिलाइ कार्रवाइ गर्न पर्यो भने उ व्यक्ति रहेको सम्बन्धित समितिमा उसले गरेका गल्ति कमजोरीको बारेमा छलफल बहस गर्न पाउनु उसको जनवादी अधिकार हो । तर जनवादको पुरै हनन गरियो। सामाजिक संजालमा चुइक्क लेख्न लाइक कमेन्ट गर्न बन्देज लगाइयो। हाँक पत्रिका अध्यान गर्न दिइएन। आफ्नै संगठनको पूर्व महासचिव गंगा पौडेलको प्रवासको डाइरी नामक किताव विमोचन हुदा मैले शुभकामना लेख्दा र मुम्बईमा कोरोना भएर मरेको लास फाल्न सहयोग गर्दा स्पष्टीकरण सोधियो। यसरी संगठनको जनवादी अधिकार हनन गर्दै पुरै तानासाही रूपमा काठमांडूमा बसेर कार्रवाही गर्ने काम भयो। सम्मेलन द्धारा निर्वाचित समितिहरू विघटन गरियो। कतिपय स्थानमा सम्मेलन द्धारा निर्वाचित समितिनै छोडेर उनीहरूले मनोमानी प्रकारले अवैधानिक रूपमा समिति निर्माण गर्ने काम गरे। यसले उनीहरूको अवसरवादी अभिष्ट पुरा गर्ने सड्यन्त्रलाइ नै बताउछ। त्यस्तो गंभिर अवस्थामा पनि फरकमत राख्ने साथीहरूले समितिबचाउने भन्दा पनि समाजको सहि नीतिलाइ बचाउनु पर्छ भन्ने तर्फ विशेष ध्यान दिएर अवसरवादीहरूका विरूद्धको संघर्षलाइ अझै ससक्त बनाउदै लगिएको थियो। विभिन्न समयमा छुट्टा छुट्टै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बैठक प्रशिक्षण, आमसभाहरू संचालन गर्दै साथीहरूलाइ संगठन र सहि नीतिको मूल मर्मलाइ बचाउन र अवसरवादका विरूद्ध संगठित हुन सबै तिर आवाहान गर्नुका साथै विघटित समितिहरूलाइ पूर्ननिर्माण र सम्भावित स्थानमा समिति निर्माण गर्ने काम गरियो। सांगठनिक नियम अनुसार सातौ अखिल भारत सम्मेलन द्वारा निर्वाचित ३३ जनाको समिति मध्ये १८ जना सदस्य विविध कारणले समिति बाट बाहिर भई सकेका हुनाले केन्द्रीय समिति अल्पमतमा परेको थियो। जब सम्मेलन द्वारा निर्वाचित समिति अल्पमतमा पर्दछ त्यो समिति स्वतस् बिघटन वा अस्तित्वबिहिन हुन्छ। तसर्थ त्यस्तो अवस्थामा प्रत्यक्ष भेला गरी संगठन समिति निर्माण गर्नुको विकल्प थिएन। फरकमत राख्ने साथीहरूले संगठनको विधि र पद्धति अनुसारप्रत्यक्ष भेला गर्ने निर्णय अनुसार दिनांक ४ र ५ अक्टोवर २०२१ का दिन गोरखपुरमा प्रत्यक्ष भेला गरेर वरिष्ठ उपाध्यक्ष देव वहादुर लामिछानेको अध्यक्षतामा ६१ सदस्यीय केन्द्रीय संगठन समिति बन्यो। त्यस पछि भारतमा ब्यापक रूपमा संगठन निर्माण हुदै गयो। समय समयमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा कार्यक्रम पनि हुदै गएका थिए। तर भारतमा अवसरवादका विरूद्ध संगठन निर्माणका गतिविधि तिब्र गतिमा संचालन हुदै गएको र अवसरवादीहरू विधानत गलत सावित भईसकेको हुनाले उनीहरू आत्तिनु स्वभावीकनै थियो। जस्ले मृत अवस्थामा रहेको संगठनलाइ बचायो, उनीहरूलाइ नै कतिपय असामाजिक तत्तवहरूले मूलप्रवाहका नामबाट संगठनका गतिविधि गर्न नदिनको लागि कुटिल षड्यन्त्र रचेर लामो समय आफ्नै संगठनमा काम गरेका निर्दोष साथीहरूका विरूद्ध लिगल नोटिस पठाउने काम गरे। लिगल नोटिसमा आइपिसी धारा ४०६, ४२०, ४६७, ४६८, ४७१ प्रयोग गरिएको थियो । उपरोक्त धारा संग हाम्रो कुनै लेनादेना थिएन । नोटीसमा ५० लाख जरिमाना मांग समेत गरिएको थियो ।यसले के बताउछ भने मूल प्रवाहले नेपाली मजदूरहरू माथी लाखौ रूपियां माग गर्दछ भने आखिर त्यो संगठनले कस्को पक्षपोषण गरिरहेको थियो भन्ने कु्रा सहजै आंकलन गर्न सकिन्छ । संगठनमा विवाद हुनु एउटा पक्ष हो तर भारतमा कार्यरत नेपाली मजदूरहरूको संगठनको दुहाइ हाक्ने मूल प्रवाहले नेपाली मजदूहरू, ती पनि आफ्नै संगठनमा ३० ।४० बर्ष काम गरेका निर्दोष साथीहरूका विरूद्ध लिगल नोटिस पठाउनु भनेको लज्जापश्द कुरा थियो र स्वयम संगठन नाम ख़राब गर्ने कुकर्म गरेका थिए । विगतमा १६ बर्ष सम्म एउटै नाममा दुई वटा संगठन चलेका थिए। तर त्यतीवेला कसैलाइ लिगल नोटीस मार्फत जरिमाना मागिएको थिएन। तर अहिले ठाकुर खनाल र कपिल खनालले यस प्रकारका घटिया हर्कतहरू गरेर आखीर मूल प्रवाह भारतमा कार्यरत नेपाली मजदूरहरूको संगठन नभएको कुरा स्वयम उनीहरूले नै सावित गरेको छन। अझ रोचक कुरा त के छ भने यदि जरिमाना नदिएको खन्डमा न्यायलयको ढोका घचघचाउन पनि पछि नपर्ने समेत लिगल नोटीसमा बताएका थिए। त्यो उनीहरूको राजनैतिक विचलनका साथै अवसरवादको पराकाष्ठ थियो भनेर बुझ्न गारो पर्दैनथ्यो। खास गरी संगठनको बैधानिकता हामी संग थियो। हामीले मूल प्रवाहको नाममा संगठन गरेर अगी बढ्न पनि सकिन्थ्यो तर मूल प्रवाह भारतमा कार्यरत नेपाली मज़दूरहरूको विरूद्ध लज्जाजनक कुकर्म गर्नु का साथै दलाल शैलीमा परिणत भएको हुदा हामीले समिति भन्दा पनि संगठन र नीति बचाउनु निर्णय गर्यौ। तसर्थ स्थापना काल देखिको ४ दशक गौरवमय ईतिहास बोकेको संगठन अखिल भारत नेपाली एकता समाजलाइ अस्तित्वमा ल्याउन निर्णय गर्यौ र कठोर परिश्रम का वावजूद परिश्रमको फल मिठो हुन्छ भने झै हामीले संगठनको रजि नंबर २१६७र२०२२ रहेको अखिल भारत नेपाली एकता समाजलाइ प्राप्त गर्न सफल भयौ । उक्त खुसीको कुरा हामीले नेपालमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका थियौ । त्यस पछि भारतमा कार्यरत आम नेपालीको मनमा उत्साह छायो। उक्त विषयले अवसरवादीलाइ इटाको जबाफ ढुंगाले दिन सफल भयो। यो गौरवमय कुरा होकि छैठौ र सातौ अखिल भारत सम्मेलन हामीले मूल प्रवाहको नामबाट गरेका थियौ। विगत केही समय संगठनमा देखिएको मत भिन्नताका साथै कैयन आरोह अवरोह र चुनौतिहरूका सामना पनि गरियो। अहिले हामीले हाम्रो दक्षता, क्षमता र लगनशिलताका कारण पुन स्थापना काल देखी चलेको संगठनको नाम अखिल भारत नेपाली एकता समाजको गौरवमय ईतिहासलाइ निरंतरता दिदै आठौ अखिल भारत नेपाली एकता समाजको ऐतिहासिक आठौ अखिल भारत सम्मेलन सम्पन्न गरेका छौ। अब भारतमा कार्यरत आम नेपाली मज़दूरहरू विच फराकिलो ढंगबाट संगठन गर्दै विचार र नीति मिल्ने संगठन संग कार्यगत एकता संयुक्त मोर्चा र समाज एकताको नीतिलाइ आत्मसाथ गर्दै अगाडि बढिरहेको छ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित